काठमाडौं, २२ फागुन । काठमाडौंको गंगबुस्थित गणेश हिमाल बोडिङ स्कुलमा पढ्ने एक जना विद्यार्थीको साथीहरुबाटै हत्या भएको छ ।
कक्षा १० मा अध्ययरत विद्यार्थी कुमार सूचीकार वर्देवाको हत्या भएको हो । यसअघि २७ माघमा तारकेश्वर नगरपालिका-४, फूलबारीमा उनलार्इ बेहोस अवस्थामा फेला पारिएको थियो ।
लगत्तै, उपचारका लागि वीर अस्पताल लगिए पनि उपचारका क्रममा दुर्इ दिनपछि मृत्यु भएको थियो ।
उनको हत्या आरोपमा ८ जना विद्यार्थी पक्राउ परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
प्रहरी स्रोतले बताए अनुसार विद्यार्थीले बनाएको फेसबुक ग्रुपको विषयलाई लिएर विवाद बढ्दै जाँदा उनकै साथीहरुले वर्देवालाई कुटपीट गरेर हत्या गरेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको छ ।