सामुदायिक वनमा मनपरी रूख कटान

सामुदायिक वनमा मनपरी रूख कटान

गाईघाट, उदयपुर, २३ वैशाख । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा केही दिनदेखि मनपरी रूख कटान भएको छ । जिल्ला वन कार्यालय उदयपुरका अनुसार उक्त वन उपभोक्ता समितिलाई सामुदायिक वनको ढला, परा, सुख्खा खरा रूख मात्र कटान गर्न अनुमति प्रदान गरे पनि उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा आदेश प्राप्त भन्दा मनपरी अन्य सगल रूख कटान गरेको पाइएको हो । जिल्ला वन कार्याल...
३० लाखमा बिक्यो ट्रम्पको नांगो मूर्ति

३० लाखमा बिक्यो ट्रम्पको नांगो मूर्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नांगो मूर्तिका बारेमा सम्झना छ ? सन् २०१६ को राष्ट्रपति चुनावमा बेला तत्कालिन उम्मेदवार ट्रम्पको निर्वस्त्र मूर्ति बनाएका थिए एकजना कलाकारले । उक्त मूर्तिको हालै लिलामी भएको छ । डोनालड ट्रम्पको त्यस नांगो मूर्ति २८ हजार डलर अर्थात् झण्डै ३० लाख रुपैयाँमा बिकेको छ । उक्त मूर्ति तत्कालिन समयमा न्युयोर्कको एउटा चर्चित पार्क लगायतका विभिन्न ४ ठाउँमा राखिएको थि...
भारततर्फ तस्करी गरी लैजान लागिएको गाई, बाछाबाछी नियन्त्रणमा

भारततर्फ तस्करी गरी लैजान लागिएको गाई, बाछाबाछी नियन्त्रणमा

गौशाला, २३ वैशाख । नेपालबाट भारततर्फ तस्करी गरी लैजान लागिएको अवस्थामा महोत्तरी प्रहरीले गए राति जिल्लाको रामगोपालपुरबाट चारवटा गाई, बाछाबाछी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार गए राति ९ बजेको समयमा जिल्लाको रामगोपालपुर–९ गोठबनौली हुँदै भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा दुई गाई, एक बाछा र एक बाछी प्रहरीले नियन्त्रणमा लिएको हो । अवैध...
सडक निर्माण विवादमा एकको मृत्यु

सडक निर्माण विवादमा एकको मृत्यु

गौशाला, २३ वैशाख । महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी गाउँमा गए राति सडक बनाउने सम्बन्धी विवादमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही नगरपालिका–६ बस्ने अन्दाजी ५८ वर्षीय लाल भन्ने लालबाबु दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गए राति ७ बजेतिर सो गाउँमा सडक बनिरहेको विषयमा विवाद परी दुई समूहबीच कुटाकुट हुँदा स्थानीयवासी लाललाबु दासको घटनास्थलमै मृत्यु भएको प्रहरी उपर...
पत्रकार महासंघ प्रदेश २ मा चौहान नेतृत्वको प्यानल विजयी

पत्रकार महासंघ प्रदेश २ मा चौहान नेतृत्वको प्यानल विजयी

धनुषा, २३ वैशाख । नेपाल पत्रकार महासंघ प्रदेश २ को निर्वाचनमा दीपेन्द्र चौहान नेतृत्वको प्यानल नै विजयी भएको छ । नेपाल प्रेस युनियन, नेपाल प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त गठबन्धनमा निर्माण गरिएको चौहान नेतृत्वको प्यानल शनिबार सम्पन्न भएको प्रदेश निर्वाचनमा विजयी भएको हो । अध्यक्ष पदमा चौहानले ३४४ मत ल्याउनुभयो भने उहाँको निकटतम प्रतिद्वन्द्वी मधेशवादी संगठनका वीरेन्द्र रमणले २४७ र अर्का ...
नासाद्वारा मङ्गल ग्रहमा ‘इनसाईट’ नामक यान प्रक्षेपण, मंगल ग्रहमा हुने कम्पनहरूको अध्ययन गर्ने

नासाद्वारा मङ्गल ग्रहमा ‘इनसाईट’ नामक यान प्रक्षेपण, मंगल ग्रहमा हुने कम्पनहरूको अध्ययन गर्ने

अमेरिका, २३ वैशाख । अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले ‘इनसाईट’ नामक पछिल्लो यानलाई शनिबार मंगल ग्रहमा प्रक्षेपण गरेको छ । उक्त यान मङ्गल ग्रहको भित्री भागको अध्ययन गर्न केन्द्रित हुने खासगरी पहिलो यान हुनेछ । स्थिर रहने ‘इनसाईट’ले मङ्गलग्रहको सतहमा ‘मार्सक्वेक’ अर्थात् मंगल ग्रहमा हुने कम्पनहरूको अध्ययन गर्न कम्पन मापन गर्ने उपकरण’साईज्मोमिटर’हरूका साथै संयुक्त अधिराज्यबाट लगिएका सेन्सरहरू जडान...
सैनिक खर्च १० वर्षमा तीन गुणाले बढ्यो

सैनिक खर्च १० वर्षमा तीन गुणाले बढ्यो

काठमाडौं, २३ वैशाख । वार्षिक सैन्य खर्चको हिसाबले नेपाल दक्षिण एसियामा पाँचौं स्थानमा परेका छ। द्वन्द्व, हातहतियार तथा निशस्त्रीकरणसम्बन्धी अध्ययन गर्दै आएको अन्तर्राष्ट्रिय संस्था स्टकहोल्स इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले हालै सार्वजनिक गरेको रिपोर्टमा नेपाल दक्षिण एसियाको पाँचौं नम्बरमा परेको हो। उक्त संस्थाले सन् १९८८ देखि सन् २०१७ सम्म विश्वभरका विभिन्न मुलुकको सैन्य खर्चसम्बन्धी वितर...
खरायो पालेर मासिक २० हजार कमाई

खरायो पालेर मासिक २० हजार कमाई

सुरुङ्गा, झापा, २३ वैशाख । उच्च कुलघरानका मानिसले सोखका लागि पाल्दै आएको खरायो आयआर्जनको गतिलो माध्यम बन्न सक्छ भन्दा पत्यार नलाग्न सक्छ । तर झापाको अर्जुनधारा–२ झेलेनीका कवीन्द्र भण्डारीले खरायोलाई आयआर्जनको दरिलो माध्यम बनाउनु भएको छ । भण्डारीले अहिले व्यावसायिक खरायोपालन गरेर आम्दानी गरिरहनुभएको छ । दश वर्षसम्म वैदेशिक रोजगारीमा दुबईमा रहँदा खासै कमाई गर्न नसकेपछि स्वदेश फर्कनुभएका भण्डारीले...
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

चितवन, २३ वैशाख । भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा गए राति एउटा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना१४प ८८२ नंको मोटरसाइकल अनियन्त्रित भई राति १२ः१५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२४ शुक्रनगर निवासी ३५ वर्षीय भरत रामदाम र उनका छोरा मोटरसाइकल पछाडि बसेका ११ वर्षीय समीर रामदामको...
संघीय संसद्को दोस्रो अधिवेशन आजदेखि

संघीय संसद्को दोस्रो अधिवेशन आजदेखि

काठमाडौं, २३ वैशाख। संघीय संसद्को दोस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २३ गतेबाट संघीय संसद्को अधिवेशन आह्वान गरे अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको बैठक आइतबार दिउँसो ४ बजे बस्ने संसद सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार भोलि दुवै संसद्का बैठकमा संघीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सुनाउने र अधिवेशनअघि जारी भएका चार...
थुनामा परे पनि सांसद पद नजाने

थुनामा परे पनि सांसद पद नजाने

काठमाडौं, २३ वैशाख। आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा परे पनि संघीय संसद्का सदस्यको पद निलम्बन नहुने भएको छ। संघीय संसद्का दुवै सदनले नियमावलीमा यस्तो व्यवस्था गरेका हुन्। तर अभियोग लागेका सांसदलाई सेवा, सुविधा र अधिकार प्रयोग गर्न नपाउने व्यवस्था गरिएको नियमावली मस्यौदा समितिका सदस्य राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मणलाल कर्णले जनाउनुभयो। यसअघि आपराधिक का...
२०७५ बैशाख २३ गते आइतबार/आजको राशिफल

२०७५ बैशाख २३ गते आइतबार/आजको राशिफल

वि.सं. २०७५ साल वैशाख २३ गते। आइतबार। इश्वी सन् २०१८ मे ६ तारिख। नेपाल संवत् ११३८ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– षष्ठी, १४:०७ बजेउप्रान्त सप्तमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। सेवामूलक कामबाट उपलब्धि हातलागी हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। तर, परिस्थितिवश आफन्तबाट टा...
पत्रकारको चुनावका यस्ता छन् १४ तस्वीर

पत्रकारको चुनावका यस्ता छन् १४ तस्वीर

धनकुटा, २२ बैशाख । नेपाल पत्रकार महासंघ प्रदेश अधिवेशन अन्र्तगत धनकुटामा शनिवार भएको निर्वाचनमा संयुक्त गठबन्धन बिजयी भएको छ । अपरान्हबाट सुरु भएको मतगणना सकिएपछि साँझ मत परिणाम सार्वजनिक गरिएको हो । त्यसअघि बिहान ९ देखि अपरान्ह ४ बजेसम्म मतदान भएको थियो । मत परिणाम अनुसार प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त गठबन्धनले निर्वाचन भएका १२ वटै पदमा बिजय प्राप्त गरेको मुख्य निर्वाचन ...
कार्ल माक्र्सको द्विशतवार्षिकीमा ओलीले भने ‘कम्युनिष्टहरु अधिनायकवादी हुनै सक्दैनन्’

कार्ल माक्र्सको द्विशतवार्षिकीमा ओलीले भने ‘कम्युनिष्टहरु अधिनायकवादी हुनै सक्दैनन्’

काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु कहिल्यैपनि अधिनायकवादी हुनै नसक्ने ठोकुवा गरेका छन् । कार्ल माक्र्स जन्म द्विशतवार्षिकीको अवसर पारेर शनिवार एमाले स्थायी कमिटीले राजधानीमा गरेको प्रवचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रतिक्रियावादीहरुले अधिनायकवादको भ्रम फैलाउने कोशिस गरेपनि कम्युनिष्ट तथा माक्र्सवादीहरु कुनैप...
कार्ल मार्क्स जन्म द्विशतवार्षिकी बिशेष ‘किर्ते’ को कविता : ‘चिठ्ठी’

कार्ल मार्क्स जन्म द्विशतवार्षिकी बिशेष ‘किर्ते’ को कविता : ‘चिठ्ठी’

आदरणीय मार्क्स ज्यू, जी गरेँ । तपाई चाँडो जन्मेर हो या म ढिलो जन्मेर हो अथवा अन्य भैपरी आएका अनपेक्षित कारणले हो...हाम्रो भेट हुन सकेन जुन आवश्यक पनि थिएन । म सूर्यमा पुस्तौँदेखि छाप लाउँदै आएको परिवारको मान्छे तर केही बुझेर हैन विकल्प झन् खराब लागेर । जनवादी भनिएका धनवादीहरुले मार्क्सवाद भनेको सूर्य बुझाए मैले त्यसैमा छाप हानेँ गरिबका हुन् मार्क्स भने सबले मैले त्यो छाप तपाईकै निधारमा प...
पत्रकार महासंघ प्रदेश १ को अध्यक्षमा लुइँटेलसहित संयुक्त प्यानल विजयी

पत्रकार महासंघ प्रदेश १ को अध्यक्षमा लुइँटेलसहित संयुक्त प्यानल विजयी

झापा, २२ वैशाख। नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको अध्यक्षमा विक्रम लुइँटेलसहित संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा लुइँटेलसहित संयुक्त प्यानलले जित हासिल गरेको हो । अध्यक्षका उम्मेदवार लुइँटेलले ९३१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उपाध्यक्षमा सोमनाथ सुसेली ९२३ मतका साथ विजयी हुनुभएको छ । महिला उपाध्यक्षमा स्मिता निरौला ८५८ मतका साथ विजयी हुनु...
पत्रकार महासंघ प्रदेश अधिवेशन : यस्तो छ धनकुटाको मत परिणाम

पत्रकार महासंघ प्रदेश अधिवेशन : यस्तो छ धनकुटाको मत परिणाम

धनकुटा, २२ बैशाख । नेपाल पत्रकार महासंघ प्रदेश अधिवेशन अन्र्तगत धनकुटामा आज भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । बिहान ९ देखि अपरान्ह ४ बजेसम्म मतदान भएको थियो । अपरान्हबाट सुरु भएको मतगणना सकिएर साँझ मत परिणाम सार्वजनिक गरिएको हो । मत परिणाम अनुसार प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त गठबन्धनले निर्वाचन भएका १२ वटै पदमा अग्रता लिएको मुख्य निर्वाचन अधिकृत टंकबहादुर राईले ज...
बाबु-छोरीले चलाएको विश्व चर्चित सेक्स रेष्टुरेण्ट

बाबु-छोरीले चलाएको विश्व चर्चित सेक्स रेष्टुरेण्ट

काठमाडौं, २२ वैशाख। चीनको बेइजिङको ‘एस एण्ड रेष्टुरेण्ट’ अहिले विश्वभर चर्चाको शिखरमा छ । सेक्स सेवा दिने यो रेष्टुरेण्टका हरेक सामान सेक्ससँग सम्बन्धित छन् । रेष्टुरेण्टमा प्रयोग गरिएका हरेका समानले सेक्सको प्रतिकात्मक झल्को दिन्छन् । यहाँ स्तनको आकारमा कप रहेको छ । लिङ्गको आकारमा बियर ओपनर छ । यहाँ वेटरले लगाउने एप्रोनमा सेक्सका चित्रहरु कोरिएका छन् । आलमारीमा नग्न डल्स राखिएको छ । रेष्टुरे...
प्रदेश नं ७ः सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव

प्रदेश नं ७ः सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव

धनगढी, २२ वैशाख । प्रदेश नं ७ को संसद् सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव भएको छ । भौतिक संरचना नहुँदा कार्यालय व्यवस्थापनमा समस्या भएको सचिवालयका उपसचिव छविलाल पाण्डेले जानकारी दिए । उनका अनुुसार भौतिक संरचना नहुँदा संसदीय दलको कार्यालय, समतिको कार्यकक्ष र दलका प्रमुख सचेतकको कार्यकक्ष अझै स्थापना गर्न सकिएको छैन । संसद् सञ्चालनका लागि ५२ कोठा आवश्यक भए पनि अहिले नौ कोठामा सचिवालयको काम...
बर्दियामा जिप दुर्घटना, बैंक शाखा प्रमुखसहित २ को मृत्यु

बर्दियामा जिप दुर्घटना, बैंक शाखा प्रमुखसहित २ को मृत्यु

गुलरिया, २२ वैशाख । बर्दियामा एक निजी जिप दुर्घटना हुँदा ग्लोबल आईएमई बैंकका शाखा प्रमुखसहित दुई जनाको मृत्यु भएको छ । धनगढीबाट नेपालगञ्ज आइरहेकोको ग्लोबल आईएमई बैंकको बा १७ च १२१७ नम्बर जिप शुक्रबार बेलुका बारबर्दिया नगरपालिका–९ औरीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा ग्लोबल आईएमई बैंकको धनगढी शाखा प्रमुख ४२ वर्षीय रामबहादुर हमाल र सोही बैंकमै कार्यरत कञ्चनपुर घर भएका ३२ वर्षीय भुवन पन्तको...
स्वेच्छिक अवकाश रोज्नेलाई स्वीकृति माग

स्वेच्छिक अवकाश रोज्नेलाई स्वीकृति माग

काठमाडौँ, २२ वैशाख। नेपाल निजामती कर्मचारी युनियनले संसद्बाट पारित निजामती ऐन २०७४ अक्षरशः पालना हुनुपर्नेमा जोड दिएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सरकारले निजामती ऐनलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै ऐन कार्यान्वयन भए मात्र जनताले अनुभूति गर्न पाउने बताउनुभयो । उहाँले अहिलेसम्म नौ हजार ६८२ कर्मचारीले स्वेच्छिक अवकाश रोजेको जानकारी दिँदै ...
यातायात व्यबसायी महासंघको संयुक्त आन्दोलन फिर्ता

यातायात व्यबसायी महासंघको संयुक्त आन्दोलन फिर्ता

काठमाडाैँ, २२ वैशाख। केपी ओली सरकारले सार्वजनिक यातायात क्षेत्रमा सिन्डिकेट लगाउन नपाउने नियम बनाएपछि आन्दोलित भएका यातायात व्यबसायी आन्दोलन फिर्ताको अवस्थामा पुगेका छन्। यातायात व्यबसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्मचार्यको नाममा २०७५ बैशाख २२ गतेको मितिमा प्रकाशित प्रेस विज्ञप्ति अनुसार, आज २०७५ बैशाख २२ गतेदेखि सार्वजनिक यातायात चलाउने भएका छन्। यातायात व्यबसायी...
मोदीको सुरक्षाका लागि ११ हजार सुरक्षाकर्मी

मोदीको सुरक्षाका लागि ११ हजार सुरक्षाकर्मी

काठमाडाैँ, २२ वैशाख ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गर्दै ११ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट ती सुरक्षाकर्मी परिचालन हुने भएका छन् । गृह मन्त्रालयको संयोजनमा नेपाल प्रहरीका ५ हजार, सशस्त्र प्रहरी र नेपाली सेनाका ३/ ३ हजार र राष्ट्रिय अनुसन्धानबाट दुई सयको हाराहारीमा सुरक...
२०७५ बैशाख २२ गते शनिबार/आजको राशिफल

२०७५ बैशाख २२ गते शनिबार/आजको राशिफल

वि.सं. २०७५ साल वैशाख २२ गते। शनिबार। इश्वी सन् २०१८ मे ५ तारिख। नेपाल संवत् ११३८ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– पञ्चमी, १२:०४ बजेउप्रान्त षष्ठी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ। रोकिएका काम सम्पादन हुनेछन्। विशेष जिम्मेवारी प्राप्त हुनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। भेटघाटले काम गर्ने अवसर दिलाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो ...
धनकुटामा एकाबिहानै टायर बालेर प्रदर्शन

धनकुटामा एकाबिहानै टायर बालेर प्रदर्शन

धनकुटा, २२ बैशाख । बन्द सफल पार्न भन्दै धनकुटामा शनिवार बिहानै टायर बालेर प्रदर्शन गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले धनकुटा–६ आत्मारा स्थित कोशी राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन् । सडकमा दुईवटा टायर बालिएको छ । पक्राउ परेका नेता, कार्यकर्ता बिनाशर्त रिहाईको माग गर्दै नेकपाले शनिवार ‘नेपाल बन्द’ आब्हान गरेको हो । बन्दलाई लक्षित गरी टायर बालेर प्...
अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेना छ स्वर्ण पदकसहित अग्रस्थानमा

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेना छ स्वर्ण पदकसहित अग्रस्थानमा

खोटाङ, २१ वैशाख । दिक्तेलमा जारी सर्वाधिक ठूलो धन राशिको अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगितामा नेपाली सेनाले शुरुदेखि नै अग्रता कायम राखेको छ । नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा बिहीबारदेखि शुरु भएको दोस्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगितामा हालसम्म छ स्वर्ण पदकसहित सेनाले आफ्नो अग्रतालाई कायम राखेको हो । शुक्रबार साँझसम्मको नजिताअनुसार आयोजकले एक स्वर्...
भिडियो कन्फरेन्सबाट अरुण तेस्रोकोे शिलान्यास

भिडियो कन्फरेन्सबाट अरुण तेस्रोकोे शिलान्यास

काठमाडौँ, २१ वैशाख।  लगानी बोर्डले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक एसजेभिएन नेपाललाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले राससलाई दिनुभएको जानकारीअनुसार बिहीबार उक्त अनुमतिपत्र दिइएको हो । नौ सय मेगावाट क्षमताको उक्त आयोजना भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्न लागेको हो । सतजलले आयोजना निर्माणका लागि नेपालमा एसजेभ...
यातायात व्यवसायीको सम्पत्ति छानबिन गरिने

यातायात व्यवसायीको सम्पत्ति छानबिन गरिने

काठमाडौँ, २१ वैशाख । सरकारले सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति लिएका साविकका यातायात व्यवसायी समिति, महासंघ र तिनका पदाधिकारीको सम्पत्ति विवरणको अनुसन्धान गर्ने भएको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा , भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठ, राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाललगायतका सरकारी पदाधिकारीको बैठकले यातायात समिति र तिनका पदाधिकारीको सम्बन्धित जिल्ला प्...
सुन तस्करी र हत्याको अभियोगका आरोपी पाँचजनाको बयान सम्पन्न

सुन तस्करी र हत्याको अभियोगका आरोपी पाँचजनाको बयान सम्पन्न

विराटनगर, २१ वैशाख । जिल्ला अदालत मोरङमा सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्याको सम्बन्धमा आज पाँच जनासँग बयान लिने कार्य सम्पन्न भएको छ । जिल्ला अदालतका न्यायाधीश नारायण शर्मासमक्ष बिहीबारदेखि शुरु भएको छ जनाको बयानमध्ये आज पाँच जनाको बयान कार्य सम्पन्न भएको र एक जनाको आइतबार बयान लिने कार्य हुने स्रेस्तेदार नवराज दुलालले बताउनुभयो । यसरी बयान दिनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, नरेन्द...
धरानबाट नौ जना बन्दकर्ता पक्राउ

धरानबाट नौ जना बन्दकर्ता पक्राउ

धरान, २१ बैशाख । यातायात बन्द गराउँदै गरेका नौ जनालाई प्रहरीले सुनसरीको धरानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी बस व्यवसायी संघका अध्यक्ष कृष्ण प्रसाद सुवेदी, उपाध्यक्ष श्याम प्रसाद कट्टेल, महासचिव नेत्र बहादुर थापा र पूर्वाञ्चल बस व्यवसायी संघका मोहनमणी बराल छन् । त्यस्तै संयुक्त बस व्यवसायी संघका अध्यक्ष नरेन्द्र पोमु, उपाध्यक्ष पदम सुन्दर लिम्वु, सप्तकोशी बस व्यवसायी संघका सचिव हरि थाप...
प्रदेशको समृद्धिमा संचय कोष सहयोगी बन्नुपर्ने– मुख्यमन्त्री राई

प्रदेशको समृद्धिमा संचय कोष सहयोगी बन्नुपर्ने– मुख्यमन्त्री राई

विराटनगर, २१ वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश र स्थानीय जनताको आर्थिक समृद्धिमा सञ्चय कोष सहयोगी हुनुपर्ने बताउनु भएको छ । विराटनगर– १० मा कोषको नवनिर्मित भवन आज उद्घाटन गर्दै उहाँले कोषमा संचयकर्ताको हित, मुलुकको विकास र समृद्धिका योजनामा लगानी गरी यस क्षेत्रका जनताको आर्थिक उन्नतिमा सहयोगात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले तीन तहकै सरकार निर्माण भई कार्य ग...
error: Content is protected !!