धनकुटा, २८ फागुन । जापान सरकारले जिल्ला अस्पताल धनकुटामा आकस्मिक उपचार सेवाका लागि अत्यावश्यक अक्सिजन उत्पादन तथा वितरण प्रणाली उपलब्ध गराउने भएको छ । जापान सरकारले अस्पतालको आकस्मिक कक्ष, सल्यक्रिया र अन्तरंग विभागमा सोझौ अक्सिजन पुर्याउन सकिने ‘अक्सिजन जनेरेसन एण्ड डिस्ट्रीब्यूसन सिस्टम’ जडान गराउने भएको हो ।

Advertisement

‘अक्सिजन जनेरेसन एण्ड डिस्ट्रीब्यूसन सिस्टम’ जडान सम्बन्धि संझौतामा हिजो जापानी राजदुत मासामिच साइगो र जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेण्डेन डाक्टर अभिताभ ठाकुरले हस्ताक्षर गरेका हुन । सूर्यबहादुर थापा फाउण्डेसन मार्फत जापान सरकारको ग्रासरुट ह्यूमेन सेक्यूरिटी प्रोजेक्ट जिजिपी मार्फत एक करोड रुपैयाँ उपलब्ध गराउँने सम्बन्धी संझौतामा हस्ताक्षर भएको डाक्टर ठाकुरले बताए ।

जिल्ला अस्पतालमै अक्सिजन उत्पादन तथा वितरण प्रणाली जडान हुने भएपछि शल्यक्रिया र जटिल रोगका विरामिलाई तत्कालै धरान र बिराटनगरका अस्पताल पठाउनु पर्ने बाध्यता को अन्त्य हुने अपेक्षा गरिएको छ । यसले अक्सिजन आवश्यक पर्ने आकस्मिक विरामीको लागि मुख्य भुमिका खेल्ने छ ।

न्यूज २४

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!