वासिङ्टन, १२ फागुन ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको राष्ट्रपतिको निर्वाचन अभियानका पूर्व व्यवस्थापक पल मानाफोर्टविरूद्ध उक्त चुनावमा भएको भनिएको रसियाली हस्तक्षेपसम्बन्धी अनुसन्धानका विशेष जाँचकर्ता रोबर्ट मलरले नयाँ अभियोग दर्ता गराउनु भएको छ ।

वासिङ्टन संघीय अदालतमा दायर गरिएको उक्त अभियोगमा मानाफोर्टले गोप्य रूपमा हाप्सवर्ग समूहका केही राजनीतिज्ञ अर्थात् कुनै समय रसियासमर्थक युक्रेनी सरकारको पक्षमा वकालत गर्ने वरिष्ठ युरोपेली नेताहरूलाई घुस दिएको आरोप लगाइएको छ ।

Advertisement

मानाफोर्टले ती पूर्व राजनीतिज्ञलाई २५ लाख डलर दिएको पनि उक्त अभियोगपत्रमा जनाइएको छ ।

सन् २०१२–०१३ मा प्रभावमा रहेको उक्त समूहले एक पूर्व यूरोपियन चान्सलरसहित केही सदस्यले अमेरिकी विधायक तथा ह्वाइट हाउसका अधिकारीसँग समेत मिलेर राष्ट्रसङ्घमा वहस चलाएको दावी गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!