एकीकृत जलस्रोत नीति सरकारको प्राथमिकतामा

एकीकृत जलस्रोत नीति सरकारको प्राथमिकतामा

काठमाडौँ, ८ चैत ।  सरकारले एकीकृत राष्ट्रिय जलस्रोत नीति ल्याउने तयारी गरेको छ । लामो समयदेखि सो नीति ल्याउने तयारी गरेको बताउँदै आए पनि काम भने हुन नसकेको सन्दर्भमा वर्तमान सरकारले त्यसलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको अवसरमा जल तथा ऊर्जा आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले एकीकृत जलस्रोत नीति ल्य...
दोहोरो अंकले घट्यो शेयर बजार

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ, ८ चैत । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १०.६३ बिन्दुले ओरालो लागेर एक हजार २२०.४४ बिन्दुमा आइपुगेको छ । यो हालसम्मकै न्यून गिरावट हो । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.९९ बिन्दुले ओरालो लागेर २६०.४१ बिन्दुमा पुगेको छ । आज कूल १५८ कम्पनीको १० लाख ७७ हजार ७४९ कित्ता शेय...
विश्व सम्पदा दिवस मनाउन समिति गठन

विश्व सम्पदा दिवस मनाउन समिति गठन

काठमाडाैँ, ८ चैत। मुलुकका सम्पदालाई प्रचार प्रसार गर्न जनस्तरबाट ‘विश्व सम्पदा उत्सव मूल समारोह समिति’ गठन गरिएको छ ।  समितिको निर्देशन समितिको संयोजकमा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठ, सदस्यहरुमा अर्का सांसद रामवीर मानन्धर तथा प्रदेशसभा सांसद राजेश शाक्य र वसन्त मानन्धर रहेका छन्। त्यसैगरी समितिको सहसंयोजकमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, सचिवमा डिल्लीरत्न तुलाधर र कोषाध...
नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण मिति तीन महिना थपियो

नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण मिति तीन महिना थपियो

चितवन, ८ चैत । नारायणगढ-मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थपिएको छ । विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए । उनीहरुले एक हजार दिनसम्म मिति थपको माग गरेको भए पनि तीन महिना मात्रै थपिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिलो खण्डलाई १० मे, दोस्रो खण्डलाई २० मे र तेस्रो खण्डलाई ३० मे २०१८ सम्मको मिति थपिए...
विषादी भेटिए पनि कारबाही भएन

विषादी भेटिए पनि कारबाही भएन

काँकडभिट्टा, झापा ८ चैत ।  तरकारी तथा फलफूलमा विषादी जाँच्ने प्रविधि भित्रिएपछि परीक्षणबाट अखाद्य र हानिकारक ठहरिएका वस्तुको पहिचान हुनथालेको छ । प्रयोगशालामा परीक्षणबाट स्वास्थ्यका लागि हानिकारक ठहरिएका वस्तुको बिक्री रोक्नेतर्फ भने हालसम्म पहल हुनसकेको छैन । कृषि विभागको बाली संरक्षण निर्देशनालयले विर्तामोडको कृषि थोकमा ‘विषादी अवशेष द्रुत विश्लेषण एकाइ’ अन्तर्गत प्रयोगशाला स्थापना गरेपछि तरक...
शिक्षक संघद्वारा शिक्षामा २५ प्रतिशत बजेट विनियोजन गर्न माग

शिक्षक संघद्वारा शिक्षामा २५ प्रतिशत बजेट विनियोजन गर्न माग

काठमाडौँ, ८ चैत ।  नेपाल शिक्षक संघले राष्ट्रिय बजेटको २५ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने माग राखेको छ । यही चैत १ देखि ३ गतेसम्म काठमाडौँमा भएको आठौँ संघीय महाविधेशनबाट निर्वाचित भएका कार्यसमितिले आज यहाँ पत्रकारसम्मेलनको आयोजना गरी शिक्षामा अपुग बजेट भएकाले २५ प्रतिशत बजेट विनियोजन गर्न माग गरेको नवनिर्वाचित अध्यक्ष राजेन्द्रराज पौडेलले जानकारी गराउनुभयो । महाधिवेशनले शैक्षिक सवालमा २३ र ...
काठमाडौंमा ठूलो परिमाणमा लागुऔषसहित साह पक्राउ

काठमाडौंमा ठूलो परिमाणमा लागुऔषसहित साह पक्राउ

काठमाडौँ, ८ चैत । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ठूलो परिमाणमा लागुऔषधसहित एकजनालाई आज पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले बिहान विराटगरबाट काठमाडौँ आउँदै गरेको ना७ख ६३४२ नंको यात्रुवाहक बस चेकजाँच गर्दा विराटनगरका २५ वर्षीय अमितकुमार साहलाई पक्राउ गरेको हो । प्रभागका प्रमुख केशवराज भट्टले साहबाट ५०० एम्पुल नुर्फिन, ५०० एम्पुल फेनार्गन, ५०० एम्पुल डाइजेल्याव र २८० ट्याब्लेट नाइट्राज...
एसइई परीक्षा: सिरहामा दुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित

एसइई परीक्षा: सिरहामा दुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित

लहान, ८ चैत । आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगबाट सञ्चालन नगरेको भन्दै सिरहाको दुई वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई आज निष्कासन गरिएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर्यादित तरिकाबाट परीक्षा सञ्चालन नगरेको भन्दै लहानस्थित पशुपति आदर्श माविका परीक्षा केन्द्रका केन्द्राध्यक्ष परम...
अब रोबोट ब्वाँसोले गर्नेछ बालीनालीको सुरक्षा

अब रोबोट ब्वाँसोले गर्नेछ बालीनालीको सुरक्षा

काठमाडाैँ, ८ चैत । खेतमा लगाएका बाली खाइदिएर नोक्सान पुर्याउने जंगली जनावरबाट बालीनाली जोगाउनका लागि अनेकन उपाय अपनाइन्छ । भारतमा हालै एकजना किसानले आफ्नो खेतको बाली खान आउने जीवजन्तुलाई तर्साउनका लागि खेतको छेउमा सन्नी लियोनीको भीमकाय तस्वीरसहितको पोष्टर लगाएको खबर सार्वजनिक भएको थियो । तर जापानको कुरा भने अलि बेग्लै छ । त्यहाँ किसानको बाली जोगाउनका लागि वैज्ञानिकहरुले यस्तो उपाय अपनाएका छन् ज...
तीन नम्बर प्रदेशका मुख्य न्यायधिवक्ताद्वारा शपथ ग्रहण

तीन नम्बर प्रदेशका मुख्य न्यायधिवक्ताद्वारा शपथ ग्रहण

हेटौँडा, ८ चैत । पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले प्रदेश नं ३ का सरकारको नवनियुक्त मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपानेलाई आज यहाँ एक कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका छन् । सो शपथ ग्रहण समारोहमा प्रदेश नं ३ प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणि पौडेल र सभामुख सानुकुमार श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । मुख्यमन्त्री पौडेलले ६८ वर्षीय कानून व्यवसायी सूर्यचन्द्र न्यौप...
हराएको बाइस दिनपछि जंगलमा शव फेला

हराएको बाइस दिनपछि जंगलमा शव फेला

कञ्चनपुर, ८ चैत ।  घरबाट हराएको बाइस दिनपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पिलरिफाँटाका ४५ वर्षीय मदनबहादुर बुढा मृत अवस्थामा फेला परेका छन् । गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन । स्थानीय बासिन्दाले बुढा झुिण्डएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउदले बुढाको शव झुण्डिएको अवस्थामा फेला प...
बस दुर्घटनामा परी १८ यात्रुको मृत्यु

बस दुर्घटनामा परी १८ यात्रुको मृत्यु

बैंकक, ८ चैत । थाइल्याण्डको उत्तरपूर्वी भूभागमा अवस्थित एक प्रान्तको राजमार्गमा बुधबार साँझ भएको बस दुर्घटनामा परी कम्तीमा पनि १८ जना यात्रुको ज्यान गएको समाचार छ । उक्त दुर्घटनामा अरु कैयौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोनबाट यात्रा गरिरहेको सो बस बुधबार साँझ सडकबाट खोँचमा खसेको यातायात मन्त्रालयले बिहीबार बिहान जनाएको छ । उक्त मन्त्रालयले दिएको जानका...
रामेछापमा किरियापुत्रीले दिए एसईई परीक्षा

रामेछापमा किरियापुत्रीले दिए एसईई परीक्षा

रामेछाप,८ चैत । बिहीबार सुरु भएको एसईई परीक्षामा रामेछाप जिल्लाको धोवी परीक्षा केन्द्रबाट एक किरियापुत्रीले परीक्षा दिएका छन् । झटेश्वर मावि परीक्षा केन्द्रबाट ५ दिनका किरियापुत्री सवन महतले परीक्षा दिएको स्रोत व्यक्ति वीरेन्द्र सहनीले बताए । मन्थली माविका विद्यार्थी महतका बाबुको ५ दिनअघि मृत्यु भएको थियो । कठजोरस्थित निलकण्ठेश्वर मावि स्रोत केन्द्रबाट परीक्षा दिनुपर्ने महतलाई घर नजिक पर्ने झटेश...
कोरिया भाषा परीक्षाको आवेदन खुल्यो

कोरिया भाषा परीक्षाको आवेदन खुल्यो

काठमाडौं, ८ चैत । बिहीबारबाट रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको आवेदन खुलेको छ । कोरियामा रोजगारीका लागि जान चाहनेहरुले भाषा परीक्षाको आवेदन अनलाइनमार्फत् भर्ने व्यवस्था छ । तर, बैंकमा पैसा जम्मा गर्ने आवेदनकर्ताको भने लामो लाइन लागेको छ । आवेदन भर्दा २४ डलर शुल्क तोकिएको छ । यो शुल्क ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गराउन सकिन्छ । त्यसैले ग्लोबल आईएमई बैंकका शाखाहरुमा बैंक खुल्नुभ...
प्रभावितलाई क्षतिपूर्ति दिन सोलुखोला जलविद्युत् आयोजना सहमत

प्रभावितलाई क्षतिपूर्ति दिन सोलुखोला जलविद्युत् आयोजना सहमत

सल्लेरी, सोलुखुम्बु ८ चैत ।  तल्लो सोलुखोला जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका स्थानीयवासीले क्षतिपूर्ति प्राप्त गर्ने भएका छन् । सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पासहित जनप्रतिनिधिको रोहबरमा वडा नं ११ तिलांमा भएको छलफलमा प्रभावित क्षेत्रका नागरिकको खेतीबालीमा पुगेको क्षति मूल्यांकन गरी प्रति रोपनी २५ हजारका दरले आयोजनाको तर्फबाट सम्बन्धित जग्गाधनीलाई रकम प्रदान गर्ने सहमति ...
सुरक्षा परिषदमा सिरिया हमलाबारे छलफल, सबैलाई एकताबद्ध हुन राष्ट्रसंघीय प्रमुखको आग्रह

सुरक्षा परिषदमा सिरिया हमलाबारे छलफल, सबैलाई एकताबद्ध हुन राष्ट्रसंघीय प्रमुखको आग्रह

संयुक्त राष्ट्रसंघ, न्युयोर्क, ८ चैत । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सिरियामा जारी हिंसा तथा यहाँको हिंसामा प्रयोग भएको भनिएको रासायनिक एवम् घातक हतियारको प्रयोगका बारेमा चासो व्यक्त गर्नुभएको छ । उहाँले यस बारेमा सुरक्षा परिषदका सबै सदस्य राष्ट्रहरुलाई एकताबद्ध हुन आग्रह पनि गर्नुभएको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुलाई उहाँले सि...
धनुषामा एक पुरुषको शव फेला

धनुषामा एक पुरुषको शव फेला

महेन्द्रनगर, धनुषा, ८ चैत। धनुषामा आज बिहानै एक पुरुषको शव फेला परेको छ । जनकपुर–ढल्केबर सडकखण्डमा फेला परेको उक्त शवको प्रकृति हेर्दा कुनै सवारी साधनले ठक्कर दिएर मृत्यु भएको र सवारी फरार भएको हुनसक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार फेला परेको शव जनकपुर उपमहानगरपालिका– ९ बस्ने ४८ वर्षीय रेवतीरमणलाल कर्णको रहेको छ । बिहान ५.३० बजे सडकमै कर्णको शव देखेपछि...
हुम्लामा एक्कासि हिमपात: एसईईका परीक्षार्थीलाई कष्ट, किसान दंग

हुम्लामा एक्कासि हिमपात: एसईईका परीक्षार्थीलाई कष्ट, किसान दंग

हुम्ला, ८ चैत । गएरातिदेखि आज बिहानसम्म यहाँ एक्कासि हिमपात भएको छ । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् । हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा दंग छन् । हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ ।
जलवायु परिवर्तनले भँगेरा लोप हुन थाले

जलवायु परिवर्तनले भँगेरा लोप हुन थाले

कञ्चनपुर, ८ चैत । घर आँगन र खेतबारीमा सहजै देखिने भँगेरा हाल देखिन छाडेका छन् । घरको भित्ताको प्वाल, घरको छानामा गुँड लगाउने भँगेरा कम हुँदै गएका हुन । जलवायु परिवर्तनले बढ्दै गएको तापक्रमका कारण भँगेरा कञ्चनपुरलगायतका क्षेत्रबाट लोप हुने संघारमा पुगेका छन् । बढ्दो गर्मीसँगै छाना बढी तात्ने भएकाले भँगेराले गुँडमा राखेको अण्डा बिग्रिने र भँगेराले तापक्रम सहन गर्न नसकि मर्ने गरेका छन् । हुलका हुल ...
वन्यजन्तु सुरक्षामा ‘संयुक्त गस्ती’

वन्यजन्तु सुरक्षामा ‘संयुक्त गस्ती’

रत्ननगर, चितवन, ८ चैत । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सुरक्षामा समुदाय, निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती परिचालन गरिएको छ । संरक्षण प्रभावकारी बनाउन संयुक्त गस्ती गर्ने गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुहुन्छ । दिउँसो र रात्रिकालीन समयमा फरक फरक समूहले गस्ती गर्ने गरेका छन् । निकुञ्जको मध्येवर्ती क...
स्पोर्ट सिटीका लागि ‘कर्णाली हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर’

स्पोर्ट सिटीका लागि ‘कर्णाली हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर’

सुर्खेत, ८ चैत ।  विश्वको सर्वाधिक उचाइमा धान फल्ने जुम्लाको पातारासी गाउँपालिकामा अवस्थित लौठचौरलाई स्पोर्ट सिटीका रुपमा विकास गर्ने लक्ष्य लिइएकोे छ । सो गाउँपालिकाको लौठचौरमा ‘कर्णाली हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर’ निर्माणका लागि डिपिआर तयार गरिएको छ । तयार गरिएको डिपिआर राष्ट्रिय खेलकूद परिषद् र युवा तथा खेलकूद मन्त्रालयमा पेश गरिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष हरिप्रसाद श्रेष्ठ जानका...
मोरङको गोही होलीमा निर्माणधिन पुल शिलान्यास

मोरङको गोही होलीमा निर्माणधिन पुल शिलान्यास

पथरी, मोरङ, ८ चैत ।  स्थानीय पथरीशनिश्चरे  पिपलचोक भोटेघुम्तीस्थित गोही होलीमा पुल निर्माण हुने भएको छ । नगरपालिका प्रमुख दीलिपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोला, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, वडाध्यक्ष डम्बर चेम्जोङ, इन्जिनियर कृष्णप्रसाद कोइरालासहितले सो पुल शिलान्यास गरे। नगरपालिकाको नगर विकास योजनाअन्तर्गत रु ३५ लाख, उपभोक्ताबाट  पाँच लाख २५ हजार र जनश्रमदानबापतको रु ५...
बालिका बेच्न लैजान लागेको आरोपमा भारतीय नागरिक पक्राउ

बालिका बेच्न लैजान लागेको आरोपमा भारतीय नागरिक पक्राउ

नवलपरासी, ८ चैत । पश्चिम नवलपरासीमा एक बालिकालाई ललाइफकाइ बेच्नका लागि भारत लैजान लागेको आरोपमा एक भारतीय नागरिकलाई सुस्ताकावासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । भारतको उत्तर प्रदेश महाराजगञ्ज डोमहाका ५० वर्षीय धु्रव हरिजनले सुस्ता गाउँपालिका–५ बेलहानी बस्ने मुन्ना कलवारकी सात वर्षीया छोरी नब्या कलवारलाई ललाइफकाइ भारततर्फ लैजान लागेको अवस्थामा स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई जि...
एसईई परीक्षा सुरुः गणित बाहेक विषयमा प्रयोगात्मक लिईने

एसईई परीक्षा सुरुः गणित बाहेक विषयमा प्रयोगात्मक लिईने

काठमाडौं, ८ चैत ।  यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) विहिबारदेखि सुरु भएको छ । चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीको सहभागी रहने परीक्षा चैत २० गते सम्म सञ्चालन हुने छ । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थीले परीक्षा दिनेछन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षमा पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ । वेदविद्याश्रमतर्फका विद्य...
सुस्तामा भारतीय दादागिरीः एकतर्फी बाँध निर्माण सुरु

सुस्तामा भारतीय दादागिरीः एकतर्फी बाँध निर्माण सुरु

नवलपरासी, ८ चैत  ।  गण्डक नहरकै कारण नेपाली भूमि डुबानमा पर्ने र कटान भइरहेको बेला भारतले नारायणी नदीमा एकतर्फी बाँध निर्माण सुरु गरेको छ । नेपाली भूमि डुबानमा पार्ने गरी भारतले एकतर्फी बाँध निर्माण गरेको हो । सुस्ता गाउँपालिका–४ नर्सहीस्थित नारायणी नदी ठोक्कर–१२ को पूर्वतर्फ नारायणी नदी पारी नेपालतर्फ करिब ३ सय मिटर भूभाग मिची बाँध निर्माण गरेको स्थानीय श्याम थापाले बताए । शक्तिकुमार कम्पनी पश्...
पाँच सय मेगावाटभन्दा माथिका जलविद्युत् आयोजना लगानी बोर्डको हातमा

पाँच सय मेगावाटभन्दा माथिका जलविद्युत् आयोजना लगानी बोर्डको हातमा

काठमाडौं, ८ चैत। लगानी बोर्डले पाँच सय मेगावाटभन्दा माथिका जलविद्युत् आयोजनाको सम्पूर्ण काम आफैंले गर्ने भन्दै उर्जा मन्त्रालयसँग सबै परियोजनाको फाइल मागेको छ। स्थापनाको सात वर्षैसम्म देखिनेगरी कुनै विशेष काम गर्न नसकेको आरोप खेप्दै आएको बोर्डले पाँच सय मेगावाटभन्दा माथिको आयोजना आफूमातहत मागेसँगै उसको क्षमतामा प्रश्न उठेको छ। एक–दुईवटा सिमेन्ट आयोजनाबाहेक बोर्डमातहत रहेका चार जलविद्युत् आयोजना न...
आफ्ना नागरिकलाई चन्द्रागिरी नजान अमेरिकी दूतावासको अलर्ट

आफ्ना नागरिकलाई चन्द्रागिरी नजान अमेरिकी दूतावासको अलर्ट

काठमाडौं, ८ चैत । नेपालस्थित अमेरिकी दूतावासले आफ नागरिकलाई चन्द्रागिरि केबुलकारसहति काठमाडों वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल्स एड्भाइजरी’ जारी गरेको छ । कुनै कम्पनी विशेषलाई मात्रै जोडेर अमेरिकी दूतावासले पहलिो पटक जारी गरेको यस्तो एड्भाइजरीप्रति नेपालको पर्यटन क्षेत्रले आपत्ति जाएको छ ।माओवादी युद्धमासमेत यस्तोखाले एड्भाइजरी जारी नभएको जानकारहरु बताउँछन् । दूतावासले गत शुक्रबार एड्भाइजरी ज...
एसइई आजदेखि : ४ लाख ८५ हजार परीक्षार्थीका लागि १ हजार ९ सय ५६ केन्द्र

एसइई आजदेखि : ४ लाख ८५ हजार परीक्षार्थीका लागि १ हजार ९ सय ५६ केन्द्र

काठमाडौं, ८ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु हुँदै छ । ७७ जिल्लालाई चार क्लस्टर बनाएर फरक–फरक प्रश्नपत्र तयार गरिएका छन् । शिक्षा ऐनअनुसार कक्षा १० को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले प्रदेशस्तरमा गर्नुपर्ने व्यवस्था भए पनि संरचना नहुँदा केन्द्रीकृत रूपमै गर्न लागिएको हो । पूर्व र पश्चिमलाई एक–एक तथा मध्यभागलाई दुई क्लस्टर बनाएर तयारी गर्न बोर्डले दिएको अख्तियारीअनुसार परीक्षा नियन...
कर्मचारी स्वेच्छिक अवकाश सरकारलाई घाँडो

कर्मचारी स्वेच्छिक अवकाश सरकारलाई घाँडो

काठमाडौं, ८ चैत।  निजामती कर्मचारी स्वेच्छिक अवकाश प्याकेज व्यवस्थापन सरकारका लागि टाउको दुखाइ बनेको छ। राज्यलाई भार पर्ने गरी पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको यो कार्यक्रमलाई निरन्तरता दिने कि खारेज गर्ने भन्ने विषयमा वर्तमान सरकार अन्योलमा परेको हो। ५० वर्ष उमेर र २० वर्ष सेवाअवधि पूरा भएका कर्मचारीका लागि सात वर्षको ग्रेड थप गरी सातै वर्षको पेन्सन एकमुस्ट दिने गरी अघिल्लो...
डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो

डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो

काठमाडौं, ८ चैत ।  रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, रारा विकास बैंक र अपी फाइनान्स मिलेर ३० असार ०७० मा एकीकृत कारोबार सुरु गरेको एपेक्स डेभलपमेन्ट बैंकको डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो रहेको नयाँ पत्रिका दैनिकले दाबी गरेको छ । राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले मर्जरमा हतारो गरे पनि कारवाहीमा भने अवरोध गरेको समाचारमा उल्लेख छ । नयाँ पत्रिका दैनिक लेख्छ– राजनीतिक दबाव...
यूएस-बंगला विमान दुर्घटना बिमा : १० करोडसम्म पाउने

यूएस-बंगला विमान दुर्घटना बिमा : १० करोडसम्म पाउने

काठमाडौं, ८ चैत । यूएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएका तथा घाइतेका परिवारले पाँच लाखदेखि १० लाख अमेरिकी डलर (पाँचदेखि १० करोड रुपैयाँ) सम्म बिमा पाउने देखिएको छ। दुर्घटनाका पीडितले मन्ट्रियल सन्धिको आर्टिकल ३१ ले तोकेको क्षेत्राधिकारभित्र रहेको असीमित दायित्वअन्तर्गत बिमा दाबी गर्दा ठूलो रकम पाउने नजिर स्थापित भइसकेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन विज्ञ प्रा.प्रभाकर अधिकारी बताउँछन्। अमे...
error: Content is protected !!