- बिनोद बिष्ट/संगालोखबर

काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु कहिल्यैपनि अधिनायकवादी हुनै नसक्ने ठोकुवा गरेका छन् ।

कार्ल माक्र्स जन्म द्विशतवार्षिकीको अवसर पारेर शनिवार एमाले स्थायी कमिटीले राजधानीमा गरेको प्रवचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

Advertisement

प्रतिक्रियावादीहरुले अधिनायकवादको भ्रम फैलाउने कोशिस गरेपनि कम्युनिष्ट तथा माक्र्सवादीहरु कुनैपनि हालतमा अधिनायकवादी हुनै नसक्ने उनको जिकिर छ ।

कार्यक्रममा बोल्दै ओली । तस्वीर: बिनोद बिष्ट/संगालोखबर

मार्कसवाद पूर्णवैज्ञानिक, तथ्यपूर्ण र व्यवस्थित विश्व दृष्टिकोण भएको उनले बताए । फरक प्रसंगमा ओलीले प्राविधिक कारणले आज एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा हुन नसकेको प्रष्ट पारे ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले नेपालको कम्युनिष्ट आन्दोलनमा माक्स दर्शनको प्रभावका वारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा सयौं एमाले नेता, कार्यकर्ता र सुभेच्छुक सहभागि थिए ।

थप तस्वीरहरु…

तस्वीरहरु: बिनोद बिष्ट/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!