डा. केसीलाई बल प्रयोग गरेर काठमाडौ ल्याउन अस्पतालमा प्रहरी र सेना परिचालन
काठमाडौँ, ३ साउन । चिकित्सा शिक्षा सुधारको ७ बुद्धे माग राख्दै जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिन देखि १५ औं पटक आमरण अनसनमा बस्नुभएका प्रा. डा. गोविन्द केसीलाई सरकारले अपहरण शैलीमा काठमााडौ ल्याउने तयारीका साथ नेपाली सेनाको हेलिकोप्टर लिएर जुम्ला पुगेको जनाइएको छ ।
डा.केसीको माग पुरा गर्नुपर्ने अडान राख्दै स्थानिय जनता, चिकित्सक, विद्यार्थीको भिड अस्पताल प्रवेश गर्दै प्रहरीले सर्वस...



























