२०७४ फागुन २२ गते मंगलबारको राशिफल
वि.सं. २०७४ साल फागुन २२ गते। मंगलबार। इश्वी सन् २०१८ मार्च ६ तारिख। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– पञ्चमी, २७:२६ बजेउप्रान्त षष्ठी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा आफन्...






























