काठमाडौं ।  कतिपय मानिसहरु रङ्गीचङ्गी कपडाका पारखी हुन्छन् । तर यो दुनियामा एकजना यस्ता व्यक्ति छन् जसले पछिल्लो ३५ वर्षसम्म एकैखाले रङको कपडा लगाउँदै आएका छन् ।

Advertisement

उनी कुनै योगी होइनन् तर उनले ३५ वर्षदेखि पहेँलो रङका मात्र कपडा लगाउँदछन् । जसका कारण उनको नाम नै यल्लो म्यान रहन गएको छ ।

सिरियाको अलेप्पो सहरमा बस्ने अबू जाक्कोर केवल पहेँलो रङका कपडा लगाउँछन् । कपडा मात्र होइन, उनले प्रयोग गर्ने हरेक सामानको रङ पहेँलो हुन्छ । कपडा तथा जुत्तादेखि लिएर छातासम्म पनि पहेँलो नै छ । आफूलाई चाहिने चिज बजारमा यदि पहेँलो रङको पाइएन भने उनले त्यो चिज किनेर घरमा ल्याई पहेँलो रङ पोतेर प्रयोग गर्दछन् ।

सन् १९८३ को जनवरी २५ देखि उनले पहेँलो रङको प्रयोग गर्न थालेका हुन् । उनले त्यसबेला गरेको बाचा अझै तोडेका छैनन् । पहेँलो रङ प्रेमको प्रतिक रहेको उनको दाबी छ ।

भित्री कट्टुदेखि टाईसम्मै पहेँलो रङको प्रयोग गर्ने अबूले उनको त्यो बानीका कारण कहिलेकाहीँ समस्याको सामना पनि गर्नुपरेको छ । कतिपयले उनलाई अलकायदा त कतिले आइएसको जासुस भएको आरोप पनि लगाए । सन् २०१३ मा सिरियाली विद्रोही सेनाको कुटाइ पनि उनले खाएका थिए ।

तर जतिसुकै चुनौति आएपनि अबूले पहेँलो रङ अझै छाडेका छैनन् । उनले जीवनमा कहिलेसम्म पहेँलो रङलाई पछ्याइरहने हुन् त्यो थाहा छैन । -एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!