रौतहट, १ साउन । बालिका अपहरणपछि बलात्कार गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय गरुडाले आज पत्रकार सम्मेलन गरी तीनैजना अभियुक्तलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा गुजरा नगरपालिका–७ का ३६ वर्षीय बलिष्टर चौधरी, २४ वर्षीय धर्मेन्द्रकुमार चौधरी र १९ वर्षीय जियालाल महतो रहेको प्रहरी निरीक्षक चतुर्भुज ओझाले जानकारी दिए ।

धर्मेन्द्र र जियालाललाई गरुडाबाट तथा बलिष्टरलाई कलैयाबाट पक्राउ गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!