- ईश्वर थापा/संगालोखबर

धनकुटा, १२ फागुन । धनकुटासहित ३० जिल्लामा आजदेखि हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउँन सुरु गरिएको छ । तीन दिनसम्म चल्ने औषधि खुवाउँने अभियानका लागि धनकुटामा दुई सय जना तालिमप्राप्त स्वास्थ्यकर्मीसहित ९ सय ३० जना स्वयंसेवक परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

निरन्तर ६ चरणसम्म हात्तिपाईले रोग विरुद्ध औषधि सेवन गरेका ब्यक्तिले थप औषधि खानु नपर्ने भए पनि धनकुटामा गरिएको नमुना रगत परिक्षणमा लक्ष्य अनुरुप हात्तिपाईले संक्रमितको सख्या घटेको नदेखिएपछि पुनः सातौं चरणमा औषधि खुवाउन लागिएको हो । रगतमा हुने जुकाबाट लाग्ने हात्तीपाइले रोग लागेपछि जिवनभर सन्चो नहुने भएकाले औषधी सेवन गर्न जरुरी रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

Advertisement

जिल्ला जनस्वास्थ्य कार्यालय धनकुटाले अभियान सफल पार्न सम्पूर्ण तयारी पुरा गरिएको जनाउँदै २ बर्ष मुनिका बालबालिका गर्भवती र कुनैपनि औषधी सेवन गरेका व्यक्ति दीर्घ रोगी बाहेक सवैले निर्धक्क रुपमा औषधी सेवन गर्न आहवान गरेको छ ।

धनकुटाका तीन नगरपालिका र चारवटै गाउँपालिकाका चार सय ८० स्थानबाट हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउँन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख डा.फडिन्द्र प्रसाद बरालले बताए ।

यस बर्ष औषधि खुवाउन लागिएका धनकुटाका एक लाख ४७ हजार ६ सय मध्ये दुइ दशमलव पाँच प्रतिशत ब्यक्तिमा हात्तिपाईले रोगको परजिवि रहेको पाइएको प्रमुख बरालले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!