काठमाडौँ, १ साउन । आजदेखि ७७ वटै जिल्लामा मतदाता नामावली संकलन सुरु हुने भएको छ । निर्वाचन आयोगले आजदेखि नयाँ मतदाता नामावली दर्ता अभियानमा सुरु गर्ने जानकारी दिएको हो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलेअभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

Advertisement

उनले स्थानीय तह र प्रदेश सभाका केही स्थानमा उपनिर्वाचन हुनसक्ने भएकाले यसअघि मतदाता नामावलीमा नाम नभएका नागरिकलाई नाम दर्ता गरेर मतदानमार्फत् सार्वभौमसत्ताको प्रयोग गर्न अनुरोध गर्नुभयो ।

गत वर्ष भएका निर्वाचनको पर्यवेक्षण प्रतिवेदनमा ९३ प्रतिशत मतदान केन्द्रमा अपाङ्गता भएका मतदाताले पर्याप्त गोपनीयताका साथ मतदान गर्न सक्षम भएको उल्लेख छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!