एजेन्सी– यदि तपाईं राति ६ घन्टाभन्दा कम समय निदाउने गर्नुभएको छ भने त्यो तपाईंका लागि हानिकारक हुन सक्छ । एक अध्ययनमा बताइएअनुसार जो मान्छे सातदेखि आठ घन्टासम्म निदाउँछन्, तिनीहरुको तुलनामा ६ घन्टाभन्दा कम निदाउने मान्छेमा हृदयसम्बन्धी रोगको खतरा बढी हुन्छ ।

Advertisement

यो अध्ययन अमेरिकन कलेज अफ कोर्डियोलोजी’ मा प्रकाशित भएको छ । यसमा बताइएअनुसार यदि तपाईं राम्रोसँग निदाउनुहुन्न भने एथिरोस्क्वलेरोसिस नामक रोगको खतरा बढी हुन्छ । यो रोग लागेको मान्छेको नाडीमा प्लाक जम्छ र रक्तसञ्चार प्रक्रिया कम हुन्छ ।

स्पेनका सेन्टल नेसनल डी इन्भेस्टिगेसियोनेस कार्डियोवेस्कुलरेस कार्लोस जोस एम ओर्दोवासले भनेका छन्, हृदयसम्बन्धी रोग एक वैश्विक समस्या हो र हामी औषधि, शारीरिक गतिविधि र खानपानसहित विभिन्न तरिकाले यसको रोकथाम तथा उपचार गरिरहेका छौं ।

ओर्दोवासले भनेका छन्, तर यो अध्ययनले के कुरामा जोड दिन्छ भने हृदयरोगबाट बच्नका लागि पर्याप्त निद्रा पुग्नुपर्छ । यो एउटा यस्तो वस्तु हो जेसँग हामी दैनिक सम्झौता गरिरहेका हुन्छौँ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!