कान्तिपुरलाई ७२ घण्टाभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश

कान्तिपुरलाई ७२ घण्टाभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौँ, १३ फागुन । सर्वोच्च अदालतले कान्तिपुर मिडिया गु्रपलाई ७२ घण्टाभित्र बयान दिनका लागि उपस्थित हुन आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजालासले आज अदालतको अवहेलना मुद्दामा कान्तिपुर गु्रपलाई बयानका लागि उपस्थित हुन आदेश दिएको हो । प्रधानन्यायाधीश पराजुलीको जन्ममितिसम्बन्धी समाचारलाई लिएर अधिवक्ता तोयनाथ ढुंगानाले दायर गर्नुभएको अवहेलनाको मुद्दामा सुनवाइपछि अदालतले सो आद...
नयाँ संरचनामा शैक्षिक गुणस्तर कायम गर्न समस्या

नयाँ संरचनामा शैक्षिक गुणस्तर कायम गर्न समस्या

काठमाडौँ १३ फागुन । मुलुकमा आएको संरचनात्मक परिवर्तनसँगै स्थानीय तहमा शिक्षासम्बन्धी नीति, ऐन तथा नियम बन्ने क्रम शुरु भएपनि शैक्षिक गुणस्तर र सुशासन कायम गर्न तत्कालका लागि अन्योल देखिएको छ । नेपाल सरकारद्वारा स्थानीय तह सञ्चालन ऐन, २०७४ जारी गरी शिक्षासम्बन्धी २३ वटा कार्यक्षेत्र तोकिएकोमा केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वयको अभाव देखिएको विज्ञ एवं सरोकारवालाले जनाउनुभएको छ । शिक्षाका ...
खाद्य अधिकारबाट वञ्चितका समस्याबारे प्रदेश सरकार गम्भीरः मुख्यमन्त्री भट्ट

खाद्य अधिकारबाट वञ्चितका समस्याबारे प्रदेश सरकार गम्भीरः मुख्यमन्त्री भट्ट

कैलाली, १३ फागुन ।  प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले खाद्य अधिकारबाट वञ्चित भएका व्यक्तिको समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर भएको बताउनु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बाढी, पहिरो र आरक्षपीडितको ज्ञापनपत्र बुझ्दै उहाँले खाद्य अधिकारबाट वञ्चित व्यक्तिका समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर भएको उल्लेख गर्दै समस्या समाधानका लागि केन्द्र सरकारलाई आग्रह गर...
मुलुक र जनताको हितमा संविधान संशोधन गर्न सकिन्छः नेता नेपाल

मुलुक र जनताको हितमा संविधान संशोधन गर्न सकिन्छः नेता नेपाल

नेपालगन्ज, १३ फागुन ।  नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देश र जनताको हित हुन्छ भने कुनै पनि बेला संविधान संशोधन गर्न सकिने बताउनु भएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर बाँकेले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उहाँले संविधान मुलुक र जनहितका लागि प्रयोग गर्ने कानूनी दस्तावेज भएकाले समयसापेक्ष यसको सुधार हुनुलाई अन्यथा लिनु हुँदैन भन्नुभयो । पूर्व प्रधानमन्त्री नेपालले...
कानूनी सचेतना तथा सिपमुलक तालिम सम्पन्न

कानूनी सचेतना तथा सिपमुलक तालिम सम्पन्न

धनकुटा, १३ फागुन । धनकुटामा सञ्चालित क्षमता विकासकालागि कानूनी सचेतना तथा सिपमुलक तालिम आज सम्पन्न भएको छ । धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा एकल महिला समुहले दुई दिने तालिम आयोजना गरेको हो । एकल महिलाहरुलाई कानुनी बिषयमा सचेतना वृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको एकल महिला समुहका जिल्ला अध्यक्ष मिना राईले जानकारी दिईन् । उनका अनुसार अगरबत्ती बनाउँने तीन दिने तालिम पनि सञ्चालन गरिएको छ ।...
मनोनयन भएका राष्ट्रियसभा तीन सदस्यलाई शपथ नगराउन सर्वोच्चको आदेश

मनोनयन भएका राष्ट्रियसभा तीन सदस्यलाई शपथ नगराउन सर्वोच्चको आदेश

काठमाडौँ, १३ फागुन ।  सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्यका लागि मनोनयमा भएका डा युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौडेललाई माननीय सदस्यका हैसियतको शपथ नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज राष्ट्रियसभाको सदस्यको मनोनयनमा राष्ट्रपतिलाई कार्यकारी अधिकार प्रयोग गर्न पाउने गरी संवैधानिक व्यवस्था नभएको उल्लेख गर्दै मनोनयनमा परेका ...
धनकुटाका जनप्रतिनिधिलाई प्रशिक्षण

धनकुटाका जनप्रतिनिधिलाई प्रशिक्षण

धनकुटा, १३ फागुन । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई जनता र विकाससँगकोे सम्वन्धका बिषयमा प्रशिक्षण दिईएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थानीय विकास विभाग धनकुटाले एकदिने प्रशिक्षण आयोजना गरेको हो । कार्यक्रममा पूर्वजिविस महासघंका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जनप्रतिनिधि र विकासको वारेमा सैद्धान्तिक तथा व्यवहारिक पक्षको जानकारी गराए । स्थानीय तह पुर्नसंरचना आयोगका पूर्व अध्यक्ष वालान्नद पौ...
वन्यजन्तुको सुरक्षार्थ निकुञ्जमा गस्ती बढाइयो

वन्यजन्तुको सुरक्षार्थ निकुञ्जमा गस्ती बढाइयो

रत्ननगर, चितवन, १३ फागुन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ । अहिलेको मौसममा चोरी तस्करका गतिविधि बढ्नसक्ने भएकाले त्यसलाई ध्यानमा राखेर सुरक्षा प्रबन्धलाई थप चुस्त पारिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिनुभयो । उहाँले अहिले गाउँगाउँमा २/३ महिनाका लागि नयाँ सुराकीहरु थपेर सूचना संकलनको काम समेत थालिएको जानकारी दिनुभयो । अहिलेको मौसम...
अब बन्ने मन्त्रिपरिषमा थारु समुदायको प्रतिनिधित्व गराउन माग

अब बन्ने मन्त्रिपरिषमा थारु समुदायको प्रतिनिधित्व गराउन माग

काठमाडौँ, १३ फागुन । थारु समुदायका राजनीतिज्ञले अब बन्ने मन्त्रिपरिषद्मा थारु समुदायका सभासद्लाई जनसंख्याको अनुपातमा समानुपातिक ढंगले केन्द्र तथा प्रदेशमा मन्त्री बनाउन माग गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा थारु समुदायलाई राज्यले सधैँ उपेक्षा गर्दै आएको बताउँदै देशमा क्रान्तिकारी राजनीतिक परिवर्तनका लागि आन्दोलनमा थारुले आफ्नो जीवन उत्सर्ग गरेको थारु नेताहरुको भनाइ थियो । नेकपा (एमाले)का...
‘इपिजीको प्रतिवेदन दुवै मुलुकका लागि सकारात्मक हुन्छ’

‘इपिजीको प्रतिवेदन दुवै मुलुकका लागि सकारात्मक हुन्छ’

काठमाडौ, १३ फागुन ।  नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)कोे प्रतिवेदन दुवै देशका लागि सकारात्मक हुने बताइएको छ । समूहको सातौँ बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा उक्त समूहका नेपाल संयोजक डा भेषबहादुर थापा र भारतीय पक्षका संयोजक भगतसिंह कोशियारीले दुई देशको सम्बन्धलाई अझ उचाइमा पु¥याउने गरी प्रतिवेदन ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । ...
पत्रकार महासंघको भवनलाई ६० लाख सहयोग जुटयो

पत्रकार महासंघको भवनलाई ६० लाख सहयोग जुटयो

बागलुङ, १३ फागुन ।  पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणका लागि रु ६० लाख आर्थिक सहयोग जुटेको छ । सरकारी र गैरसरकारी क्षेत्रबाट सो रकम जुटेको शाखाले जनाएको छ । सबैभन्दा बढी जिल्लाका स्थानीय तहबाट रु २७ लाख ५० हजार बजेट उपलब्ध भएको शाखाका कोषाध्यक्ष विजय रानाले बताउनुभयो । शाखाले गत वर्षदेखि ‘हामी सबैको रहर, पत्रकार महासंघको घर’ नारासहित अर्थ संकलनको अभियान थालेको थियो । अभियानमा सर्वसाधा...
आर्थिक वृद्धिदर ७ प्रतिशत कायम राख्न ३० हजार मेगावाट विद्युत् आवश्यक

आर्थिक वृद्धिदर ७ प्रतिशत कायम राख्न ३० हजार मेगावाट विद्युत् आवश्यक

काठमाडौँ, १३ फागुन ।  नेपालको आर्थिक वृद्धिदर ७ दशमलव २ प्रतिशत कायम राख्ने हो भने सन् २०४० सम्म ३० हजार मेगावाट विद्युत् आवश्यक पर्ने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले मुलुकको आर्थिक वृद्धिदरलाई आधार मानेर तयार पारेको एक रणनीतिक कार्ययोजनामा अबको २२ वर्षपछि विद्युत् उत्पादन क्षमता २९ हजार ४२७ हजार मेगावाट हुनुपर्ने उल्लेख गरिएको छ । सामान्य रुपमा ४ दशमलव ५ प्रतिशतको दरले मात्रै आर्थिक ...
खोलामा डुबेर मृत्यु

खोलामा डुबेर मृत्यु

उर्लाबारी, मोरङ, १३ फागुन । कानेपोखरी गाउँपालिका–६ बस्ने ५१ वर्षीया सुकमाया लिम्बू आज बिहान खोलामा डुबेको अवस्थामा मृतावस्थामा फेला पर्नुभएको छ । शनिबार अपराह्न “शनिश्चरे बजार जान्छु” भनेर घरबाट हिँड्नुभएकी राई घर नफर्किएपछि खोजी गर्ने क्रममा पथरीशनिश्चरे नगरपालिका–९ स्थित डाँसखोलामा डुबेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।
भारतीय पक्षबाट दुई वर्षमा पनि बनेन १,२०० मिटर नहर

भारतीय पक्षबाट दुई वर्षमा पनि बनेन १,२०० मिटर नहर

भीमदत्तनगर, १३ फागुन । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २२ वर्ष बितिसक्दा पनि सन्धिअनुसार भारतले बनाउनुपर्ने एक हजार २०० मिटर नहर निर्माणमा कुनै चासो देखाएको छैन । कञ्चनपुरको भीमदत्तनगरपालिका–९ स्थित नेपालको सीमाक्षेत्रमा पर्ने मटेनासम्म एक हजार २०० मिटर लामो पुल नहर निर्माणको काम भारतले गर्नुपर्ने सन् १९९६ को एकीकृत सन्धिमा उल्लेख गरिएको छ । “महाकाली सन्धिअनुसार भारतले टनकपुरदेखि मटेनास...
बलेवा विमानस्थल चैत दोस्रो सातादेखि सञ्चालनमा आउँदै

बलेवा विमानस्थल चैत दोस्रो सातादेखि सञ्चालनमा आउँदै

बागलुङ, १३ फागुन ।  बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनको तयारीमा छ । आउँदो चैत दोस्रो साताभित्र उडान शुरु गर्ने गरी विमानस्थलको प्राविधिक र व्यवस्थापकीय कामलाई तीव्र पारिएको छ । नागरिक उड्डयन प्राधिकरणले गरेको प्राविधिक अध्ययन प्रतिवदेनको सुझाव अनुसार काम भइरहेको हो । सोमबार प्राधिकरणको प्राविधिक टोली आवश्यक यन्त्र, उपकरण जडानका लागि आइपुग्ने बागलुङ नगरपालिकाले...
अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ

अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ

बर्दिवास, १३ फागुन । महोत्तरी जिल्लाको बर्दिवासमा एक जना अप्राकृतिक मैथुन गरेको आरोपमा आज पक्राउ परेका छन् । बर्दिवास नगरपालिका–१ का करीब ४० वर्षीय अच्युतम रिसाललाई जिल्लाकै गौशाला नपाको लक्ष्मीनियाँका ११ वर्षीय बालकमाथि यौनजन्य अप्राकृतिक क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो । बर्दिवास नगरपालिकाको बाल सञ्जालले आर्थिक लेनदेनका बलमा बालयौन दुराचारको...
काँग्रेस संसदीय दलको विधान अनुमोदन

काँग्रेस संसदीय दलको विधान अनुमोदन

काठमाडौँ, १३ फागुन । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आज ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको विधान पारित गर्नाका साथै संसदीय दलको नेता चयन प्रक्रियाको गृहकार्य गर्न समिति गठन गरेको छ । बैठकले नेता चीनकाजी श्रेष्ठको संयोजकत्वमा भीष्मराज आङ्दम्बे र नवीन्द्रराज जोशी सदस्य रहेको समिति ...
समृद्विको पहलमा क्रियाशील बन्दै स्थानीय तह र जनप्रतिनिधि

समृद्विको पहलमा क्रियाशील बन्दै स्थानीय तह र जनप्रतिनिधि

पोखरा, १३ फागुन । स्थानीय तह र जनप्रतिनिधिले यतिखेर चुनावी अभियानमा व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्न विकासका कार्यक्रमसहित आफूलाई क्रियाशील बनाएका छन् । अत्यन्त सीमित साधनस्रोत भए पनि निर्वाचित भएको १० महिना पुग्दै गर्दा गाउँ र समाजका न्यूनतम आवश्यकता परिपूर्ति गराउन यतिखेर जनप्रतिनिधिलाई भ्याइनभ्याइ भएको छ । संविधानमा स्थानीय तहका लागि विभिन्न अधिकारको व्यवस्था गरिए पनि त्यसको उपयोग सम्बन्ध...
कसरी भयो ‘हेल्लो’ शव्दको उत्पत्ति ?

कसरी भयो ‘हेल्लो’ शव्दको उत्पत्ति ?

फोनमा कुरा गर्दा सबैभन्दा सुरुमा भनिने शव्द ‘हेल्लो’ को सुरुवात कसले गर्यो होला ? किन अभिवादनका अन्य शव्दहरु हुँदाहुँदै पनि हेल्लो शव्दकै प्रयोग गरिन्छ होला टेलिफोन संवादमा ? वास्तवमा हेल्लो शव्दको आविष्कार मानिसहरुबीचमा आपसी कुराकानीलाई बढावा दिनका लागि भएको थियो । यो शव्द अहिले सायद विश्वको सबैभन्दा साझा शव्द बनेको छ र विश्वका धेरै भाषाले यो शव्दलाई स्वीकारेका छन् । सन् १९७३ को नोभेम्बर २१ मा ...
विभाग स्थापनाको ४५ वर्षमा तीन ढल मात्र निर्माण

विभाग स्थापनाको ४५ वर्षमा तीन ढल मात्र निर्माण

काठमाडौँ, १३ फागुन ।  खानेपानी तथा ढल निकास विभागले आफ्नो स्थापनाको ४५ वर्षमा तीन वटा मात्र ढल निर्माण गरेको छ । नेपालभित्र खानेपानी र ढल निकासका लागि विसं २०२९ मा स्थापित विभागले हालसम्म काठमाडौँ उपत्यका र उपत्यका बाहिर तीन ढल निर्माण गरेको छ । विभागका अनुसार हालसम्म मनकामना ढल निर्माण तथा प्रशोधन आयोजना गोरखा, चापागाउँ ढल निर्माण तथा प्रशोधन आयोजना ललितपुर र गोलढुंगा ढल निर्माण तथा प्रशोधन आय...
कांग्रेस केन्द्रीय समितिको बैठक जारी, संसदीय दलको विधान अनुमोदन गर्ने

कांग्रेस केन्द्रीय समितिको बैठक जारी, संसदीय दलको विधान अनुमोदन गर्ने

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ । शनिबार बसेको संसदीय दलको बैठकले पार्टीको विधान परिमार्जनसहित पारित गरेको थियो । संसदीय दलको बैठकले डा. मीनेन्द्र रिजालले प्रस्तुत गरेको विधानलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा प...
कोलकातामा ‘पानीघट्ट’

कोलकातामा ‘पानीघट्ट’

काठमाडौँ, १३ फागुन । लमजुङको ग्रामीण भेगलाई आधार बनाएर निर्मित नाटक ‘पानीघट्ट’ भारतको कोलकातामा शनिबार मञ्चन गरिएको छ । पानीघट्ट र ठाडोभाकाबारे कुनै जानकारी नभएका दर्शकले नाटक हेरेपछि आफूहरु दंग परेको प्रतिक्रिया दिए । नेपाली संस्कृति र वर्तमान समाजको यथार्थ नाटकमा भेटेको उनीहरुले बताएका छन् । कोलकाताको नागेरबजारस्थित अजितेश मञ्चमा आयोजित अन्तराष्ट्रिय नाटक उत्सवमा मञ्चित नाटक हेर्न प्रवासी नेपाल...
अमेरिकाले उत्तर कोरिया विरुद्ध व्यापक साइबर आक्रमण गर्दैछ: प्योङयाङ

अमेरिकाले उत्तर कोरिया विरुद्ध व्यापक साइबर आक्रमण गर्दैछ: प्योङयाङ

प्योङयाङ, उत्तर कोरिया, १३ फागुन । अमेरिकाले प्योङयाङविरुद्ध सैन्य आक्रमण गर्नुपूर्व गोप्य रूपमा ठूलो मात्रामा साइबर हमला गर्न लागेको आरोप शनिबार उत्तर कोरियाले लगाएको छ । उत्तर कोरियाको केन्द्रिय समाचार संस्था (केसिएनए) तथा तथा रोडोङ सिनमुन दैनिकमा प्रकाशित भएको समाचारमा “अमेरिकी विदेश नीतिबारेमा लेख्ने एक पत्रिकाको फेब्रुवरी १५मा प्रकाशित अङ्कमा वासिङटनले आफ्नो गुप्तचर क्षमतालाई एक पटक कोरिया...
उत्पादन बढाउन माटो परीक्षण शिविर सञ्चालन

उत्पादन बढाउन माटो परीक्षण शिविर सञ्चालन

फलेवास, पर्वत, १३ फागुन । माटोमा उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि नगरपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरेको छ । पर्वतको फलेवास नगरपालिकाले व्यावसायिक कृषिका लागि माटो परीक्षण गर्न शुरु गरेको हो । माटो परीक्षण गरी उत्पादन वृद्धि गर्नका लागि नगरपालिकाका ११ वटै वडाका किसानबाट माटो संकलन गरी शुक्रबारबाट परीक्षण गर्न थालिएको हो । क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखरा...
बसको ठक्करबाट एकको मृत्यु

बसको ठक्करबाट एकको मृत्यु

इनरुवा, १३ फागुन ।  सुनसरी सदरमुकाम इनरुवा–९ बबियामा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–८ डुम्रहाका ३५ वर्षीय कर्मलाल उराँव रहेका छन् । उनलाई ना२ख ९८४६ नंको बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उराँवको इनरुवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । ठक्कर दिने बस जिल्ला प्रहरी कार्...
पाँच करोड ७१ लाखभन्दा बढी राजश्व संकलन

पाँच करोड ७१ लाखभन्दा बढी राजश्व संकलन

खजुरा, बाँके, १३ फागुन ।  नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४/७५ को माघ मसान्तसम्म रु पाँच करोड ७१ लाख ९५ हजार ६९६ राजश्व संकलन गरेको छ । गत वर्ष यही अवधिमा चार करोड ९८ लाख ३० हजार २१६ राजश्व संकलन गरेको थियो । यस अवधिमा गत वर्षभन्दा रु ७३ लाख ७५ हजार ४८० बढी राजश्व संकलन भएको छ । राजश्व शाखाका अनुसार माघ मसान्तसम्म नक्सापास दस्तुरबाट रु एक करोड २८ लाख ४७ हजार ३०३ राजश्व संकलन गरिएको छ ।...
उद्योग वाणिज्य संघद्वारा यू ट्युब च्यानल सञ्चालन

उद्योग वाणिज्य संघद्वारा यू ट्युब च्यानल सञ्चालन

सुर्खेत, १३ फागुन । उद्योग वाणिज्य संघ सुर्खेतले आफ्ना हरेक गतिविधिलाई डिजिटल बनाउनका लागि यू ट्युब च्यानलको शुभारम्भ गरेको छ । सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतको ३४औँ वार्षिक साधारण सभाको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज यू ट्युब च्यानलको शुभारम्भ गर्नुभयो । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई समृद्ध प्रदेश निर्माण गर्न यहाँका उद्योगी–व्यापारीले लगानीमैत्री वा...
चर्चित भारतीय अभिनेत्री श्रीदेवीको  निधन

चर्चित भारतीय अभिनेत्री श्रीदेवीको निधन

काठमाडौं, १३ फागुन ।  चर्चित भारतीय अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा निधन भएको छ । आफन्तको विवाहका लागि दुबई पुगेकी श्रीदेवीको शनिबार हृदयघातका कारण निधन भएको हो । श्रीदेवीको अचानक मृत्युको खबरले बलिउड जगतका प्रसंशक स्तब्ध भएका छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । हिन्दी सिनेमा जगतमा श्रीदेवीको निकै ठूलो योगदान छ । सन् १९६३ तमिलनाडुको शिवकाशीमा जन्मेकी श्रीदेवीले हि...
विद्यालय खुलेको दुई साता बित्न लाग्दासमेत डोल्पामा पुगेन पुस्तक

विद्यालय खुलेको दुई साता बित्न लाग्दासमेत डोल्पामा पुगेन पुस्तक

दुनै, डोल्पा, १३ फागुन । डोल्पाको नयाँ शैक्षिक सत्र शुरु भई विद्यालय खुलेको दुई साता बित्न लाग्दासमेत विद्यालय जाने बालबालिकाको हातमा किताब पुगेका छैनन् । फागुनको पहिलो साता साझा प्रकाशन र निजी क्षेत्रको बिक्रेताबाट डोल्पाका लागि किताब बुझेका सातवटा स्थानीय एजेन्टले अझै विद्यालयमा किताब पु¥याउन नसकेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारी दिएको छ । सबैभन्दा पहिले किताब मुड्केचुला गाउँपालिकाको...
महायज्ञबाट तीन करोड संकलन

महायज्ञबाट तीन करोड संकलन

बेसीशहर, लमजुङ, १३ फागुन । लमजुङको एक विद्यालयमा सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट झण्डै रु तीन करोड संकलन भएको छ । बेसीशहर–१, उदिपुरस्थित जनकल्याण माविको प्रांगणमा सञ्चालित महायज्ञबाट जिन्सीसहित सो रकम संकलन भएको हो । फागुन ६ देखि १२ गते सम्म भएको सप्ताह महायज्ञमा नगद तथा भूमिदानबाट सो रकम बराबरको आम्दानी भएको विद्यालयले जनाएको छ । महायज्ञबाट नगद मात्रै दुई करोड ३९ लाख रुपैया संकलन...
इटहरी बलात्कार प्रकरण- बलात्कारपीडित बालिकाकै आमाको बैंक खातामा १८ लाख !

इटहरी बलात्कार प्रकरण- बलात्कारपीडित बालिकाकै आमाको बैंक खातामा १८ लाख !

काठमाडौं, १३ फागुन । इटहरीमा बलात्कारपीडित बालिकाकै आमाको बैंक खतामा १८ लाख रुपैयाँ जम्मा भएको फेला परेको छ । मितेरी डेभलमपेन्ट बैंक र एनएमबी बैंकमा पुस २४ को मितिमा रकम जम्मा भएको देखिएको छ । दुइवटा बैंक खातामा ९/९ लाख रुपैयाँ भेटिएपछि प्रहरीद्धारा खाता रोक्का गरिएको छ । प्रहरीले यसअघि विचौलिया नै रकम लगेर फरार भएको दावी गरे पनि पीडित बालिकाकी आमाको नामको खातामै रकम भेटिएको छ । पीडित बाल...
error: Content is protected !!