श्रीनगर, भारत, २२ फागुन ।  भारत अधिनस्थ काश्मिरमा भएको एक प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा छजनाको मृत्यु भएको छ ।
हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न प्रहरीले  अश्रु ग्याँस प्रहार गर्नुका साथै लाठी चार्जसमेत गरेको थियो ।
प्रहरीबाट मारिएका छ जना मध्ये चार जना आमनागरिक रहेका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रदर्शनकारी र सुरक्षाकर्मीहरुकाबीचमा झडप भएपछि तनावपूर्ण अवस्था सृजना भएकाले सरकारी निकायहरुले विद्यालय र इन्टरनेट सेवा बन्द गरिदिएका छन ।

Advertisement

एक जना प्रहरी अधिकारीले सुरक्षाकर्मीहरु र प्रदर्शनकारीहरुकाबीचमा लामो समय झडप जारी रहेको एएफपीलाई जानकारी दिएका छन ।
लगातार लामो समयसम्म भएको झडपमा परी के कति जना घाइते भएका छन् भन्ने बारेमा यकिन हुन नसकेको सुरक्षा अधिकारीहरुको भनाई छ ।
गत आइतबार साँझ पनि काश्मिरको भारत अधिनस्थ सोपिन जिल्लामा रहेको एक जाँचचौकीमा शंकास्प्रद लडाकू र सुरक्षाकर्मीबीच भएको दोहोरो गोली हानाहानमा चार व्यक्तिको मृत्यु भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!