राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ, ५ माघ। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगले नेकपा एमालेलाई (सूर्य), नेपाली काँग्रेस (रुख), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) (गोलाकारभित्र हँसिया हथौडा) संघीय समाजवादी फोरम नेपाल (हातले समातेको मसाल) र राष्ट्रिय जनता पार्टी नेपाललाई छाता निर्वाचन चिह्न प्रदान गरेको छ । नेपाल संघीय ...
तमोर लिफ्ट खानेपानी आयोजनाले गति लिँदै

तमोर लिफ्ट खानेपानी आयोजनाले गति लिँदै

पाँचथर, ५ माघ। सुख्खाग्रस्त क्षेत्र घोषित पाँचथरको कुम्मायक गाँउपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजनाले गति लिएको छ । आयोजनाको दुई चरणको मुख्य पाइपलाइन र वितरण लाइनको काम एकै साथ अधि बढाइएको छ भने मुख्य पाइपलाइनको कामको हालसम्म ४५ प्रतिशत सकिएको छ । दोस्रो चरणको वितरण लाइनको २९ प्रतिशत काम सम्पन भएको निर्माण कम्पनीले जनाएको छ । आयोजना समयमै सम्पन्न गर्नका लागि निर्माण कम्पनीले आवश्यक ...
चिनीमा लाग्दै आएको भन्सार मूल्य यथावत राख्न माग

चिनीमा लाग्दै आएको भन्सार मूल्य यथावत राख्न माग

काठमाडौं, ५ माघ। राष्ट्रिय उपभोक्ता मञ्चले चिनी आयातमा लाग्दै आएको भन्सार मूल्य यथावत राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । चिनी आयातकर्ताले विदेशबाट आयातित चिनीको कारण स्वदेशी चिनी बिक्री वितरण नभएको र विदेशी चिनीको मूल्यमा प्रतिस्पर्धा गर्न नसकी स्वदेशी चिनी उद्योग धाराशायी हुन लागेकोजस्तो कपोलकल्पित भ्रम सिर्जना गरेको भन्दै मञ्चले सरकारको ध्यानाकर्षण गराएको हो । उद्योग मन्त्रालय, वाणि...
प्रदेशका समानुपातिक सांसदलाई आज प्रमाणपत्र वितरण

प्रदेशका समानुपातिक सांसदलाई आज प्रमाणपत्र वितरण

काठमाडौं, ५ माघ। मंसिर १० र २१ गते भएको प्रदेशसभा निर्वाचनका समानुपातिक सांसदलाई निर्वाचन आयोगले आज निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने भएको छ । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ३३० सांसदले यसअघि नै विजयको प्रमाणपत्र पाइसकेका भए पनि प्रदेश प्रमुखको नियुक्तिमा विलम्ब हुँदा समानुपातिकतर्फका २ सय २० सांसद प्रमाणपत्र पाउनबाट वञ्चित हुँदै अाएका थिए । प्रदेश प्रमुखको नियुक्ति भएसँगै आयोगले शुक्रबार ...
छोरी जन्माउने ४८ आमाले प्रोत्साहन भत्ता पाए

छोरी जन्माउने ४८ आमाले प्रोत्साहन भत्ता पाए

बैतडी, ५ माघ। बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ । स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने ४८ आमालाई नेपाल सरकारले दिँदै आएको संस्थागत सुत्केरी भएकोमा एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० बाहेक गाउँपालिकाले दिएको थप रु एक हजार प्रोत्साहन भत्ता वितरण गरिसकेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य स...
धनकुटामा दोस्रो दिनपनि निषेधाज्ञा जारी

धनकुटामा दोस्रो दिनपनि निषेधाज्ञा जारी

धनकुटा, ५ माघ । प्रदेशको अस्थायी मुकाम नतोकेको बिरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि धनकुटा बजार क्षेत्रमा प्रशासनले हिजोबाट लगाएको निषेधाज्ञा आज पनि जारी छ । आक्रोसित प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएर पटक–पटक झडप हुन थालेपछि हिजो बिहान साँढे ११ बजेबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको हो । प्रदर्शनकारीले दुई सरकारी कार्यालय र एउटा मोटरसाईकलमा आगजनी गर्नुका साथै दर्जन बढी सवारी साधन तोडफो...
हात्तीबाट इलामको बुकुवाका बासिन्दा त्रसित

हात्तीबाट इलामको बुकुवाका बासिन्दा त्रसित

दमक, ५ माघ। इलामको दक्षिणी चुलाचुली गाउँपालिकाको केही वडामा एक सातादेखि जंगली हात्तीले उपद्रो मच्चाउँदै आएपछि गाँउले त्रसित बनेका छन् । जंगली हात्तीले चुलाचुलीस्थित बुकुवाका घर भत्काउने साथै अन्नबाली नष्ट गरी दिएपछि त्यस क्षेत्रका वडावासी त्रसित भएका हुन् । चुलाचुलीका– वडा नं ४, ५ र १ का १० घर हात्तीले भत्काएपछि हात्ती पीडित विचल्लीमा परेको गाउँपालिकाका कार्यकारी अधिकृत छविलाल खतिवडाले बताउनुभय...
सवारी दुर्घटनामा एकजनाको मृत्यु

सवारी दुर्घटनामा एकजनाको मृत्यु

इनरुवा, ५ माघ। सुनसरीको धरान उपमहानगरपालिका–८, कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–९ बस्ने ४२ वर्षीय सञ्जु आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । कोशी राजमार्गअन्तर्गत धरान–८, अटल पेट्रोल पम्प नजिक बरगाछीबाट भानुचोक आउँदै गरेको को १ ख ६२७१ नम्बरको टिपरले सोही दिशाबाट आइरहेको को १८ प ३९६८ नम्बरको मोटरसाइकलल...
दोलखाका सबै निजी अस्पताल मापदण्ड विपरीत

दोलखाका सबै निजी अस्पताल मापदण्ड विपरीत

दोलखा, ५ माघ। दोलखामा सञ्चालित सबै निजी अस्पताल मापदण्ड विपरीत रहेका पाइएको छ । दोलखा जिल्लामा सञ्चालित कुनै पनि निजी अस्पतालले सरकारी मापदण्डअनुसारको भवन, जनशक्ति तथा प्रविधि निर्देशिका पालना गरेका छैनन् । जिल्लामा तीनवटा निजी अस्पताल, केही पोलिक्लिनिक, केही डेण्टल अस्पताल र मेडिकल सञ्चालनमा रहेपनि ती सबै मापदण्ड विपरीत भएको सरोकारवाला निकायले नै बताएका छन् । भीमेश्वर नगरपालिका वडा नं ३ र...
अव्यवस्थित बालुवा प्रशोधन उद्योगले दुर्घटना बढाए

अव्यवस्थित बालुवा प्रशोधन उद्योगले दुर्घटना बढाए

मलेखु, धादिङ, ५ माघ। दुर्घटना कमी गर्नका लागि सामूहिक पहल आवश्यक भएकाले सबैले कुरा मात्र होइन दुर्घटनामा कमी ल्याउन काम गरेर देखाउने प्रतिबद्धतासहित बिहीबार धादिङको घाटबेँसीमा भएको सडक दुर्घटना न्यूनीकरणसम्बन्धी छलफल सकिएको छ । दुर्घटनामा कमी ल्याउनुपर्नेमा ठूला दुर्घटना भइरहेको अवस्थामा गजुरी गाउँपालिकाको आयोजना र नेपाल अटो मोबाइल्स एशोसिएशनको सहयोगमा सञ्चालित कार्यक्रममा जिल्लाका सरोकारवाला, रा...
आन्दोलन आवश्यक छैन: ओली

आन्दोलन आवश्यक छैन: ओली

काठमाडौं, ५ माघ। एमाले अध्यक्ष केपी ओलीले प्रदेश प्रमुख र मुकाम परिवर्तन हुने हुँदा यस बिषयमा आन्दोलनको आवश्यक्ता नभएको बताएका छन्। स्वास्थ्य परीक्षण गरी बिहीबार स्वदेश फर्केका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग सरकारले नियुक्ति गरेको प्रदेश प्रमुख र मुकामका आफूहरूको सहमति नभएको बताए। प्रदेस मुकामका बिषयमा किन आन्दोलन गर्नेभन्दै उनले भने, ‘यसको अन्तिम टूगो त संविधान अनुसार प्...
प्रदेश प्रमुखले १२ कर्मचारी नियुक्त गर्न पाउने

प्रदेश प्रमुखले १२ कर्मचारी नियुक्त गर्न पाउने

काठमाडौं, ५ माघ। सरकारले प्रदेश कार्यालय र कर्मचारी व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएको छ । सामान्य प्रशासन मन्त्रालयको समन्वयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेश प्रमुख, मन्त्रिपरिषद्, मुख्यमन्त्रीको कार्यालय एवं मन्त्रालयको खाकासहितको संरचना तयार पारिसकेको छ। मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख सचिवालयमा रहने कर्मचारीको दरबन्दीसमेत स्वीकृत गरेको छ । स्वीकृत संरचनाअनुसार प्रद...
बाल यौनदुराचारी पर्यटकका लागि नेपाल ‘स्वर्ग’

बाल यौनदुराचारी पर्यटकका लागि नेपाल ‘स्वर्ग’

 काठमाडौं, ५ माघ।जनता पोष्ट दैनिकले बाल यौनदुराचारी विदेशी नागरिकका लागि हिजोआज नेपाल ‘स्वर्ग’ बन्दै गएको समाचार छापेको छ । बाल यौन दुराचारीको सूचीामा युवजा मात्र होइनन्, बाजे उमेरका विदेशी नागरिक पनि छन् । अझ ४० काटेकाहरु यो कुलतमा बढी लागेको तथ्यांकले देखाउँछ । विदेशमा पारपाचुके वा अन्य कारणले एक्लो जीवन बिताउन बाध्य भएकाहरु नै यौनदुराचारीका रुपमा नेपाल भित्रिएका देखिन्छन् । केन्द्रीय बालकल्या...
प्रदेश प्रमुखको आज शपथग्रहण

प्रदेश प्रमुखको आज शपथग्रहण

काठमाडौं, ५ माघ। सातवटै प्रदेशका प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयमा शुक्रबार अपराह्न ३ देखि ४ बजे बीचमा शपथग्रहण गर्ने तयारी रहेको राष्ट्रपतिका विद्या भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । सरकारले बुधबार प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । बिहीबार सार्वजनिक बिदा परेकाले शपथग्रहण शुक्रबारलाई सरेको हो ...
जनप्रतिनिधि मात्र राजधानी जाने हुन्, जनताका सरकारी काम स्थानीय तहमै

जनप्रतिनिधि मात्र राजधानी जाने हुन्, जनताका सरकारी काम स्थानीय तहमै

१. जन्म, मृत्युदर्ता र नाता प्रमाणित स्थानीय तहमै जन्म, मृत्यु, विवाह, बसाइँसराइ, नाता प्रमाणितलगायत सबै प्रकारका सिफारिस र सेवा वडा कार्यालयबाटै प्राप्त हुन्छन् । नागरिकता र राहदानी लिन मात्र अहिलेजस्तै जिल्ला सदरमुकाम जानुपर्नेछ । २. जग्गाको नामसारी र लालपुर्जा पनि गाउँमै घरजग्गा धनी पुर्जा वितरणसेत स्थानीय तहबाटै हुनेछ । जग्गाको नामसारी तथा किनबेच, कित्ताकाट, उजुरीलगायतका सेवा पनि स्थानीय तह...
मोरङ फुटबल संघको अध्यक्षमा पुनः धिमाल

मोरङ फुटबल संघको अध्यक्षमा पुनः धिमाल

उर्लाबारी, मोरङ, ५ माघ। मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पुनः दीपेन्द्र धिमाल निर्वाचित हुनुभएको छ । बिहीबार लेटाङ नगरपालिकामा सम्पन्न निर्वाचनमा धिमालले प्रतिद्वन्द्वी किरण गिरीलाई दुई मत अन्तरले पराजित गर्दै लगातार तेस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो । धिमालले आठ मत ल्याउनुभयो भने गिरीले छ मत प्राप्त गर्नुभएको थियो । यो विजयसँगै धिमाल जिल्ला फुटबल संघमा ह्याट्रिक गर्नुभएको छ । उहाँ...
सिलवाललाई भगाउन प्रहरीबाटै गोप्य सूचना

सिलवाललाई भगाउन प्रहरीबाटै गोप्य सूचना

काठमाडौं, ५ माघ। पूर्वडीआईजी नवराज सिलवाललाई ‘भगाउन’ प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ । एमालेको टिकटमा ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वडीआईजी सिलवालमाथि सरकारी कागजात किर्तेमा छानबिन भइरहेको छ । छानबिनका क्रममा प्रहरीबाटै सूचना लिक गरिँदा सिलवाल काठमाडौं छाड्न सफल भएको प्रहरी स्रोतको दाबी छ । किर्ते प्रकरणमा छानबिनको जिम्मा पाएको महानगरीय प्रहरी परिसर टेकुले उजुर...
चीनतर्फको निर्यात ७८ प्रतिशतले वृद्धि

चीनतर्फको निर्यात ७८ प्रतिशतले वृद्धि

काठमाडौं, ५ माघ। चालु आर्थिक वर्षको पहिलो पाँच महिनासम्ममा चीनतर्फका निर्यात उल्लेख्य वृद्धि हुँदा भारततिर भने त्यसअनुसार हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले निकालेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा चीनतर्फको निर्यात ७८.४ प्रतिशतले वृद्धि भएको छ भने भारत तर्फ ५.५ प्रतिशतमात्र वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै चीनतर्फको निर्यातमा उल्लेख्य वृद्धि हुँदै गएको छ । पहिलो र दोस्र...
उपभोक्ता ठग्ने ६ दर्जनविरुद्ध मुद्दा

उपभोक्ता ठग्ने ६ दर्जनविरुद्ध मुद्दा

काठमाडौं, ५ माघ। उपभोक्ता ठग्ने ६ दर्जनभन्दा बढी उद्योग, कम्पनी, व्यापारिक प्रतिष्ठानविरुद्ध सरकारले मुद्दा दायर गरेको छ । उपभोक्तालाई अखाद्य वस्तु बेच्ने उद्योग, चर्को मूल्य लिने पसल, अतिरिक्त शुल्क लिने अस्पताल लगायतलाई कारबाहीको दायरामा ल्याउन लागिएको हो । बजार अनुगमनको क्रममा कैफियत फेला परेका व्यवसायीविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण वि...
प्रशासनिक संरचना टुंगो नलाग्दा बजेट तयारीमा समस्या

प्रशासनिक संरचना टुंगो नलाग्दा बजेट तयारीमा समस्या

काठमाडौं, ५ माघ। तीन तहको चुनाव सम्पन्न भई संघीय संरचना औपचारिक रुपमा कार्यान्वयनमा आएसँगै मुलुकमा पहिलोपटक संघीय संरचनाअनुसार बजेट तयारी हुँदैछ ।ऐन अभावमा गत वर्ष अनुदानका रुपमा स्थानीय तहलाई बजेट दिइएको थियो । यो वर्ष अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन बनिसकेको छ । यो ऐनले केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र प्रस्ट पारेको छ । ऐनले व्यवस्था गरेअनुसारको राष्ट्रिय प्राकृतिक स्रोत तथा ...
२०७४ माघ ५ गते शुक्रबारको राशिफल

२०७४ माघ ५ गते शुक्रबारको राशिफल

वि.सं. २०७४ साल माघ ५ गते। शुक्रबार। इश्वी सन् २०१८ जनवरी १९ तारिख। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– द्वितीया, १०:५६ बजेउप्रान्त तृतीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विभिन्न अवसर प्राप्त भए पनि काममा अरूको मुख ताक्नाले पछि परिनेछ। फाइदाका लागि पुरुषार्थी कदम अघि बढाउनुपर्ला। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। मध्याह्नपछि स...
धनकुटामा कर्फ्यू लगाईएको हैन, निषेधाज्ञा मात्र जारी गरिएको हो : प्रजिअ उप्रेती

धनकुटामा कर्फ्यू लगाईएको हैन, निषेधाज्ञा मात्र जारी गरिएको हो : प्रजिअ उप्रेती

धनकुटा, ४ माघ । कतिपय सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा धनकुटामा कर्फ्यू लागेको उल्लेख भएपनि प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिले भने कर्फ्यू नभई निषेधाज्ञा मात्र जारी गरिएको बताएका छन् । धनकुटालाई प्रदेशको अस्थायी मुकाम नतोकिएको बिरोधमा भएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि बिहीबार बिहान साँढे ११ बजेबाट धनकुटा बजारक्षेत्रमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको हो । तर, कर्फ्यू लागेको...
नर्सहरुको आन्दोलन स्थगित

नर्सहरुको आन्दोलन स्थगित

काठमाडौँ, ४ माघ। सरकारी वार्ता टोली र नेपाल नर्सिङ संघबीच ११ बुँदे सहमति भएपछि नर्सहरुको आन्दोलन आजबाट स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि करिब आठ घण्टा चलेको वार्तामा संघले अघि सारेका सबै माग पुरा गर्न मन्त्रालय सहमत भएपछि आन्दोलन स्थगित भएको वार्तामा सहभागी नेपाल नर्सिङ परिषद्का अध्यक्ष जानकी केसीले जानकारी दिनुभयो । मानव अंग प्रत्यारोपण केन्द्रबाट निकालिएका दुई जना नर्स...
राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउँदै काँग्रेस

राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउँदै काँग्रेस

काठमाडौँ, ४ माघ। प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको अधिकतम सिट हासिलका लागि रणनीति बनाउने भएको छ । आजदेखि शुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभाको निर्वाचनमा कसरी बढीभन्दा बढी सिट हासिल गर्ने भन्नेबारे बहस चलाएको हो । काँग्रेसले वाम गठबन्धनबाहेकका राष्ट्रिय जनता पार्टी (राजपा)लगायत अन्य साना राजनीतिक दलसँग चुनावी तालमेल गरेर जाने...
मदिरा प्रतिबन्धको विरुद्धमा उत्रिए श्रीलङ्काली महिला

मदिरा प्रतिबन्धको विरुद्धमा उत्रिए श्रीलङ्काली महिला

कोलम्बो, ४ माघ।  महिलाहरुलाई पनि मदिरा उपयोग गर्न अनुमति दिने निर्णय खारेज गर्न लागेकोमा श्रीलङ्काका महिलाले विरोध जनाएका छन् । उनीहरुले महिलाको आधारभूत अधिकार हनन हुनेगरी सरकारले निर्णय उल्ट्याउन लागेको भन्दै सर्बोच्च अदालतमा मुद्धा दर्ता गरेका यहाँको राज्य संचालित सञ्चार माध्ययमले बिहीबार जनाएको छ । केही दिन अगाडी अर्थ मन्त्रालयले गरेको निर्णयलाई खारेज गर्न सरकारले राजपत्रमा सूचना प्रकाशित...
भारतद्वारा अग्नी–पाँचौँ ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण

भारतद्वारा अग्नी–पाँचौँ ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण

नयाँ दिल्ली, भारत, ४ माघ। भारतले बिहीबार अग्नी–पाँचौँ नामक अन्तर्महादेशीय ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । उक्त क्षेप्यास्त्रको प्रहार क्षमता पाँच हजार किलोमिटर भन्दा बढी रहेको बताइएको छ । “भारतको पूर्वी राज्य उडिसास्थित सामुद्रिक क्षेत्रबाट अग्नी–पाँचौँको सफल परीक्षण भएको छ, ” भारतीय रक्षा मन्त्री निर्मला सितारमणलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले बताएका छन् । अग्नी पाँचौँक...
सहकर्मीको आक्रमणमा नौ प्रहरीको मृत्यु

सहकर्मीको आक्रमणमा नौ प्रहरीको मृत्यु

लास्कार जह, अफगानिस्तान, ४ माघ। अफगानिस्तानको हेल्मन्ड प्रान्तमा आफ्नै सहकर्मीको आक्रमणमा परी नौ जना प्रहरीको बिहीबार मृत्यु भएको छ । “प्रहरीको पोशाकमा रहेका एक जना व्यक्तिले प्रहरी अधिकारीहरुलाई गोली प्रहार गरेका हुन्,” एक जना स्थानीय सरकारी अधिकारीले भने । उनले थपे, “आज बिहान हेल्मन्ड प्रान्तको राजधानी लास्कार गाह नजिकै रहेको प्रहरी चौकीमा घटना भएको हो, घटना लगत्तै नौ जनाको घटनास्थलमै मृत्...
धर्मनिरपेक्षताबारे जनमतसंग्रह गराउन माग

धर्मनिरपेक्षताबारे जनमतसंग्रह गराउन माग

काठमाडौँ, ४ माघ। पूर्वउपराष्ट्रपति परमानन्द झाले धर्मनिरपेक्षताबारे नेपालमा जनमत संग्रह गराइनुपर्ने बताउनुभएको छ । नेपाल विश्व हिन्दू महासंघले आज आयोजना गरेको ‘स्वामी हेमानन्द गिरीको सम्मान’ कार्यक्रममा उहाँले कुनै व्यक्तिको खुशीका लागि मुलुकलाई धर्मनिरपेक्षता घोषणा गरिएको हो भन्दै अब त्यसबारे जनमत संग्रह गरेर छिनोफानो गर्नुपर्ने बताउनुभयो । “बहुसंख्यक जनताले अहिले नेपाल हिन्दू राष्ट्र हुनुपर्छ ...
क्यानडालीलाई नेपालमा लगानी गर्ने अवस्था सिर्जना गर्नुपर्ने

क्यानडालीलाई नेपालमा लगानी गर्ने अवस्था सिर्जना गर्नुपर्ने

काठमाडौँ, ४ माघ। नेपाल र क्यानडाबीच रहेको कूटनीतिक सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल क्यानडा मैत्री तथा साँस्कृतिक संघले दुई मुलुकको दौत्य तथा कूटनीतिक सम्बन्ध कायम भएको ५३ औँ वर्षका अवसरमा आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी वक्ताले जनस्तरमा रहेको साँस्कृतिक सम्बन्धलाई वलियो बनाउन सुझाउनुभयो । आपूर्तिमन्त्री जयन्त चन्दले क्यानडाले नेपालमा जलविद्युत...
कोशीटप्पुमा चराको बासस्थान मासिँदै

कोशीटप्पुमा चराको बासस्थान मासिँदै

इटहरी, ४ माघ। घुमन्ते चराहरूका लागि उपयुक्त मानिँदै आएका बासस्थान मासिँदै गएपछि आसपास क्षेत्रका सिमसार क्षेत्रमा चराहरू बढी देखिन थालेका छन् । विश्व रामसार सूचीमा पहिलो पटक सूचीकृत नेपालका सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेको बासस्थान अतिक्रमण र बाढीजस्तो समस्याका कारण आवश्यक उपभोग्य वस्तु अभावले घुमन्ते चरा प्रभावित बनी अन्यत्र सर्न थालेको पाइएको...
‘गठबन्धन टुटाउन देशीविदेशी शक्ति सक्रिय’

‘गठबन्धन टुटाउन देशीविदेशी शक्ति सक्रिय’

त्रिशूली, नुवाकोट, ४ माघ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले वाम गठबन्धनलाई टुटाउन देशीविदेशी शक्ति सक्रिय भइरहेको विचार व्यक्त गर्नुभएको छ । बेलकोटगढी नगरपालिका–९ नलगाउँमा करुणाकर प्राविको २२ औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै नेता पाण्डेले ‘वाम गठबन्धनबाट प्रतिष्पर्धी दलमात्र नभई विदेशी शक्ति पनि आत्तिएकाले पार्टी एकतालाई असफल बनाउन सक्रिय भएको’ जिकिर गर्नुभयो । ...
error: Content is protected !!