स्वतन्त्रता सेनानी उपाध्यायको निधन
दाङ, १५ फागुन । स्वतन्त्रता सेनानी तथा शिक्षाप्रेमी ईश्वरीप्रसाद उपाध्यायको ९३ वर्षका उमेरमा सोमबार निधन भएको छ ।
तुलसीपुर–१२, कचिला निवासी उपाध्याय काँग्रेसका पुराना निष्ठावान् नेता हुनुहुन्थ्यो । उपाध्यायले पञ्चायतकालमा १८ वर्षसम्म साविक उरहरी गाविसको प्रधानपञ्च भएर सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्नुभएको थियो ।
वनगाउँस्थित माध्यमिक विद्यालयलाई १८ बिघा जग्गादान गरेर त्यस भेगको शैक्षिक ...




























