एकैदिन हजार रुपैयाँले बढ्यो सुनको भाउ

एकैदिन हजार रुपैयाँले बढ्यो सुनको भाउ

विराटनगर । नेपाली बजारमा बिहीबार एकैदिन सुनको भाउ एक हजार रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक हजार रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ पुगेको हो । त्यस्तै तेजाबी सुनको मूल्यसमेत आज तोलामा एक हजार रुपैयाँले बढेको छ । तेजावी सून प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि...
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा । आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षीमा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका–८ स्थित डुडाँमारी चोकमा मे ७ प ९८०० नंम्बरको मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना हुँदा कन्काई नगरपालिका–८ सुरुङ्गाका २८ वर्षीय विनोद लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकलमा पछाडि सवार कन्काई–८ का २४ वर्षी...
एमसीसी अनुमोदन गर्न नेपाललाई थप समय

एमसीसी अनुमोदन गर्न नेपाललाई थप समय

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको एमसीसी बोर्ड बैठकले जनाएको छ । १४ डिसेम्बर (२८ मंसिर)को एमसीसी बोर्ड बैठकपछि अमेरिकाको वासिंटन डिसीबाट बुधबार जारी विज्ञप्तिअनुसार एमसीसीअन्तर्गतको ५० करोड अमेरिकी डलर अनुदान सहयोग अनुमोदन हुनेमा विश्वस्त रहेको जनाएको छ । एमसीसी परियोजनाअन्तर्गत विद्युत् प्रसारण लाइन र सड...
२०७८ पुष २ गते शुक्रवारको राशिफल

२०७८ पुष २ गते शुक्रवारको राशिफल

ई.सं. २०२१ डिसेम्बर १७ नेपाल सम्बत ११४१ थिंलाथ्व चतुर्दशी मार्ग शुक्ल चतुर्दशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग शुक्ल चतुर्दशी तिथी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, सिद्ध योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः४७ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको या...
माओवादी केन्द्रका धनकुटा संयोजक ऋषिराम ढुंगानाद्वारा प्रदेश सचिवमा उम्मेद्वारी घोषणा

माओवादी केन्द्रका धनकुटा संयोजक ऋषिराम ढुंगानाद्वारा प्रदेश सचिवमा उम्मेद्वारी घोषणा

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धनकुटाका संयोजक ऋषिराम ढुंगानाले पार्टीको प्रदेश सचिवमा उम्मेद्वारी घोषणा गरेका छन् । मोरङमा जारी माओवादी केन्द्र १ नम्बर प्रदेश समितिको प्रथम अधिवेशनमा नेता ढुंगानाले सचिव पदमा उम्मेद्वारी घोषणा गरेका हुन् । २०२३ सालमा धनकुटाको कुरुले तेनुपामा जन्मिएका ढुंगाना ४० बर्षयता राजनीतिमा सक्रिय छन् । उनले २०३७ सालमा विद्यार्थी संगठनबाट राजनीति यात्रा...
इटहरीको तालतलैयामा नोबेलको स्वास्थ्य शिविर, ११ सय विरामीको निःशुल्क उपचार

इटहरीको तालतलैयामा नोबेलको स्वास्थ्य शिविर, ११ सय विरामीको निःशुल्क उपचार

सुनसरी । नोबेल शिक्षण अस्पतालले इटहरीको तालतलैयामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय इन्खा एकीकृत अस्पताल प्रा.लि. र तालतलैया युवा क्लवसँग सहकार्य गरेर एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा १ हजार १ सय २७ जना विरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा २०२ जनाको रक्त परीक्षण, १९७ जनाको भि...
रघुपति जुट मिल्सको हिरक जयन्तीमा रक्तदान कार्यक्रम

रघुपति जुट मिल्सको हिरक जयन्तीमा रक्तदान कार्यक्रम

विराटनगर । रघुपति जुट मिल्स लिमिटेडले आफ्नो स्थापनाको ७५ वर्ष पुरा गरेको उपलक्ष्यमा विभिन्न कार्यक्रम गर्दै आएको छ । मिल्सका संस्थापक स्व.रामलाल गोल्छाको जन्मदिनको अवसर पारेर आज मिल्समा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा मिल्सका ७६ जना कामदार तथा कर्मचारीहरुले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले उद्योगको निरीक्षण साथै उद्योग परिसरमा बृक्...
कांग्रेस महामन्त्रीमा युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा विजयी, गगनले पाए सबैभन्दा बढी मत

कांग्रेस महामन्त्रीमा युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा विजयी, गगनले पाए सबैभन्दा बढी मत

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा बिजयी भएका छन् । मत परिणाम अनुसार थापाले ३,०२३ मत पाएका छन् । जुन कांग्रेस महाधिवेशनको सर्वाधिक मत हो । थापाको जति अन्य कुनैपनि उम्मेद्वारले मत पाएका छैनन् । सभापति शेरबहादुर देउवालाई पनि मतका हिसावले गगनले उछिनेका छन् । उनी डा.शेखर कोइरालाको प्यानलबाट उम्मेद्वार बनेका थिए । यता, १,९८४ मतसहित विश्वप्रकाश शर्मा पनि...
शुक्रबारदेखि हिमपातको सम्भावना

शुक्रबारदेखि हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्र...
आगोले जलेर दिदी–बहिनीको मृत्यु

आगोले जलेर दिदी–बहिनीको मृत्यु

सर्लाही । सर्लाहीमा आगोले जलेर दुई जनाको मृत्यु भएको छ । परालले बनेको घरमा गए राति ९ः१५ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा सर्लाहीको कविलासी नगरपालिका–७ सिरसिरयाका जोगी महराकी आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षकी छोरी सुगन्धीको जलेर मृत्यु भएको हो । आगोले जलेर गम्भीर घाइते दुवै बालिकाको जिल्ला अस्पताल मलङ्गवामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले ...
वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही हुन्छ : श्रममन्त्री श्रेष्ठ

वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही हुन्छ : श्रममन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा अवाञ्छित गतिविधि गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन् । एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन, नेपालका पदाधिकारीबाट बुधबार अपराह्न ज्ञापनपत्र लिएपछि उनले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन व्यवसायीको सहयोग अपरिहार्य भएको बताए । मन्त्री श्रेष्ठले गलत काममा संलग्न ...
झापाको दमक बजारमा एक युवकको हत्या

झापाको दमक बजारमा एक युवकको हत्या

झापा । झापाको दमक बजारमा बुधबार बेलुकी ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए । हतियार प्रहारबाट गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा तत्कालै मृत्यु भएको प्रनाउ...
धमाधम राजीनामा दिँदै शिक्षक

धमाधम राजीनामा दिँदै शिक्षक

काठमाडौं । सक्रिय राजनीतिमा लागेका सामुदायिक विद्यालयका शिक्षकहरूले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोग तथा सर्वोच्च र पाटन उच्च अदालतको आदेश, शिक्षा निकायको निर्देशन एवं सर्वसाधारणबाट समेत विरोधका कारण सक्रिय राजनीति नै छनोट गर्ने शिक्षकहरूमा नैतिक दबाब बढेको हो । फलतः पछिल्लो दुई सातामा साढे तीन सयभन्दा बढी शिक्षकले राजीनामा दिएका छन् । धेरैजसो शिक्षकको राजीनामा राजनीतिमै लाग्नका ला...
२०७८ पुष १ गते बिहीवारको राशिफल

२०७८ पुष १ गते बिहीवारको राशिफल

ई.सं. २०२१ डिसेम्बर १६ नेपाल सम्बत ११४१ थिंलाथ्व त्रयोदशी मार्ग शुक्ल त्रयोदशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग शुक्ल त्रयोदशी तिथी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, शिव योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः४७ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपन...
धनकुटामा बृद्ध मृत फेला, चिसोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीको अनुमान

धनकुटामा बृद्ध मृत फेला, चिसोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीको अनुमान

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–९ मा बुधबार बिहान एक बृद्ध मृत फेला परेका छन् । धनकुटा नगरपालिका–१ हिलेका ६५ बर्षीय मानबहादुर दर्जी बाटोमा मृत भेटिएका हुन् । बृद्ध दर्जी मंगलबार बेलहारामा आफन्तको बिहेमा गएका थिए । साँझ उत्तरपानीसम्म गाडीमा आएर त्यहाँबाट हिड्दै घरतर्फ लागेका थिए । तर, उनी घरनै नपुगी बाटोमै मृत अवस्थामा भेटिएका हुन् । बिहान करिब ८ बजे स्थानीयबासीले बृद्ध दर्जीलाई मृत अवस्थामा...
महालक्ष्मीका मेयर नेपालको नयाँ कामः घर–घरमा पुगेर बेहुला–बेहुलीलाई नव दम्पती कार्ड प्रदान

महालक्ष्मीका मेयर नेपालको नयाँ कामः घर–घरमा पुगेर बेहुला–बेहुलीलाई नव दम्पती कार्ड प्रदान

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल अहिले नगरक्षेत्रमा हुँने अधिकांस विवाहमा पुग्ने गर्छन् । उनले बिहे घरमा पुगेर बेहुला–बेहुलीलाई दाम्पत्य जीवनको शुभकामना दिने मात्र हैन एउटा कार्ड पनि थमाउँछन् । त्यो हो, नव विवाह दम्पती कार्ड । तीन पन्ने त्यो कार्डमा प्रजनन स्वास्थ्य र जन्मजात अपाङ्गता रोकथाम सम्बन्धि जानकारी उल्लेख छन् । स्वस्थ शिशु जन्माउँन, मातृशिशु मृत्युदर घटाउँन...
नेकपा माओवादी केन्द्र प्रदेश १ः पदाधिकारी टुंगो लगाउन नसकेपछि कार्यदल गठन

नेकपा माओवादी केन्द्र प्रदेश १ः पदाधिकारी टुंगो लगाउन नसकेपछि कार्यदल गठन

विराटनगर । विराटनगरमा आज बसेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश १ समितिको बैठकले पदाधिकारीको टुंगो लगाउन सकेन । अध्यक्षको दौडमा रहेका पूर्व केन्द्रीय सदस्यहरु सुरेशकुमार राई ‘हिमाल’, इन्द्रबहादुर आङ्बो ‘मौसम’ र हेमराज भण्डारी ‘सुदर्शन’ले समितिको पहिलो बैठकमा आफुहरु ‘ब्याक’ हटेको बताएका थिए । तीनै जना केन्द्रीय नेताले प्रदेशको अध्यक्ष पद छोड्ने सहमतिमा पुगेपछि नयाँ नेतृत्वमा पाँचथर...
धनकुटामा दिउँसै ढोका फुटाएर गहना र नगद चोरी

धनकुटामा दिउँसै ढोका फुटाएर गहना र नगद चोरी

धनकुटा । धनकुटा बजार नजिक घरको ढोका फुटाएर दिउँसै गरगहना र नगद चोरी भएको छ । धनकुटा नगरपालिका–७ तुलसीकुवा टोलबस्तीका शुसिल शाहको घरमा मंगलबार दिउँसो चोरी भएको हो । घरमा कोही नभएका बेला ढोका फोरेर दुई तोला बराबरको सुनको गहना, १३ तोला चाँदी र खुत्रुके फुटाएर केही नगद चोरी भएको पीडित शाहले बताए । ‘बिहान ढोका बन्द गरेर म पसल गए, छोराछोरी र श्रीमती आफन्तको बिहेमा गएका थिए । दिउँसो घरमा कोही थिएन,’ श...
विराटनगरबाट मोटरसाइकल चोरेर जोगवनी लैजाँदै गर्दा एक जना पक्राउ

विराटनगरबाट मोटरसाइकल चोरेर जोगवनी लैजाँदै गर्दा एक जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका–३ घर भई विराटनगर–११ मा डेरा गरी बस्ने २८ बर्षीय उमेश दाहाल छन् । आइतबार राती साढे ८ बजे कोशी अस्पताल परिषरमा पार्किङ गरी राखेको को. २५ प ५०२४ नम्बरको बुलेट मोटरसाइकल चोरी भएको थियो । प्रहरी चौकी मटेरूवाबाट खटिएको टोलीले मोटरसाइकल खोजी गर्ने क्रममा भ...
श्रृंखलाबद्ध चोरीमा संलग्न दुई किशोर पक्राउ

श्रृंखलाबद्ध चोरीमा संलग्न दुई किशोर पक्राउ

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित पथरी बजारमा श्रृंखलाबद्ध चोरीमा संलग्न दुई किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा पथरी–१ का १९ बर्षीय निमा तामाङ र सन्तोष सुब्बा छन् । उनीहरुले विभिन्न समयमा नगद, मोबाईल, सवारी साधन, गरगहना चोरी गरेको आरोप छ । प्रहरीले उनीहरुको साथबाट ३ वटा मोवाईल, एउटा ट्याब्लेट, एउटा चाँदीको सिक्री र गाडीको चाबी बरामद गरेको छ । प्रहरीका अनुसार यसअघि निमालाई पथरी ...
ईलाममा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ८ घाइते

ईलाममा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ८ घाइते

ईलाम । ईलामको सुर्योदय नगरपालिका–७ सुखेपोखरीस्थित मेची राजमार्गमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ८ जना घाइते छन् । हिजो दिँउसो साढे ३ बजे मे १ ज ३३०७ नम्बरको मारुति भ्यान अनियन्त्रित भई सडकबाट करिव १०० मिटर तल पल्टिएको थियो । दुर्घटनामा १० जना घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि बिर्तामोडस्थित वी एण्ड सी अस्पताल लगिएको थियो । उपचारकै क्रममा माईजोमाई गाँउपालिका–४ का ७६...
ईटहरीमा १९ बर्षीय सालोले छुरा हान्दा भिनाजुको मृत्यु

ईटहरीमा १९ बर्षीय सालोले छुरा हान्दा भिनाजुको मृत्यु

सुनसरी । सुनसरीको ईटहरी उप–महानगरपालिका–४ मा आफ्नै सालोले छुरा प्रहार गर्दा भिनाजुको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ५१ बर्षीय श्रीमुरारी गिरी छन् । मंगलबार दिउँसो ४ बजे गिरी कै घरमा बस्दै आएका उनको सालो १९ बर्षीय अर्जुन राईले गिरीको छातीमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाइते भएका गिरीलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थिायो । उपचारकै क्रममा राती करिव ७ ब...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

विराटनगर । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुनको मूल्य एकैदिन प्रतितोला ५०० रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर आज ९२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्यसमेत प्रतितोला ५०० रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता च...
सभापति देउवामा सबैलाई मिलाएर लैजाने विशेष क्षमता छ : गृहमन्त्री खाँण

सभापति देउवामा सबैलाई मिलाएर लैजाने विशेष क्षमता छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन् । बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता रहेकाले पार्टी आगामी दिनमा सहज र सुदृढ ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरे । सभापति द...
कांग्रेस सभापतिमा पुनः देउवा निर्वाचित

कांग्रेस सभापतिमा पुनः देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भएका हुन् । सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबैभन्दा धेरै मत देउवाले ल्याएका थिए । तर बहुमत नपुगेपछि दोस्रो चरणको मतदान भएको हो । सभापतिमा निर्वाचित हुन बहुमत चाहिन्छ । दोस...
२०७८ मंसिर २९ गते बुधवारको राशिफल

२०७८ मंसिर २९ गते बुधवारको राशिफल

ई.सं. २०२१ डिसेम्बर १५ नेपाल सम्बत ११४१ थिंलाथ्व द्धादशी मार्ग शुक्ल द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग शुक्ल द्धादशी तिथी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, शिव योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः४६ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको य...
केएमसीको शिविरबाट बनेपाका ११ सय विरामीको निःशुल्क उपचार

केएमसीको शिविरबाट बनेपाका ११ सय विरामीको निःशुल्क उपचार

काभ्रे। काभ्रेको बनेपा नगरपालिकामा मंगलबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ११ सय भन्दा बढी विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । बनेपा नगरपालिका वडा नं.७ सँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौंं मेडिकल कलेजले स्थानीय वाइलर इन्टरनेशनल एकेडेमीमा एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा १ हजार १ सय ५३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नाराय...
नोबेलमा सय भन्दा बढी विरामीको ‘ओपन हार्ट सर्जरी’

नोबेलमा सय भन्दा बढी विरामीको ‘ओपन हार्ट सर्जरी’

बिराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक सय भन्दा बढी विरामीको ‘ओपन हार्ट सर्जरी’ गरेको छ । २०७६ असार महिनाबाट छाती चिरेर गरिने मुटुको शल्यक्रिया अर्थात ‘ओपन हार्ट सर्जरी’ सेवा सुरु गरेको नोबेलले हालसम्म १०२ जना विरामीको मुटुको शल्यक्रिया गरेको हो । एक सय भन्दा बढी विरामीको ‘ओपन हार्ट सर्जरी’ गरेपछि नोबेलको मुटु बिभागले एक कार्यक्रम गरेर उत्सव पनि मनाएको छ । कार्यक्रममा मुटु रोगको उपच...
बाह्रदशीको एउटै वडामा ५० लाखको सिँचाई सामग्री वितरण

बाह्रदशीको एउटै वडामा ५० लाखको सिँचाई सामग्री वितरण

झापा । झापाको बाह्रदशी गाउँपालिका–४ मा कृषकलाई सिँचाई सामग्री वितरण गरिएको छ । सिँचाईका लागि मोटर, स्प्रे ट्याङ्की, थ्रेसर मेसिन लगायतका सामाग्री वितरण गरिएको हो । बाह्रदशी ४ का कृषकका लागि विभिन्न ठाउँमा ४ इञ्चको १२० वटा बोरिङ गाडिएको छ भने २५० थान मोटर वितरण गरिएको छ । त्यस्तै १५० वटा स्प्रे ट्याङ्की र २० थान थ्रेसर मेसिनसमेत वितरण गरिएको वडाध्यक्ष समिम मियाले बताए । कृषकका लागि ३० लाख रुपैया...
ईलाममा ट्याक्टरले किच्दा एक जनाको मृत्यु

ईलाममा ट्याक्टरले किच्दा एक जनाको मृत्यु

ईलाम । ईलामको माईजोगमाई गाँउपालिका–४ गैरीगाउँमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ५४ बर्षीय पुर्ण बहादुर घले छन् । सोमबार साँझ पराल बोकेको मे १ त ११७३ नम्बरको ट्याक्टरमा सवार घले ट्याक्टरबाट लडेका थिए । लडेका घलेलाई ट्याक्टरको डालाले किच्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटनापछि ट्याक्टर चालक ताप्लेजुङको याङबरक गाँउपालिका–१ ...
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । सोमबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै सोमबार छापाबाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको थियो । आज ३०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
error: Content is protected !!