काठमाडौं, १९ वैशाख । फेसबुकका सिइओ मार्क जुकरबर्गले आफुहरुले डेटिङ एप ल्याउन लागेको बताएका छन्। सोसल नेटवर्कको एफ एट डेभलपर कन्फ्रेन्समा बोल्दै जुकरबर्गले यो डेटिङ एपले मान्छेहरुलाई ‘र्याण्डम हुकअप’ मात्र नभई ‘लङ टर्म रिलेसनसिप’ निर्माण गर्न मद्दत गर्ने बताएका छन्।

उनले यो एपमा प्राइभेसी र सेफ्टीको लागि उपयुक्त डिजाइन गरिएको जनाए। फेसबुकमा डेटिङ फिचर प्रयोग गर्न आफ्नो फेसबुक प्रोफाइलको दाहिने पट्टि पानको पात आकारको आइकनमा क्लिक गनुपर्ने एजेन्सीले जनाएको छ। उक्त डेटिङ प्रोफाइलमा प्रयोगकर्ताको नाम मात्र हुने र प्रयोगकर्ताका फेसबुक साथीहरुले डेटिङ एक्टिभीटी हेर्न नमिल्ने सेक्युरिटी सिस्टम रहेको एजेन्सीले जनाएको छ।

डेटिङ एपबाट आफ्नो नजिकै हुन लागेको इभेन्टमा सहभागीताको लागि इभेन्टको आइकनमा क्लिक गरेपछि इच्छुकहरुसंग म्यासेज गरेर जोडी मिलाउन सकिने एजेन्सीले जनाएको छ। उक्त डेटिङ म्यासेजिङ ह्वाट्स एप र फेसबुकभन्दा भिन्न हुने जनाइएको छ। फेसबुकले यो एप २०१८ को अन्त्य तिर मात्र सार्वजनिक गर्ने याहु डटकमले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!