राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापनाको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्धारित समय र अतिरिक्त थप गरेको समयावधि सकिएसँगै खारेज भएको छ । प्राधिकरणले पुनर्निर्माण र पुनस्र्थापनासम्बन्धी कतिपय काम सम्पन्न गर्न भने सकेन । त्यस्ता अधुरा रहेका काम विभिन्न निकायलाई जिम्मा लगाइएको छ । प्राधिकरणले विद्यालय भवनतर्फ ७ हजार ५ सय ५३ विद्यालय भवनको पुनर्निर्माणको लक्ष्य राखेक...
धनकुटा बजारमा घरबाटै मोटरसाइकल चोरी

धनकुटा बजारमा घरबाटै मोटरसाइकल चोरी

धनकुटा । धनकुटा बजारमा गएराती घरबाटै मोटरसाइकल चोरी भएको छ । धनकुटा नगरपालिका–७ डाँडागाउँ बस्दै आएका सुजन राईको को ३० प २०१९ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल चोरी भएको हो । सहिदभूमि गाउँपालिका–३ घर भएका राई मदनचौक नजिक रहेको पुनम पुस्तक पसलमा काम गर्दै आएका छन् । राई कोठा भाडामा बस्दै आएको डाँडागाउँस्थित घरको आगनबाट मोटरसाइकल चोरी भएको हो । बेलुका आगनमा मोटरसाइकल राखेर सुतेको भएपनि बिहान उठ्द...
२०७८ पुष १० गते शनिवारको राशिफल

२०७८ पुष १० गते शनिवारको राशिफल

ई.सं. २०२१ डिसेम्बर २५ नेपाल सम्बत ११४१ थिंलागा षष्ठी पुष कृष्ण षष्ठी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष कृष्ण षष्ठी तिथी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, प्रीति योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः५१ बजे, सूर्यास्त साँझ ५ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा...
काठमाडौंमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले शुक्रबार काठमाडौंको बबरमहलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । काठमाडौं महानगरपालिका ११ नं. वडा कार्यालय र थापाथली जनकल्याण परिवारसँग सहकार्य गरेर केएमसीले शिविर सञ्चालन गरेको हो । शिविरमा ९५५ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार १८९ जनाको ल्याब टेष्ट, १७...
इटहरीमा पालिका गोल्डकप हुँने

इटहरीमा पालिका गोल्डकप हुँने

इटहरी । सुनसरीको इटहरीमा यहि माघ पहिलो सातादेखि नगरपालिका गोल्डकप २०७८ हुने भएको छ । शुक्रबार इटहरी उपमहानगरपालिकाकी उप–प्रमुख लक्ष्मी गौतमको बाहुलीबाट शिल्ड अनावरण गर्दै आयोजक एरिना टेलिभिजनले प्रतियोगिताबारे जानकारी दिएको हो । कोभिड–१९ का कारण थला परेको खेल क्षेत्र बिस्तारै तङ्ग्रिदै गरेको अवस्थामा खेलाडी र खेल क्षेत्रको बिकासमा थप सहयोग गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताए...
धनकुटाका पत्रकार अधिकारी र रुचाल प्रेस चौतारीको केन्द्रिय सदस्यमा मनोनित

धनकुटाका पत्रकार अधिकारी र रुचाल प्रेस चौतारीको केन्द्रिय सदस्यमा मनोनित

धनकुटा । धनकुटाका पत्रकार रमेशचन्द्र अधिकारी र सन्तोष रुचाल प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । प्रेस चौतारीले पत्रकार अधिकारी र रुचाललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । केन्द्रिय कमिटीले दुवै पत्रकारलाई केन्द्रिय सदस्यमा मनोनित गर्ने निर्णय गरेको चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । पत्रकार अधिकारी प्रेस चौतारीका पूर्व केन्द्रिय सदस्य हुन् भने रुचाल प...
इटहरीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–४ स्थित कोशी लोकमार्गमा आज ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सोही स्थानकी ६५ बर्षीया देवी खड्का छिन् । बिहान करिव ११ बजे धरानतर्फ जाँदै गरेको प्रदेश १–०२– ००१ ख ८६५२ नम्बरको ट्रकले पैदलयात्री खड्कालाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गंभीर घाइते भएकी खड्कालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको...
बाह्र वर्षे मकर मेलाको तयारी तीव्र

बाह्र वर्षे मकर मेलाको तयारी तीव्र

काभ्रे । ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्र वर्षे मकर मेला लाग्न ठीक तीन हप्ता बाँकी छ । आगामी माघ महिनाभर चल्ने मेला सभ्य र भव्य बनाउनका लागि नगरपालिकाले हाल विविध व्यवस्थापनको तयारीलाई तीव्र पारिरहेको छ । मेलाका लागि नगरले गत वर्ष देखिनै बजेट विनियोजन गर्दै तयारी थालेको हो । नगरले मेलाका लागि गत वर्ष रु पाँच करोड र यस वर्ष रु तीन करोड बजेट छुट्याएको थियो ...
नेपाल र भारतका सुरक्षा अधिकारीबीच बैठक, दोहोरो नागरिकतामाथि निगरानी हुने

नेपाल र भारतका सुरक्षा अधिकारीबीच बैठक, दोहोरो नागरिकतामाथि निगरानी हुने

काठमाडौं । भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बिहीबार बसेको छ। सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक बसेको हो। जोलजीविस्थित सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पमा भएको बैठकमा सातवटा एजेण्डामा छलफल भएको छ। त्यसअनुसार बैठकको पहिलो एजेण्डा नेपाल–भारत प्रवेश गर्नेहरुको परिचयपत्र पहिचान गर्नुपर्ने राखिएक...
नभरेको चिट्ठाको प्रलोभनमा पर्दा !

नभरेको चिट्ठाको प्रलोभनमा पर्दा !

काठमाडौं । काठमाडौं नयाँबजारकी २२ वर्षीया युवती कल्पना (नाम परिवर्तन) गत साता सामाजिक सञ्जालबाट ठगिइन् । उच्च शिक्षाका लागि अमेरिकाको प्रवेशाज्ञा लिएर उड्ने तयारीमा बसेकी कल्पनाले ‘ह्वाट्स एप’मा चिट्ठा परेको भन्दै आएको म्यासेजको प्रलोभनमा परी अपरिचित व्यक्तिलाई ८० हजार रुपियाँ पठाइन् । उनले चिट्ठामा परेको लाखौँ रकम पाउने प्रलोभनमा अपरिचित व्यक्तिलाई मोबाइल बैङ्किङको पासवर्डसमेत दिइन् । रकम पाएपछ...
तीन तहकै निर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग

तीन तहकै निर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ । आयोगले २० वैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा नेतृत्व चयनका लागि निर्वाचन गर्न सरकारसँग मिति प्रस्ताव गरेको हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठमा समाप्त हुँदै छ । यसअघि भने आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल...
२०७८ पुष ९ गते शुक्रवारको राशिफल

२०७८ पुष ९ गते शुक्रवारको राशिफल

ई.सं. २०२१ डिसेम्बर २४ नेपाल सम्बत ११४१ थिंलागा पञ्चमी पुष कृष्ण पञ्चमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष कृष्ण पञ्चमी तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, विषकुम्भ योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः५१ बजे, सूर्यास्त साँझ ५ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेप...
छिमेकीको कुटाईबाट एक जनाको मृत्यु

छिमेकीको कुटाईबाट एक जनाको मृत्यु

संखुवासभा । संखुवासभामा छिमेकीले कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका–११ का २७ बर्षीय जीवन दर्जीले कुटपिट गर्दा सोही स्थानका ३० बर्षीय चन्द्र बहादुर दर्जीको मृत्यु भएको हो । आइतबार मादक पदार्थ सेवन गरेका जीवन र चन्द्र बहादुरबिच झगडा भएको थियो । एक आपसमा झगडा हुँदा जीवनको कुटाईबाट चन्द्र बहादुर बिरामी परेका थिए । जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा सोमबार चन्द्र बहादुर...
धनकुटाका माओवादी नेता ढुंगाना पार्टीको प्रदेश सह-सचिवमा निर्वाचित

धनकुटाका माओवादी नेता ढुंगाना पार्टीको प्रदेश सह-सचिवमा निर्वाचित

धनकुटा । नेकपा माओवादी केन्द्र धनकुटाका संयोजक ऋषिराम ढुंगाना (कुसुम) पार्टी प्रदेश कमिटीको सह–सचिवमा निर्वाचित भएका छन् । प्रदेश राजधानी विराटनगरमा आज बिहान सम्पन्न निर्वाचनबाट नेता ढुंगाना माओवादी केन्द्र प्रदेश १ को सह–सचिव पदमा निर्वाचित भएका हुन् । ३ सह–सचिव पदका लागि १३ जना उम्मेद्वारबीच प्रतिष्पर्धा भएको थियो । नेता ढुंगानासँगै राजु आचार्य, सन्तोष थारु, हर्क लावती, कुमारी राई, निशान्त शर...
माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा भारी मतसहित नेम्वाङ निर्वाचित

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा भारी मतसहित नेम्वाङ निर्वाचित

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित भएका छन् । बिहिबार बिहान सार्वजनिक मत परिणाम अनुसार १६९ मतसहित नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् । उनले प्रतिद्धन्द्धी मुक्साहाङ मेन्याङ्बो (मुकेश) लाई १०५ मतान्तरले पराजित गरेका छन् । अध्यक्षका प्रत्याशी मेन्याङ्बोले ६४ मत ल्याएका हुन् । उपाध्यक्षमा १२० मतसहित देवान चाम्लिङ, ११३ मतसहित शिवकुमार डाँ...
देश दौडाहामा ओली

देश दौडाहामा ओली

काठमाडौं । दसौं महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका छन्। दुई दिनअघि कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली दुई दिनपछि वीरगन्ज जाँदैछन्। पार्टीमा नेताभन्दा पनि कार्यकर्ता प्रवेश गराएर संगठन मजबुत बनाउने अभियानमा लागेको एमालेले देशभर नै पार्टी प्रवेशको कार्यक्रम बनाउन थालेको छ। ‘एमालेमा आउनेको लहर चलेको छ। अध्यक्ष कमरेड भोली वीरगन्ज जाँदै हुनुहुन्...
स्थानीय तहको निर्वाचन वैशाख २० मा गर्ने प्रस्ताव

स्थानीय तहको निर्वाचन वैशाख २० मा गर्ने प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २० वैशाख २०७९ मा गर्ने तयारी गरेको छ । स्थानीय तहतर्फका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल ५ जेठमा सकिँदै छ । कार्यकाल सकिनुअघि नै स्थानीय तहलाई नेतृत्व दिनेगरी आयोगले निर्वाचन गर्न तयारी थालेको हो । प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेकाले २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी आयोगले तयारी गरिरहेक...
२०७८ पुष ८ गते बिहीवारको राशिफल

२०७८ पुष ८ गते बिहीवारको राशिफल

ई.सं. २०२१ डिसेम्बर २३ नेपाल सम्बत ११४१ थिंलागा चतुर्थी पुष कृष्ण चतुर्थी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष कृष्ण चतुर्थी तिथी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, वैधृति योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः५१ बजे, सूर्यास्त साँझ ५ः१४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरे...
नेकपा माओवादी केन्द्र प्रदेश १ को निर्वाचन: २४० सदस्यले गरे मतदान, मतगणना जारी

नेकपा माओवादी केन्द्र प्रदेश १ को निर्वाचन: २४० सदस्यले गरे मतदान, मतगणना जारी

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ को नयाँ नेतृत्व चयनका लागि बुधबार साँझ भएको मतदान पश्चात मध्यरातबाट मतगणना सुरु भएको छ । विराटनगरको तिनपैनीस्थित माओवादी केन्द्रको प्रदेश कार्यालयमा राती १२ बजेबाट मतगणना थालिएको हो । मतगणना सकेर निर्वाचित पदाधिकारीहरुलाई राती नै सपथ ग्रहण गराउँने तयारी गरिएको छ । मंसिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ सदस्यीय प्रदेश कार्यसमिति निर्माण गरेको छ । तर...
भक्तपुरमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर

भक्तपुरमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका–५ कटुन्जेमा बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र कटुञ्जेस्थित समाज सुधार बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो । शिविरमा २११ जनाको रक्त परीक्षण, १८९ जनाको भिडियो एक्सरे र १५३ जनाको इसीजीसहित १ हजार १ सय ३७ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेर...
धनकुटामा बसभित्रै महिला मृत फेला, सँगै रहेकी तीन बर्षीया छोरीको बिचल्ली

धनकुटामा बसभित्रै महिला मृत फेला, सँगै रहेकी तीन बर्षीया छोरीको बिचल्ली

धनकुटा । धनकुटामा गुडिरहेको बसभित्र आज दिउँसो महिला मृत फेला परेकी छन् । भोजपुरबाट धरान जाँदै गरेको प्र.१–०२–००१ ख ८१०७ नम्बरको बसमा सवार भोजपुरको अरुण गाउँपालिका–५ घर भएकी ३५ बर्षीया कमला भुजेल श्रेष्ठ बसभित्रै मृत अवस्थामा भेटिएकी हुन् । उनी बिहान करिब ११ बजे भोजपुरको जरायोटारबाट तीन बर्षीया छोरीलाई साथमा लिएर बस चढेकी थिइन् । दिउँसो करिब ३ः३० बजे धनकुटाको पात्लेखोला नजिक आइपुग्दा बसभित्रै उन...
संघीय संसदको अवस्था : नजिकिँदै सभामुख, टाढिँदै प्रतिपक्ष

संघीय संसदको अवस्था : नजिकिँदै सभामुख, टाढिँदै प्रतिपक्ष

काठमाडौं । प्रतिनिधि सभा पुनःस्थापित भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को निरन्तरको अवरोधले संसदले गति लिन सकेको छैन। जनप्रतिनिधिमूलक सर्वोच्च संस्था सदनमा सांसदले जनजीविकाका विषय उठान गर्न पाएका छैनन् भने सरकारले पनि विधेयक प्रस्तुत गर्न सकिरहेको छैन। यसले जनताका सवाल ओझेलमा परेका छन्। जनसंघर्षबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रणालीलगायत महत्वपूर्ण उपल...
संखुवासभामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

संखुवासभामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

संखुवासभा । संखुवासभाको पाचखपन नगरपालिका–३ मा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय दिपन राई छन् । सोमबार राती १२ बजे राईकी श्रीमती २९ बर्षीया बिष्णुमाया मृत अवस्थामा रहेको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय वानाबाट प्रहरी टोली खटिएको थियो । घटनास्थलमा खटिएको अनुसन्धान टोलीले प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शरीरमा चोट देखेपछि घटनाको विषयमा सुक्ष्म...
हायसबाट लडेर एक जनाको मृत्यु

हायसबाट लडेर एक जनाको मृत्यु

झापा । झापाको दमक नगरपालिका–४ मा हायसबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा कमल गाँउपालिका–५ का २१ बर्षीय निर्मल खवास छन् । गएराती साढे ९ बजे बा ३ ख ८६२७ नम्बरको हायसबाट निस्किने क्रममा लड्दा खवास घाइते भएका थिए । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा राती करिव पौने १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । हायस र चालक धनकुटा नगरपालिका–१० का २७ बर्षीय प्रेम कार्कीलाई ईलाका प...
अब हुने तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ: महामन्त्री शर्मा

अब हुने तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ: महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो र बलियो दलका रुपमा स्थापित हुने बताएका छन्। नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा धारणा राख्दै उनले आगामी निर्वाचनबाट कांग्रेस पहिलो र बलियो दल बन्ने कुरा कुनै भविष्यवाणी नभई जनमतको तथ्य भएको उल्लेख गरेका थिए। आफू र पार्टीको नवनिर्वाचित नेतृत्व त्यसैमा केन्द्रित भएर अघि ...
बढ्न थाल्यो शीतलहर

बढ्न थाल्यो शीतलहर

काठमाडौं । चिसो बढ्दै गएपछि तराई लगायतका विभिन्न भेगमा शीतलहर बढ्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले चिसोसँगै शीतलहर बढ्दै जाने बताए । अहिले बिहान बेलुका अत्यधिक चिसो हुने र दिउँसो सुक्खा हावा चल्ने मौसमी समस्या बढ्दैछ । पश्चिमी वायु पूर्ण रूपले सक्रिय नहुँदा वर्षा हुन सकेको छैन । त्यसले पनि सुक्खा चिसोलाई बढाएको छ । शीतलहरबाट स्थानीय जनजीवनमा परेको असर कम गर्न सरकारले...
२०७८ पुष ७ गते बुधवारको राशिफल

२०७८ पुष ७ गते बुधवारको राशिफल

ई.सं. २०२१ डिसेम्बर २२ नेपाल सम्बत ११४१ थिंलागा तृतिया पुष कृष्ण तृतिया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष कृष्ण तृतिया तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, एन्द्र योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः५० बजे, सूर्यास्त साँझ ५ः१४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जु...
सुकुना क्याम्पसको रजत जयन्तीमा शिविर, नोबेलका डाक्टरले गरे १४ सय विरामीको निःशुल्क उपचार

सुकुना क्याम्पसको रजत जयन्तीमा शिविर, नोबेलका डाक्टरले गरे १४ सय विरामीको निःशुल्क उपचार

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित सुकुना बहुमुखी क्याम्पसको रजत जयन्तीको अवसरमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र सुकुना बहुमुखी क्याम्पसको सहकार्यमा क्याम्पस परिषरमा एक दिने शिविर सञ्चालन गरिएको हो । शिविरमा १ हजार ४ सय ९३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल शिक्षण अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ...
संखुवासभाबाट जडीबुटी बोकेको ट्याक्टरसहित चालक पक्राउ

संखुवासभाबाट जडीबुटी बोकेको ट्याक्टरसहित चालक पक्राउ

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–३ बाट अवैध जडीबुटीजन्य वनस्पति बोकेको ट्याक्टरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्याक्टर चालक खाँदवारी नगरपालिका–३ का २३ बर्षीय अनिल दर्जी छन् । मकालु–३ स्थित कोशी लोकमार्गमा ईलाका प्रहरी कार्यालय हेदङनाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा टच्यामताङबाट सदरमुकामतर्फ जाँदै गरेको ना.७ त ५६२१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । ट्...
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका–१ मा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुँनेमा शिवसताक्षी–१० का ४० बर्षीय यामनाथ राय छन् । बिर्तामोड–१ स्थित पूर्व पश्चिम राजमार्गमा मे.१ ख १९५२ नम्बरको ट्रकले रायलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गंभीर घाइते भएका रायको बिर्तामोडस्थित बि.एण्ड सि.अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालक ईलामको सन्दकपुर–३...
२१ महिने बालिकाको हत्या आरोपमा फुपू–फुपाजु पक्राउ

२१ महिने बालिकाको हत्या आरोपमा फुपू–फुपाजु पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका–२ की २१ महिने बालिकाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४६ बर्षीय सैनी उरावँ र उनकी २५ बर्षीया श्रीमती संगीता छन् । उनीहरू नातामा मृतक बालिकाका फुपू–फुपाजु पर्दछन् । स्थानीय चन्द्र उराँवकी २१ महिने छोरी युनिशाको हत्या गरी खाडल खनेर पुरेको आरोपमा दुबै जनालाई पक्राउ गरिएको हो । उनीहरुविरुद्ध सोमबार मोरङ अदालतमा कर्तव्य ज्यान म...
error: Content is protected !!