काठमाडौँ, १ साउन । आर्थिक बर्षको अन्तिममा सरकारी ढुकुटीमा जिम्मेवार निकायहरुले मनोमानी खर्च गरिरहेका छन् ।

Advertisement

सार्वजनिक बिदाको दिनमै ४ अर्बको चेक काटेको पाइएको छ ।

सरकारी आयब्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सार्वजनिक बिदाको दिन अर्थात असार ३० गते शनिबारसमेत ४ अर्ब १३ करोड २२ लाख ५३ हजार पुँजीगत बजेटको चेक काटिएको छ ।

सरकारी ढुकुटीको रकम जसरी पनि खर्च गरेर उपलब्धीका रुपमा देखाउन जथाभावी रुपमा चेक काटिनुले सरकारको वित्तीय सुशासनको नारा र भूमिकामाथि नै गम्भीर प्रश्न उब्जिएको छ । आजको कारोबारमा समाचार छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!