टोक्यो । हालै गरिएको एक अध्ययनले १० मिनेट मात्रै योगा वा अन्य कसरत गर्दापनि मानिसको स्मरण शक्ति बढ्ने तथ्य बाहिर आएको छ । जापानको युनिभर्सिटी अफ सुकुबा र अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धाताले गरेको अध्ययनका क्रममा यो तथ्य बाहिर आएको हो ।

Advertisement

अध्ययनले धेरै काम गर्न नसक्ने व्यक्तिले पनि न्यूनतम १० मिनेटमात्रै कुनै कसरत गरेमा त्यसले स्वास्थ्यलाई फाइदा पुग्नुका साथै स्मरण शक्ति समेत बढाउने तथ्य देखाएको बताइएको छ । यो अनुसन्धानमा रहेका एक लेखक माइकल यास्साले केही कसरत गरेपछि स्मरण शक्ति बढेको पाइएको जनाएका छन् । बाहिर निरन्तर काम नगर्ने मान्छेका लागि यो उपयुक्त हुने उनले उल्लेख गरेका छन् ।

उनले परीक्षाभन्दा अघि १० वा १५ मिनेटसम्म हिंड्यो भने विद्यार्थीलाई पनि फाइदाजनक हुने बताएका छन् । यसले ‘मेन्टल बूस्ट’ गर्छ उनको भनाई थियो । आफूले विद्यार्थीहरुसँग ‘वाकिङ्ग मिटिङ्ग’ पनि गर्ने गरेको बताएका छन् । वाल्किङ्ग मिटिङ्गमा हिंड्दै गफ गरिन्छ ।

जीम गरेर शरीर तताउनुपनि राम्रो भएको अगाडिका अनुसन्धानले देखाइसकेका छन् । त्यस्तै पसिना निकाल्नेगरी परिक्षम गर्दापनि मेमोरी बुस्ट हुने जनाइँदै आएको छ । विश्व स्वास्थ्य संगठनले ६५ वर्ष भन्दा बढी उमेरका प्रौढले हप्तामा १५० मिनेट सामान्य खालको कसरत गर्न यसअघि सुझाव दिएको थियो ।

यदि तपाईं दैनिक ३० मिनेट हिंड्नुहुन्छ भने १० मिनेट थप हिंड्नु जरुरी नहुने तर शून्यबाट शुरु गर्दा १० मिनेट भनेको न्यूनतम बार अर्थात् ‘थे्रसोल्ड’ जस्तो भएको अनुसन्धाताले जनाएका छन् । (एजेन्सी)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!