बिरामी भारत लैजाने पक्राउ
सुरुङ्गा, झापा, २२ फागुन। उपचारको नाममा विभिन्न आश्वासन देखाएर भारतको पानीट्यांकीस्थित ‘माँ पाथीभरा क्लिनिक’मा बिरामी पुर्याउदैँ ठगी गरेको आरोपमा आज एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही क्लिनिकमा कार्यरत झापा मेचीनगर नगरपालिका निवासी भूपेन्द्र भट्टराई रहेका छन् । भट्टराईले बिरामीलाई विभिन्न आश्वासन देखाएर उपचारका लागि भारत लगि ठग्ने गरेको बताइएको छ ।
पछिल्लो समय बाह्रदशी गाउँपालि...






























