सोलुखुम्बु,२६ असोज । हाईअल्टिच्युडका कारण सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक वेलायती पर्यटकको ज्यान गएको छ। पर्यटकीय क्षेत्र खुम्बु– पासाङल्हमु गाउँपालिका–४ स्थित डोले भन्ने ठाउँमा वेलायती नागरिकको मृत्यु भएको हो।

Advertisement

वर्ष ६३ का टेरेन्सी जोन गोस्टीलिङको बिहिबार बिहान कोठामा सुतीरहेको अवस्थामा ज्यान गएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी निरिक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए। पासपोर्ट नम्बर ७६–१२–००–२४–३  भएका उनी रिसोर्टको कोठा नम्बर १७ मा बिहान मृत्यु भएको हो।

उनी २५ गते गोक्योबाट डोले आईपुगेका थिए। नोमेड नेपाल ट्रेकबाट १७ गते समिट एयरको उडानबाट उनी लुक्ला भ्रमणमा आएका थिए। खुम्बु भ्रमणपछि गोक्योबाट फर्कने क्रममा उनको हाईअल्टीच्युडका कारण मृत्यु भएको सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक रेशम पराजुलीले  बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!