एजेन्सी

काठमाडौं, २६ चैत । उत्तर कोरियाली नेता किम जोंग उन आफ्ना परमाणु हतियार त्याग्न तयार  भएको अमेरिकी अधिकारीले पुष्टि गरेका छन् ।

Advertisement

ट्रम्प र किमको भेट मे महिनाको अन्त्यमा हुनसक्ने सम्भावना एनवाई पोष्टले जनाएको छ ।

‘किम जोंग कोरियाली प्रायद्वीपमा परमाणु हतियार समाप्त गर्न तयार भएको अमेरिकाले पुष्टि गरेको छ,’ ट्रम्प प्रशासन अधिकारीले एनवाई पोष्टलाई आइतबार बतायो ।

अमेरिकी राष्ट्रपतिले पनि यसका लागि सहमती जताइसकेको स्रोतले बताएको छ ।

ट्रम्पसँग भेटघाटका लागि उत्सुक छुः किम

किम जोंगले केही समय अघि नै आफू राष्ट्रपति डोनल्ड  ट्रम्पसँग भेटघाटका लागि उत्सुक भएको बताइसकेका छन् । साथै, उनले कोरियाली प्रायद्वीपमा परमाणु हतियार समाप्त गर्नका लागि पनि कुरा गर्ने बताएका थिए ।

यद्यपी, उत्तर कोरियाको तर्फबाट यसबारे कुनै आधिकारिक बयान भने सार्वजनिक भएको छैन । तर याद गर्नुपर्ने कुरा के पनि छ भने किमले केही समयअघि चीनको भ्रमण पनि गरिसकेका छन् । त्यतिबेला किम जोंग र शी जिनपिंगबिच भेटघाटसमेत भएको थियो ।

मे महिनामा हुनसक्छ नेताको भेटः

– पछिल्लो समय उत्तर कोरियाको एक प्रतिनिधीमण्डल उत्तर कोरियाको यात्रामा गएका थिए । त्यसलगत्तै उक्त प्रतिनिधीमण्डलले अमेरिकामा डोनल्ड ट्रम्पसँग भेटघाट गर्यो । उक्त भेटघाटमा किम जोंग ट्रम्पसँग भेट्न इच्छुक भएको बताइयो ।

– अमेरिकी राष्ट्रपतिले उक्त प्रस्ताव स्विकार गर्दै सबैलाई चकित तुल्याए । ट्रम्पले उत्तर कोरियाका तानाशाहसँग मे महिनामा सहमती जताएका छन् ।

दक्षिण कोरियाले निभायो मध्यस्थताको भूमिकाः

अमेरिका र उत्तर कोरियाबिच भेटघाट गराउन उत्तर कोरियाले मध्यस्थताको भुमिका निभाएको हो । दक्षिण कोरियाको नेशनल सेक्युरिटी एड्भाइजर चुंग यूई–योंगले ट्रम्पले किमसँग भेटवार्ताका लागि सहमती जनाएको जानकारी दिए ।

अक्टोबर सन् २००२ मा बिल क्लिंटनकी विदेशमन्त्री मेडलीन अलब्राइटले किम जोंग उनका पिता र तत्कालीन उत्तर कोरियाली शासक किम जोंग II सँग कुराकानी गरेकी थिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!