नक्कली स्टिकर छाप्ने भारतीय कम्पनी छानविनको दायरामा

नक्कली स्टिकर छाप्ने भारतीय कम्पनी छानविनको दायरामा

वीरगञ्ज ६ चैत ।  मदिराको बिर्काेमा टाँस्ने राजश्वको नक्कली स्टिकर छाप्ने भारत कलकत्ताको एक कम्पनीलाई छानविनको दायरामा ल्याउने प्रयास भइरहेको आन्तरिक राजश्व कार्यालय वीरगञ्ज पर्साले जनाएको छ । नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका व्यक्तिसँग विभिन्न चरणमा थप बयान लिने काम भइरहेको भन्दै प्रमुख कर अधिकृत गोपीकृष्ण कोइरालाले रासससँग भन्नुभयो, “नक्कली स्टिकर छाप्ने सो भारतीय कम्पनीको नाउँ सार्वजनिक गर्द...
झापामा बेहुलो भाग्दा तिर्नुपर्यो ३५ लाख जरिवाना

झापामा बेहुलो भाग्दा तिर्नुपर्यो ३५ लाख जरिवाना

सुरुङ्गा, झापा, ६ चैत । कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै  ३५ लाख जरिवाना तिर्नुभएको छ । बुद्धशान्ति गाउँपालिकाको ...
पोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिने: मन्त्री विश्वकर्मा

पोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिने: मन्त्री विश्वकर्मा

पोखरा, ६ चैत।  युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले पोखरामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गरिने बताउनुभएको छ । नेपाल खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले पोखराको पर्यटकीय सम्भावनालाई खेलसँग पनि जोड्न सकिने बताउनुभयो । खेलाडीलाई खेल खेलेरै जीविकोपार्जन गर्न सक्ने अवस्थाको सिर्जना नहुँदासम्म खेल क्षेत्रले राम्रो गति प्रा...
आज भँगेरा दिवस : जुम्राले टोकेपछि नुहाउने भँगेरा

आज भँगेरा दिवस : जुम्राले टोकेपछि नुहाउने भँगेरा

काठमाडौं, ६ चैत।  पारिस्थितिकीय प्रणाली (इकोसिष्टम) सन्तुलन राख्न भँगेराले मद्दत गर्छ । जीवविकासक्रमदेखि भँगेरा मानिससँगसँगै बस्न रुचाए । रुचाइरहेका छन् । मानिसले नजिकबाट हेरेका चरामध्ये भँगेरा पनि एक हो । भँगेरा जंगलमा हेर्छु भनेर पाइँदैन । तर, जंगलबीचमा घर बनाइए सबैभन्दा पहिले भँगेरा आउँछ । भँगेराले मानिसलाई साथ दिन्छ । जहाँ मानिस हुन्छन्, बस्छन्, घर हुन्छन्, त्यहाँ भँगेरा भेटिन्छन् । मीठो गी...
कृषिजन्य वस्तु भारत निर्यातमा सघाउन मन्त्री यादवको आग्रह

कृषिजन्य वस्तु भारत निर्यातमा सघाउन मन्त्री यादवको आग्रह

काठमाडौँ, ६ चैत । विश्व व्यापार संगठनको अनौपचारिक मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा भारतको नयाँ दिल्लीमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भारतका वाणिज्य मन्त्री सुरेश प्रभुलाई भेटेर नेपालका कृषिजन्य वस्तुको भारत निर्यातमा सघाउन आग्रह गर्नुभएको छ । भेटमा उहाँले नेपाल–भारत सीमाका मुख्य भन्सार नाकामा व्यापारजन्य पूर्वाधार निर्यात, नेपालमा भारतीय लगानी वृद्धिलगायत पा...
उनीहरु घर आए, तर मृत

उनीहरु घर आए, तर मृत

ढाका, ६ चैत । सोमबार साँझ ढाकाको आकाशमा सानो विन्दु देखियो र, बिस्तारै त्यो ठूलो हुँदै गयो । काठमाडौँमा भएको विमान दुर्घटनामा ज्यान गुमाएका बङ्गलादेशी नागरिकहरुको शव बोकेर विमान करिब ४ बजे ढाका आइपुग्यो । २३ वटा शवको बाकस बङ्लादेशी एयरफोर्सको विमानबाट शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको भिभिआइपी टर्मिनलमा राखिएको शवबाहनमा एक–एक गरी चढाइयो । त्यो बेला सबैतिर सन्नाटा थियो । शव राखिसकेपछि बिस्ता...
युवा पलायन रोक्न रोल्पाका स्थानीय सरकारले थाले अभियान

युवा पलायन रोक्न रोल्पाका स्थानीय सरकारले थाले अभियान

रोल्पा, ६ चैत ।  युवालाई गाउँघरमै स्वरोजगार बनाउने उद्देश्यका साथ जिल्लाको एक स्थानीय निकायले युवा लक्षित स्वरोजगारमूलक कार्यक्रम ल्याएको छ । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाले युवालाई स्वदेशमै स्वरोजगार बनाउँदै विदेश पलायन रोक्न यस्तो कार्यक्रम थालनी गरेको जनाएको छ । युवाका लागि गाउँपालिकाले आरन प्रवद्र्धन, ड्राईभिङ, अल्लो भांगो प्रवद्र्धन, मुडा र नमकिन बनाउनेलगायतका तालीम सञ्चालन गरिरहेको छ...
बेहुलो भाग्दा ३५ लाख जरिवाना

बेहुलो भाग्दा ३५ लाख जरिवाना

सुरुङ्गा, झापा, ६ चैत ।  कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै  ३५ लाख जरिवाना तिर्नुभएको छ । बुद्धशान्ति गाउँपालिकाको न्...
इँटाभट्टाको मजदूर माथि गोली प्रहार

इँटाभट्टाको मजदूर माथि गोली प्रहार

रौतहट, ६ चैत।  रौतहटस्थित एक इँटाभट्टाका मजदूरमाथि गोली प्रहार भएको छ । कटहरिया नगरपालिका–८ पिप्रापोखरिया गाउँ छेउ रहेको नेम इँटाभट्टाका मजदूर ५० वर्षीय रामअसिष यादवमाथि अज्ञात समूहले गए राति गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गरुडा नगरपालिका–५ महमदपुुर घर भएका मजदूर यादव सोमबार राति इँटाभट्टामा अर्का एक मजदूरसँग सुुतिरहेका थिए । राति करीव ११ः३० बजे अज्ञात समूहले यादव माथि गोली प्रहार गरे...
मृत्युदण्ड सुनाइएका उमेश भन्छन्: ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’

मृत्युदण्ड सुनाइएका उमेश भन्छन्: ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’

महेन्द्रनगर, धनुषा, ६ चैत । बाह्र वर्षदेखि सउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, “म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।” १०–१५ सेकेण्डभन्दा बढी कुरा हुन्न फोनमा । सउदी अरेबिया अदालतले टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन भने हुन सकेको छैन । एक पाकिस्तानी व्यक्तिको हत्या गरेको आरोपमा उनलाई सउदीमा व...
चौँरीपालन व्यवसाय प्रवद्र्धनका लागि महोत्सव हुने

चौँरीपालन व्यवसाय प्रवद्र्धनका लागि महोत्सव हुने

पाँचथर, ६ चैत । दुर्लभ बन्दै गएको चौँरीपालन व्यवसाय प्रवद्र्धनका लागि पाँचथरको सीमावर्ती फालेलुङ गाउँपालिकाको प्राङवुङमा चौरी महोत्सव हुने भएको छ । जिल्लाको साविक प्राङवुङ, सिदिन र मेमेङ गाविसका चौरी पालक कृषकको अगुवाइमा वैशाख १ गतेबाट महोत्सव आयोजना गरिने मूल आयोजक समितिका अध्यक्ष डिल्लीअन्जुम केरुङले जानकारी दिनुभयो । चौँरी महोत्सवमा नेपाल भारत र भूटानबाट समेत गरी ५०० भन्दा बढी चौरीको प्रद...
धनकुटामा आतंक मच्चाएको भन्दै नेकपाका केन्द्रिय सदस्यसहित ८ जना पक्राउ

धनकुटामा आतंक मच्चाएको भन्दै नेकपाका केन्द्रिय सदस्यसहित ८ जना पक्राउ

धनकुटा, ६ चैत । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा मध्य कोशी व्यूरो इन्चार्ज किरण राईसहित ८ जनालाई सोमबारराति प्रहरीले हिले बजारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपाका कोशी व्यूरो सदस्य सागर भनिने दिप्सन लिम्बु, धनकुटा ईन्चार्ज आकाश शर्मा भनिने माधव गौतम, संखुवासभा ईन्चार्ज समुल लगायत रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । स्थानीय तह ...
ललितपुरमा ६ बर्षीया बालिका बलात्कृत

ललितपुरमा ६ बर्षीया बालिका बलात्कृत

ललितपुर, ६ चैत । ललितपुरको प्युटारमा ६ वर्षीया बालिका बलात्कृत भएकी छन्। बागमती गाउँपालिकाकी बालिका सोमबार बिहान बलात्कृत भएकी हुन्। बालिकाको योनीबाट रगत बगिरहेको र उनको अवस्था सामान्य रहेको परिवारका सदस्यले बताएका छन् । उनलाई स्वास्थ्य परीक्षणका लागि प्रहरीको सहयोगमा थापाथली अस्पतालमा पुर्याइएको छ । बिहान वनमा घाँस काट्न गएकी एक महिलाले अस्वभाविक रुपमा बालिका चिच्याइरहेको आवाज सुनेपछि पछ्याउँदै...
‘द भ्वाइस अफ नेपाल’ घोषणा

‘द भ्वाइस अफ नेपाल’ घोषणा

काठमाडौं, ६ चैत।  गायन रियालिटी सोमा विश्वमै चर्चा पाएको ‘द भ्वाइस’ को नेपाली फ्रेन्चाइज ‘द भ्वाइस अफ नेपाल’ सुरु हुने भएको छ । असारबाट टेलिभिजनमा प्रसारण सुरु हुने सोमा ‘नेपाल आइडल’ निर्देशन गरिसकेका लक्ष्मण पौडेलको निर्देशन हुनेछ। आइतबार राजधानीमा आयोजित सो घोषणा कार्यक्रममा निर्देशक पौडेलले विश्वमा धेरै खालका गायन प्रतिस्पर्धा भए पनि सञ्चारमाध्यममा प्रतिस्पर्धाभन्दा पनि विवाद र गसिपको विषयको च...
जब एउटा कुखुरामाथि भिडे दुईवटा राज्य

जब एउटा कुखुरामाथि भिडे दुईवटा राज्य

स‌घीयतामा दुईवटा प्रान्तबीच के-के विषयमा विवाद हुनसक्छ भन्ने कुराको गतिलो उदाहरण हालै भारतका दुई राज्यले प्रस्तुत गरेका छन् । भारतका मध्यप्रदेश र छत्तिसगढ राज्यबीच हालै एउटा कुखुराको विषयलाई लिएर विवाद भएको छ । मासुको उत्कृष्ट स्वादका लागि चर्चित कडकनाथ प्रजातिको कुखुराको विषय दुई राज्यबीच विवादको विषय बनेको हो । उक्त प्रजातिको भौगोलिक संकेत नम्बर अर्थात् जिटिआई ट्यागका विषयमा दुवै राज्यले आ-आफ...
टपरी गाँस्न सिकाउँदै विद्यालय: अभिभावक भए खुशी

टपरी गाँस्न सिकाउँदै विद्यालय: अभिभावक भए खुशी

काठमाडौं, ६ चैत। किताबी ज्ञानसँगै व्यावहारिक जीवनमा आइपर्ने विभिन्न काम कसरी गर्ने भनी प्रयोगात्मक रुपमै प्रदर्शन गरेर विद्यासागर इंग्लिस स्कुलका विद्यार्थीले अभिभावकलाई चकित पारिदिएका छन् । ब्रिटिस काउन्सिलसँगको सहकार्यमा सञ्चालित फुड फेस्टिभलको प्रदर्शनी हेर्न सोमबार विद्यालय पुगेका बनेपा गोदामचोकका शंकर खनाल छोरी कृतिकाले कपासबाट बत्ती काटिरहेको देख्दा अचम्ममा परे । दैनिक रुपमा घरपसलमा आवश्यक ...
६९ वर्षीया आमाको मिर्गौलाबाट धनबहादुरले पाए पुनर्जीवन

६९ वर्षीया आमाको मिर्गौलाबाट धनबहादुरले पाए पुनर्जीवन

बेनी, म्याग्दी, ६ चैत । भनिन्छ नि ! आमा जगत् जननी हुन् । जसरी धर्तीले मानव जातिका लागि बोझ थामेकी हुन्छिन् । सन्तानका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् । नौ महिनासम्म अनेक दुःखकष्ट थिचोल्दै आफ्नो सन्तानलाई उनले जन्म मात्र दिन्नन आफ्नैमिर्गौला समेत दिन पछि पर्दिनन् । यस्तै एउटा उदारहण बन्नुभएको छ धौलागिरि गाउँपालिका–५मल्कवाङ भेडिखाल्टाकी भुलमती बुढाथोकी । तीन छोरा र एक छोरीकी आमा उहाँले माइला छो...
वैद्य-विप्लव एकताका लागि नजिकिँदै

वैद्य-विप्लव एकताका लागि नजिकिँदै

काठमाडौं, ६ चैत । नेकपा क्रान्किारी माओवादीका महासचिव मोहन वैद्य र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) नजिकिँदै छन् । एमाले–माओवादी केन्द्र गठबन्धन बनाई बलियो हुँदै गएपछि वैद्य र चन्द एकताका लागि नजिकिन थालेका हुन् । तत्कालीन मूल पार्टी एकीकृत माओवादीबाट २–३ असार ०६९ मा बौद्ध भेलापछि वैद्यले आफ्नो नेतृत्वमा  नेकपा–माओवादी गठन गरेका थिए । प्रचण्डबाट छुट्टिएको दुई वर्षमै १५ मंसिर ०७१ मा वैद्...
खानेपानीको अभावले बस्ती नै संकटमा

खानेपानीको अभावले बस्ती नै संकटमा

सल्यान, ६ चैत ।  गर्मीयाम शुरु हुनै लाग्दा सल्यानका उच्च क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुनु थालेको छ । पानीका मुहान सुक्दै जान थालेपछि यहाँका वनगाड कुपिण्डे नगरपालिका–१२ निगाल्चुलामा रहेका चौर, माँझखर्क, वस्नेवटालगायतका बस्तीमा पानीको अभाव भएकाले एकगाग्री पानी लिन दुई घण्टासम्म हिँडेर मुहानसम्म पुग्नुपर्ने, त्यहाँ पालो कुरेर बस्नुपर्ने र फेरी फर्केर उकालो चड्नुपर्ने वाध्यता छ । ...
राप्रपाका नेताहरूले ज्ञानेन्द्रलाई भने– सरकार ! एउटै राप्रपा बनाउनुपर्‍यो

राप्रपाका नेताहरूले ज्ञानेन्द्रलाई भने– सरकार ! एउटै राप्रपा बनाउनुपर्‍यो

काठमाडौं, ६ चैत। पूर्वराजा ज्ञानेन्द्र शाहले पुरानो राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर बनेका तीन बेग्लाबेग्लै पार्टीका नेताहरूसँग छलफल गरेका छन् । कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी)का तीन–तीन नेता भेला गरेर एउटै पार्टी बनाउन छलफल गरेका हुन् । राप्रपाबाट उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय स...
नेपालमा लुकीछिपी डाक्टरी गर्दै उत्तर कोरियाली चिकित्सक

नेपालमा लुकीछिपी डाक्टरी गर्दै उत्तर कोरियाली चिकित्सक

काठमाडौं, ६ चैत । तनहुँको दमौली र कञ्चनपुरको महेन्द्रनगरमा उत्तर कोरियाली चिकित्सकले अवैध रूपमा स्वास्थ्य सेवा दिइरहेको पाइएको छ ।उत्तर कोरियाली नागरिकबाटै सञ्चालित दमौलीस्थित ने कोर्यो अस्पताल र नेपाली नागरिकद्वारा सञ्चालित महेन्द्रनगरस्थित सेफर हस्पिटलमा बिजनेस भिसामा आएका उत्तर कोरियाली चिकित्सकले स्वीकृतिबिनै सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिरहेका हुन् । बिजनेस भिसामा काम गर्नु गैरकानुनी ह...
मानसिक अवस्था बिग्रेका कर्मचारीलाई मात्रै स्वैच्छिक अवकाशमा पठाईनेछ: लालबाबु

मानसिक अवस्था बिग्रेका कर्मचारीलाई मात्रै स्वैच्छिक अवकाशमा पठाईनेछ: लालबाबु

डिभी–पिआरधारी कर्मचारीलाई जागिर छोडाएर अघिल्लोपटक चर्चामा रहेका लालबाबु सामान्य प्रशासन मन्त्रालय फर्किएका छन् अब लालबाबुको प्रथम परीक्षा– नौ हजार कर्मचारीलाई ३० अर्ब बुझाएर घर पठाइन्छ कि जनसेवामा प्रदेश र स्थानीय तहमा ? परीक्षा १ : ३० अर्ब बुझाएर स्वैच्छिक अवकाश सरकारको निर्णयअनुसार नै ९ हजार ५ सय ९१ जना कर्मचारीले स्वैच्छिक अवकाश रोजेर निवेदन दिएका छन् । यसो गर्दा राष्ट्रिय ढुकुटीमा कम्तीमा...
मेयरसँग अधिकार माग्दै उपमेयर अनशनमा

मेयरसँग अधिकार माग्दै उपमेयर अनशनमा

काठमाडौं, ६ चैत । आफ्नै मेयरविरुद्ध आमरण अनशनमा बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गरिएको छ । दुई दिनदेखि अनशन बसेकी उपमेयर झालाई सोमबार जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको हो । हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर झाबीच विवाद भएपछि कार्यालयमा तालाबन्दी भएको छ । बघचौडामा रहेको नगरपालिका कार्यालय मेयर मण्डलले अन्यत्र सा...
अग्नि पीडित क्षेत्र–रोगको संक्रमणको खतरा

अग्नि पीडित क्षेत्र–रोगको संक्रमणको खतरा

इटहरी, ६ चैत। सुनसरीको बराहक्षेत्र नगरपालिका–११ को इक्राही बस्तीमा आगलागी भएपछि अहिले पिउने पानीको अभाव र चर्पीको समस्या हुनाका साथै आगलागीमा परी मरेका चौपाया व्यवस्थापन नहुँदा संक्रमण फैलने खतरा बढेको छ । आगो लागेर इक्राही बस्तीको ४९ परिवारको सम्पूर्ण घर गोठ गुवाली तथा चर्पीसमेत जलेको र पानी प्रयोगका लागि गाडिएको चापाकलसमेतले काम गर्न नसक्ने भएपछि अग्नि पीडित परिवारले स्वच्छ पिउने पानी नपाएको पी...
२०७४ चैत ६ गते  मंगलवारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

२०७४ चैत ६ गते मंगलवारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बित्तिय संस्था बाट सहयोग पाईनेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पढाइ लेखाइमा प्रगति हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कार्यको थालनी हुनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । रमणीय र सुखद यात्राको य...
निन्द्राको औषधि सेवनका यस्ता छन वेफाईदा

निन्द्राको औषधि सेवनका यस्ता छन वेफाईदा

  स्वस्थ्य जीवनका लागि पोषणयुक्त खाना, शुद्ध पानी, शुद्ध हावाको जति आवश्यक छ, उत्तिनै निन्द्राको पनि । भनिन्छ, हामीले एक रातमा ७ वा ८ घण्टा मस्त निदाउनुपर्छ । जब निन्द्रा पुग्छ, तब शरीर चंगा हुन्छ । मानसिक र शारीरिक विकारहरु कम हुन्छ । शरीरको थकान हट्छ । स्फूर्ति बढ्छ । ताजापन महसुष हुन्छ । तर, हामीलाई निन्द्रा पर्न छाडेको छ । वर्तमान जीवनशैलीमा अनिन्द्रा ठूलो जटिलता बन्ने गरेको छ । प्र...
बिदाको दिनमा पनि सरकारी गाडी चढ्दै हुनुहुन्छ ? कारबाहीमा पर्नु होला होसियार

बिदाको दिनमा पनि सरकारी गाडी चढ्दै हुनुहुन्छ ? कारबाहीमा पर्नु होला होसियार

काठमाडौँ, ५ चैत।  सरकारले विगतको असामान्य परिस्थितिमा अस्थायी रुपमा रातो नम्बर प्लेट दिइएका सम्पूर्ण सवारी साधनलाई तत्काल सरकारी नम्बर प्लेटमा परिणत गर्न मातहतका निकायलाई सूचित गरेको छ । तत्कालीन अवस्थालई मध्यनजर गरी सकारात्मक उद्देश्यका साथ अतिआवश्यक कार्यका लागि सरकारी नम्बर प्लेटलाई अस्थायी रुपमा रातोमा परिणत गरिएकामा हालको सामान्य अवस्थामा समेत कतिपय सरकारी निकायबाट सवारी साधनको दुरुपयोग भए...
उपराष्ट्रपतिद्वारा पदभार ग्रहण

उपराष्ट्रपतिद्वारा पदभार ग्रहण

काठमाडौँ, ५ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले उपराष्ट्रपति कार्यालय बहादुर भवन पुगेर आज पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहणपछि उहाँले पदभार ग्रहण गर्नुभएको हो । उपराष्ट्रपतिको कार्यालयमा उहाँलाई सचिव लालशंकर घिमिरेलेलगायतले स्वागत गर्नुभएको थियो । पदभार ग्रहणपछि उपराष्ट्रपति पुनले सात दशक लामो राजनीतिक संघर...
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ, ५ चैत । अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेका नेपाली क्रिकेट टोली आज साँझ स्वदेश फर्केको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनुवार विश्वकर्मासहित खेलकुद मन्त्रालयका पदाधिकारी तथा क्रिकेटप्रेमीलगायतले सो टोलीलाई भव्य स्वागत गरेका थिए । जिम्बाब्वेमा सम्पन्न आइसिसी विश्वकप छनोट प्रतियोगितामा नेपालले प्लेअफ खेलमा पपुवा ...
समाजवादी क्रान्तिको विचार तयार पार्न आग्रह

समाजवादी क्रान्तिको विचार तयार पार्न आग्रह

काठमाडौँ, ५ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको आधार तयार गर्न आवश्यक विचार निर्माणका लागि बुद्धिजीवीसँग आग्रह गर्नुभएको छ । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उहाँले वस्तुगत र आत्मगत अवस्था तथा राष्ट्रिय अन्तर्राट्रिय अवस्थालाई मनन गरेर समाजवादी एवं क्...
कानूनमन्त्रीसँग ३० तोला सुन र ७० लाख ऋण

कानूनमन्त्रीसँग ३० तोला सुन र ७० लाख ऋण

काठमाडौँ ५ चैत। कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङसँग काठमाडौँ, पुरानो बानेश्वरमा छ आना दुई पैसामा बनेको एउटा घर र पत्नी उषाकला राईका नाममा काठमाडौँ, गोकर्णेश्वर नगरपालिका–८ मा तीन आना तीन पैसा दुई दाम जग्गा छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सिन्धुपाञ्चोकबाट प्रतिनिधिसभामा निर्वाचित तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै आफूसँग सिन्धुपाल्चोक, सिन्धुकोटमा पाखोब...
error: Content is protected !!