शताब्दी पुरुष जोशीलाई सम्मान
काठमाडौँ, १ साउन । उपराष्ट्रपति नन्दबहादुर पुनले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई धर्मराज–सावित्री थापा लोकसाहित्य संस्कृति पुरस्कार–२०७४ बाट सम्मानित गर्नुभएको छ ।
सो पुरस्कारको राशि रु ५० हजार तथा सम्मानपत्र रहेको छ । कला, संस्कृति तथा इतिहासमा श्रीवृद्धि गर्न देशका लागि अतुलनीय सेवा गरेको भन्दै जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले डा जोशीलाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको ...






























