अनलाइनखबर

काठमाडौं, २६ चैत । रसुवाको उत्तरगया–५, लहरेका २९ वर्षीय चित्रमान डंगोल बेपत्ता भएको ११ दिनपछि उनी मारिएको विवरण र तस्वीर उनकै फेसबुकमार्फत सार्वजनिक भएको छ ।

Advertisement

स्थानीय मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङका अध्यक्ष एवं संस्थापक समेत रहेका उनको फेसबुक एकाउन्टबाट सोमबार झाडीमा पल्टिरहेको मानिसको तस्वीर पोष्ट भएको हो ।

तस्वीरसँगै क्याप्सनमा १२ वर्षअघि उनले पोष्ट गर्ने व्यक्तिको भाइको पेटमा छुरा हानेको उल्लेख गरिएको छ । भनिएको छ, ‘मेरो भाइ भाग्यले बाँच्यो । यसलाई पनि म भाइको जस्तै हाल बनाउन चाहन्छु । तर, यो बाँच्यो भने मेरो बर्बाद पारिदिन्छ ।’

स्टाटसमा डंगोललाई सिध्याउन राम्रो मौका पाएको र डंगोलकै मोबाइलबाट यो जानकारी पोष्ट गर्न पाएको उल्लेख छ ।

रसुवा बजार बन्द, अनुसन्धानमा सीआईबीको मद्दत मागियो

डंगोल गत १५ चैतदेखि बेपत्ता थिए । भोलिपल्ट उनको परिवारले उनी हराएको भन्दै प्रहरीमा उजुरी दिएको थिए ।

उनको खोजी कार्यलाई व्यापक बनाइएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) शरतकुमार थापा क्षेत्री बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!