दश वर्षमा पनि पूरा भएन रंगशाला निर्माण

दश वर्षमा पनि पूरा भएन रंगशाला निर्माण

पाँचथर, १६ फागुन । पाँचथरको फिदिम नगरपालिका–१० खलङगाटारमा निर्माणाधीन इमानसिं रंगशाला निर्माण शुरु भएको दश वर्षसम्ममा पनि पूरा हुन सकेको छैन । विसं २०६४ बाट निर्माण शुरु भएको जिल्लाको एक मात्र ‘इलेभेन’ साइजको खेलमैदान बजेट अभाव लगायतका विविध कारणले निर्माण कार्यले अझैसम्म पूर्णता नपाएको हो । सेभेन साइजमा रहेको खेलमैदान स्थानीयवासीको परिकल्पनामा रंगशाला निर्माण थालिएको थियो । निर्माणका लागि अ...
धनकुटा नगरवासीले आगामी साउनदेखि निःशुल्क उपचार पाउँने

धनकुटा नगरवासीले आगामी साउनदेखि निःशुल्क उपचार पाउँने

धनकुटा, १६ फागुन । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आगामी आर्थिक बर्षदेखि धनकुटा नगरवासीले जिल्ला अस्पतालबाट निःशुल्क उपचार पाउँने घोषणा गरेका छन् । जिल्ला अस्पतालको १०४ औं वार्षिकोत्सव एवं स्वास्थ्य सेवा दिवशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङले यस्तो घोषणा गरेका हुन् । धनकुटा जिल्ला अस्पतालबाट पाईने सम्पूर्ण उपचार आगामी आर्थिक बर्ष ०७५/०७६ देखि निःशुल्क गरिने नगर प्रमु...
धनकुटा महोत्सवको तयारी तिव्र

धनकुटा महोत्सवको तयारी तिव्र

धनकुटा, १६ फागुन । आगामी आईतबारदेखि सुरु हुने धनकुटा महोत्सव तथा प्रादेशिक औद्योगीक ब्यापार मेला तथा कृषि प्रदर्शनीको तयारी तिव्र पारिएको छ । ‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, उद्योग र व्यापार, समुन्नत प्रदेश नं. १ को आर्थिक विकासको आधार’ भन्ने नारासहित धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा फागुन २० देखि ३० गतेसम्म महोत्सव हुन लागेको हो । महोत्सवको तयारी तिव्र रुपमा गरेर अन्तिम चरण पुर्...
सुनसरी साक्षर जिल्ला घोषणा कति सान्दर्भिक

सुनसरी साक्षर जिल्ला घोषणा कति सान्दर्भिक

इनरुवा, १६ फागुन । सुनसरीलाई नेपालको ४५औँ जिल्लाका रुपमा मंगलबार साक्षर जिल्ला घोषणा गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुनसरीलाई औपचारिक कार्यक्रममा सुनसरीलाई ४५औँ साक्षर जिल्ला घोषणा गर्नुभयो । मुख्यमन्त्री राईले जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुहँुदै देशको विकासका लागि शिक्षाको ठूलो महत्व रहेको बताउनुभयोे । राईले अघिल्लो वर्ष नै साक्षर जिल्ला घोषणाको तयारी गरिएको भए पनि आफू...
२०७४ फागुन १६ गते बुधबारको राशिफल

२०७४ फागुन १६ गते बुधबारको राशिफल

वि.सं. २०७४ साल फागुन १६ गते। बुधबार। इश्वी सन् २०१८ फेब्रुवरी २८ तारिख। नेपाल संवत् ११३८ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– त्रयोदशी, १०:२३ बजेउप्रान्त चतुर्दशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ। व्यापारमा समेत ठूलो उपलब्धि हासिल गर्न नसकिएला। टाढिएका सन्तानलाई...
विश्वकप छनोट अभ्यास खेल: नेपालद्वारा यूएई ५ विकेटले पराजित

विश्वकप छनोट अभ्यास खेल: नेपालद्वारा यूएई ५ विकेटले पराजित

काठमाडौं, १५ फागुन । विश्वकप छनोटको अभ्यास खेलमा नेपालद्वारा यूएई ५ विकेटले पराजित भएको छ । २९ ओभरमा छोट्याइएको खेलमा यूएईले १७२ रनको लक्ष्य दिएको थियो, जसलाई नेपालले अन्तिम चार बल खेल्नु अघि ५ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात राम्रो रहेन । १६ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले ३९ रन बनाउँदा तेस्रो विकेट गुमाइसकेका थियो । थप ३० रन जोड्दा कपतान पारस खड्का पनि व्यक्तिगत २८ रनमा आउट भए ...
सिरियामा भइरहेको नरसंहार रोक्न विद्यार्थी संगठनको माग

सिरियामा भइरहेको नरसंहार रोक्न विद्यार्थी संगठनको माग

काठमाडौँ, १५ फागुन ।  सिरियामा भइरहेको बमवारी र नरसंहार रोक्न सम्बन्धित पक्षलाई विभिन्न विद्यार्थी संगठनले आग्रह गरेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू (छैठौँ), समाजवादी विद्यार्थी फोरमलगयत विद्यार्थी संगठनले आज संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सिरियामाथि भइरहेको नरसंहार रोक्न माग गरेका हुन् । सिरियामा गरिएको पछिल्लो आक्रमणको भत्र्सना गर्द...
ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

भीमदत्तनगर, १५ फागुन । प्रहरीको प्रदेश नं ७ बाट खटिएको क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले आज कैलालीको धनगढी उपमहानगरपालिका–४ बाट ३५ ग्राम लागुऔषध ब्राउन सुगरसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ । ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक केशव जोशीले विशेष सूचनाका आधारमा ब्राउनसुगरसहित भारतको उत्तर प्रदेश लखिमपुर गिरीका ३० वर्षीय सागर चौधरी र ३५ वर्षीय धर्मसिंह रानालाई धनगढीको शिवपुरीधाम परिसरबा...
बलात्कारीलाई आठ वर्ष कैद

बलात्कारीलाई आठ वर्ष कैद

इलाम, १५ फागुन । बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका इलाम चुलाचुली–९ का २७ वर्षीय राजमान भनिने राजु लिम्बूलाई जिल्ला अदालत इलामले आठ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश इन्द्रकुमार चोङटेन्लीको इजलासले मुलुकी ऐन जबर्जस्तीकरणी महलको ३ (२) बमोजिम लिम्बूलाई आठ वर्ष कैद र रु २५ हजार पीडितका नाममा क्षतिपूर्ति भराउने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दि...
काँग्रेस संसदीय दलको निर्वाचन फागुन २१ मा गर्ने तयारी

काँग्रेस संसदीय दलको निर्वाचन फागुन २१ मा गर्ने तयारी

काठमाडौँ, १५ फागुन ।  नेपाली काँग्रेस संसदीय दल निर्वाचन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि यही फागुन २१ गते निर्वाचन गर्ने तयारी गरेको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा आज बसेको समितिको बैठकले २१ गते अपराह्न ४ बजे संघीय संसद्को बैठक बस्नुभन्दा अगाडि संसदीय दलको निर्वाचन गर्ने तयारी गरेको काँग्रेसका नेता तथा समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो । समितिले ...
तेस्रो झापा गोल्डकप फागुन १९ गतेदेखि शु्रु हुने

तेस्रो झापा गोल्डकप फागुन १९ गतेदेखि शु्रु हुने

सुरुङ्गा (झापा) १५ फागुन । मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिता यही फागुन १९ गतेदेखि शुरु हुने भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने सो प्रतियोगितामा भारतको सिक्किम युनाइटेड क्लव, तीन विभागीय टोलीसहित १० टोलीको सहभागिता रहने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिनुभयो । प्रति...
नेपाल र रुसको सम्बन्ध थप प्रगाढ बनाउन प्रधानमन्त्री प्रतिबद्ध

नेपाल र रुसको सम्बन्ध थप प्रगाढ बनाउन प्रधानमन्त्री प्रतिबद्ध

काठमाडौँ, १५ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र रुसबीचको सम्बन्ध थप प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न आएको रसियाको एकातेरिनवर्ग प्रान्तका उपगभर्नर अलेक्जेण्डर भिसोकिन्सी नेतृत्वको प्रमण्डलसँग आज उहाँले दुई देशबीचको सम्बन्ध थप आत्मीय हुने विश्वास व्यक्त गर्नुभएको हो । सन् २०२५ को वल्र्ड एक्स्पो आयोजना गर्न आफ्नो प्रान्त...
सिरियाका निर्दोष नागरिक बचाउन माग गर्दै संयुक्त राष्ट्र संघमा पत्र

सिरियाका निर्दोष नागरिक बचाउन माग गर्दै संयुक्त राष्ट्र संघमा पत्र

काठमाडौँ, १५ फागुन । मानव अधिकार तथा शान्ति समाजले सिरियामा भइरहेको नरसंहारको अन्त्य गर्न माग गर्दै नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि धर्ना तथा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सिरिया भइरहेको बमबारी र नरसंहार अविलम्ब रोक्न संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्द्वारा पारित युद्वविरामको प्रस्तावलाई तत्काल लागू गरी त्यहाँको जनताको जीवनरक्षाका लागि स्थायी शान्ति कायम गर्न सिरियाली सरका...
कान्तिपुरमाथि लगाइएको मानहानी मुद्दाप्रति चौतारीको आपत्ति

कान्तिपुरमाथि लगाइएको मानहानी मुद्दाप्रति चौतारीको आपत्ति

काठमाडौँ, १५ फागुन ।  प्रेस चौतारी नेपालले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको विषयमा प्रकाशित समाचारलाई लिएर कान्तिपुर दैनिकमाथि चलिरेको मानहानीको मुद्दाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । चौतारीका महासचिव राजेश राईले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली आम सञ्चारकर्मी र आम सञ्चार माध्यमको संघर्षको जगमा बनेको नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको हुँदा स...
जाली नेपाली नोटसहित छ जना पक्राउ

जाली नेपाली नोटसहित छ जना पक्राउ

काठमाडौँ, १५ फागुन ।  प्रहरीले नक्कली नेपाली नोटको कारोबारमा संलग्न गिरोहका पाँच जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ । बल्खुस्थित कार्की फार्मेसीमा औषधि किन्न आएका दुई व्यक्तिका साथबाट रु पाँच सयको नक्कली नोट भोटिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा थप चारजना पक्राउ परेका हुन् । धनुषा शर्षा नगरपालिका–९ घर भई हाल ललितपुर नख्खीपोट बस्ने धिरजबहादुर श्रीनेत ठकुरी र भोजपुर खावा–९ घर भ...
सबैको साझा संकल्प मुलुकको समृद्धि बन्नुपर्छः मन्त्री थापा

सबैको साझा संकल्प मुलुकको समृद्धि बन्नुपर्छः मन्त्री थापा

बागलुङ, १५ फागुन । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले लामो राजनीतिक अस्थिरता र अन्यौल हटेकाले अब सबैको साझा संकल्प मुलुकको समृद्धि बन्नुपर्छ भन्नुभएको छ । जिल्ला समन्वय समिति बागलुङले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले समृद्धिको लक्ष्य हासिल गर्न सरकार, जनप्रतिनिधि, राष्ट्रसेवकलगायत सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो । मन्त्री थापाले आर्थिक र सामाजिक रूपान्तरण ...
‘एक नं प्रदेशलाई सुशासन र सम्पन्नताको प्रदेश बनाउने’

‘एक नं प्रदेशलाई सुशासन र सम्पन्नताको प्रदेश बनाउने’

इनरुवा, १५ फागुन ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुनसरी सबै हिसाबले प्रदेशकै सुन्दर र सम्पन्न जिल्लाको भएको बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज अयोजित साक्षर जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राईले सो कुरा बताउनुभएको हो । उहाँले सबै क्षेत्रको केन्द्रका रुपमा रहेको सुनसरीलाई विकासको गतिमा लैजानका लागि घोषणाले एउटा इँट्टा थपेको बताउनुभयो । मुख्यमन्त्...
दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई ३० वर्ष जेल सजाय माग

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई ३० वर्ष जेल सजाय माग

सोल, १५ फागुन ।  दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गेउन हाइलाई उहाँले गरेको भनिएको भ्रष्टाचारको काण्डमा ३० वर्षको जेल सजाय माग गरिएको समाचार छ । यहाँका सरकारी वकिलले पूर्व राष्ट्रपति हाइले गरेको भ्रष्टाचार र शक्तिको दुरुपयोगको विषयमा गरिएको लामो समयको अनुसन्धानपछि उहाँलाई ३० वर्षको जेल सजाय हुनुपर्ने माग गरेका हुन् । पार्क ६६ वर्षकी हुनुहुन्छ । उहाँले भ्रष्टाचार गरेको र आफू राष्ट्रपति...
चर्चित अभिनेत्री श्रीदेवीको निधनबारे विवाद उत्पन्न

चर्चित अभिनेत्री श्रीदेवीको निधनबारे विवाद उत्पन्न

मुम्बइ, १५ फागुन ।  दुबइमा हृदयाघातका कारण मृत्यु भएको भनिएकी भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको मृत्युबारेमा विवाद उत्पन्न भएको छ । दुबइको अस्पतालले पोस्टमार्टम रिपोर्टमा मृत्यु स्वभाविक रुपमा भएको होइन भनेर दिएको भन्दै भारतीय सञ्चार माध्यमले उहाँको हत्या भएको हुनसक्ने आशङ्कासहितका समाचार प्रकाशन प्रशारण गरेका छन् । उहाँको मृत्युको कारण हृदयघात, बाथ टबमा डुबेर, रक्सी पिएर अथ...
भ्रष्टाचार अन्त्य नगरेसम्म मुलुक विकास हुन सक्दैन: गृहमन्त्री थापा

भ्रष्टाचार अन्त्य नगरेसम्म मुलुक विकास हुन सक्दैन: गृहमन्त्री थापा

काठमाडौँ, १५ फागुन ।  गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारलाई जरैदेखि उखेलेर नफालेसम्म मुलुकको विकास हुन नसक्ने बताउनुभएको छ । नेपाल मगर संघको ३६औँ स्थापना दिवस तथा २६औँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकमा शान्ति र सुशासन कायम नगरेसम्म मुलुक समृद्ध हुन नसक्ने बताउनुभयो । “भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्नेवाला छैन,” उहाँले भन्नुभयो । गृहमन्त्री थापा...
अब भारत-पाकिस्तानबीच पोखरामा क्रिकेट खेलाइन्छ : मुख्यमन्त्री गुरुङ

अब भारत-पाकिस्तानबीच पोखरामा क्रिकेट खेलाइन्छ : मुख्यमन्त्री गुरुङ

(पछिल्लो समय सबैभन्दा बढी सुनिएको शब्द हो- समृद्धि । दलहरुले समृद्धिको सपना बाँडिरहेका छन् । संघीयतासँगै बनेका प्रदेश सरकारले समृद्ध प्रदेशको खाका कोर्ने बताइरहेका छन् । आखिर दलहरुले भन्ने गरेको र प्रदेश सरकारले बनाउने भनेको समृद्धि कसरी आउला ? सुनौं, प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका कुरा, उनकै शब्दमा ) प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्रका लागि २००७ सालदेखि भर्खरसम्म हामी लड्यौँ । सब...
होलीमा अभद्र व्यवहार गर्नेमाथि सार्वजनिक मुद्दा

होलीमा अभद्र व्यवहार गर्नेमाथि सार्वजनिक मुद्दा

भक्तपुर, १५ फागुन । महानगरीय प्रहरी परिसर भक्तपुरले होलीका बेला कुनै पनि आपराधिक एवं अवाञ्छित गतिविधि गर्नेमाथि कडा कारबाही गर्ने भएको छ । परिसरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले फागु पूर्णिमा (होली पर्व)का बेला जिल्लामा कुनै पनि किसिमको आपराधिक एवं अवाञ्छित गतविधि गरे सार्वजनिक अपराध ऐनअन्तर्गत कडा कारबाही गर्ने बताउनुभयो । फागु पूर्णिमाका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताउँदै उहाँ...
विश्वकप छनोट अभ्यास खेल: टस हारेर फिल्डिङ गर्दै नेपाल

विश्वकप छनोट अभ्यास खेल: टस हारेर फिल्डिङ गर्दै नेपाल

काठमाडौँ, १५ फागुन ।  वर्षाका कारण प्रभावित बनेको नेपाल र युएईबीचको पहिलो अभ्यास खेल शुरु भएको छ । जिम्बावेको क्वे क्वे स्पोर्टस् क्लबको खेल मैदानमा नेपालले टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ । आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको पहिलो अभ्यास खेलमा वर्षा बाधक बनेपछि खेल निर्धारित समयमा हुन सकेको थिएन । खेल शुरु हुनुअगावै वर्षाका कारण मैदान भिजेपछि निर्धारित समयमा खेल हुन सकेको थिए...
धितोपत्र बजार सामान्य रुपमा उकालो तर्फ

धितोपत्र बजार सामान्य रुपमा उकालो तर्फ

काठमाडौँ, १५ फागुन । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज भने उकालो लागेको छ । सोमबार सरकार विस्तार भएको र अर्थमन्त्रीका रुपमा डा युवराज खतिवडा नियुक्त भएपछि शेयर बजारले स्वागत गरेको धितोपत्र बजारका जानकारहरुले टिप्पणी गरेका छन् । नेपाल स्टक एक्स्चेन्जका अनुसार बजार आज ५.८६ बिन्दुले उकालो लागेर एक हजार ३६४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.५१...
डिपिएल क्रिकेटलाई जगशक्ति टिएमटी बारको १० लाख सहयोग

डिपिएल क्रिकेटलाई जगशक्ति टिएमटी बारको १० लाख सहयोग

काठमाडौँ, १५ फागुन ।  धनगढी प्रिमियर लिग डिपिएलको दोस्रो संस्करणको प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बारले  १० लाख दिने भएको छ । धनगढी क्रिकेट एकेडेमीद्वारा आज यहाँ आयोजित कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष सुवास शाही र जगदम्बाका महाप्रबन्धक जगतराज ढुङ्गानाले उक्त प्रतियोगितालाई प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार प्रतियोगिताको सहआयोजक अब जगदम्...
उनन्तीस हजार मेगावाट क्षमताका आयोजना निर्माणका चरणमा

उनन्तीस हजार मेगावाट क्षमताका आयोजना निर्माणका चरणमा

काठमाडौँ, १५ फागुन ।  मुलुकको कूल जलविद्युत् क्षमतामध्ये २८ हजार ८२३ मेगावाट क्षमताका विभिन्न आयोजना निर्माणका चरणमा रहेका छन् । जल तथा ऊर्जा आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकमा नेपालको जलविद्युत्को क्षमता ८२ हजार ८०० मेगावाट रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । कूल क्षमताको ४० प्रतिशत योजना निर्माणको विभिन्न चरणमा रहेका छन् । आयोगले नदी बेसिनका आधारमा जलविद्युत्को क्षमत...
पिज्जा बनाएर ख्याति कमाएका टंकको रेष्टुराँमा सुनको चुल्हो

पिज्जा बनाएर ख्याति कमाएका टंकको रेष्टुराँमा सुनको चुल्हो

लिस्बन, पोर्चुगल, १५ फागुन।  कुनै बेला विदेशीको रेष्टुराँमा सामान्य कामदारका रुपमा काम गर्ने एक नेपाली युवक यतिबेला भने आफ्नो कला, सीप र सिर्जनशीलताका कारण युरोपभर चर्चित बन्न पुगेका छन् । घरमा बिहेको कुरा चलेपछि आफ्नो अध्ययनलाई बीचमै छाडेर ढाई दशक अगाडि युरोप हानिएका बाग्लुङ्ग दमके–६, पोखरीका ४३ वर्षीय टंक सापकोटा इटालियन खाना बनाएरै युरोपमा चर्चित बनेका हुन् । इटालियन खानाका लागि सापकोटा युर...
संघीय संसद्को प्रथम अधिवेशनको तयारी पूरा

संघीय संसद्को प्रथम अधिवेशनको तयारी पूरा

काठमाडौँ, १५ फागुन ।  नेपालको संविधानबमोजिम निर्वाचनपछि बनेको संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको तयारी लगभग पूरा भएको छ । दोस्रो संविधानसभाबाट निर्मित नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको निर्वाचनपछि बस्न लागेको दुवै सदनको प्रथम अधिवेशनअन्तर्गत पहिलो अलग अलग बैठक यसअघि संविधानसभा बैठकस्थल रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दैछ । राष्ट्रपति ...
नकुहिने प्लाष्टिक कम्पनी र हरियो स्टिकर नभएका सवारी साधनलाई कारवाही

नकुहिने प्लाष्टिक कम्पनी र हरियो स्टिकर नभएका सवारी साधनलाई कारवाही

भक्तपुर, १५ फागुन । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाइने बताउनुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्नलगायत अन्य डिब्बाबन्द सामान र नकुहिने प्लाष्टिक कम्पनीलाई उत्पादन प्रतिबन्ध लगाइने बताउनुभयो । उहाँका अनुसार आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो ...
गाईघाटमा दशदिने प्रदेशस्तरीय महोत्सव शुरु

गाईघाटमा दशदिने प्रदेशस्तरीय महोत्सव शुरु

गाईघाट, उदयपुर, १५ फागुन । सदरमुकाम गाईघाटस्थित त्रियुगा बसपार्क परिसरमा आजदेखि दशदिने प्रदेशस्तरीय महोत्सव शुरु भएको छ । उक्त महोत्सवमा १८८ व्यापारिक कक्ष रहेको छ । जिल्लामा उत्पादित वस्तुको बजारीकरण गर्न तथा प्रदेश नं १ का अन्य जिल्लाका वस्तु बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको त्रियुगा उद्योण वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले बताउनुभयो । महोत्सवमा चौँरीको छुर्पीदेखि खुकुरी त...
महोत्सव विवादीत भएपछि मुख्यमन्त्री राई उद्घाटनमा नआउने

महोत्सव विवादीत भएपछि मुख्यमन्त्री राई उद्घाटनमा नआउने

उदयपुर, १५ फागुन ।  प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई उदयपुरको गाईघाटमा हुने महोत्सवमा नआउने भएका छन् । जिल्लाको सदरमुकाम गाईघाट स्थित त्रियुगा उद्योग वाणिज्य संघले आयोजना गरेको पहिलो प्रदेश महोत्सव त्रियुगा –२०७४ विवादीत भएपछि मुख्यमन्त्री राई नआउने भएका हुन् । मुख्यमन्त्री राई प्रमुख अतिथिकको रुपमा आउने भनिएपनि महोत्सव बिवादीत हुदै गएपछि नआउने भएको हो । परिक्षाको मुखमा महोत्सव राखेको,...
error: Content is protected !!