- संगालोखबर सम्वाददाता

धनकुटा, २३ असोज । नेपालमा हिन्दुराष्ट्र स्थापनाका लागि जनमत संग्रहको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी धनकुटाले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती मार्फत राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाईएको हो । ज्ञापनपत्र हस्तान्तरणका लागि जिल्ला अध्यक्ष बालानन्द भुर्तेलको नेतृत्वमा राप्रपाका नेता कार्यकर्ताहरु दिउँसो जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

प्रमुख जिल्ला अधिकारी उप्रेतिलाई ज्ञापनपत्र बुझाउँदै राप्रपा अध्यक्ष भुर्तेल ।

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै राप्रपा अध्यक्ष भुर्तेलले प्रधानमन्त्री समक्ष पुर्याउँन आग्रह गरेका हुन ।

हिन्दु राष्ट्रको बिषयमा जनताको प्रत्यक्ष अभिमत लिनका लागि मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँगै राष्ट्रिय जनमत संग्रह गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

धर्मनिरपेक्षताको आडमा योजनाबद्ध र संगठित रुपले लोभलालच, त्रास र भ्रम सृजना गरी नेपालीहरुलाई धर्म गरिवर्तन गराउँने क्रम चलिरहेकाले यसले नेपालीको धार्मिक, साँस्कृतिक पहिचान संकटमा पर्ने खतरा देखिएको राप्रपाको ठम्याई छ ।

ज्ञापनपत्र बुझाउँन जिल्ला प्रशासन कार्यालय पुगेको राप्रपाको टोली ।

मुलुकमा सदियौदेखि कायम रहेको सद्भाव र एकता खलवलिई देशमा धार्मिक द्धन्द बढ्ने संभावना देखिएकाले यसलाई रोक्न धर्मका बिषयमा जनमत संग्रह गर्नुपर्ने राप्रपाले माग गरेको छ ।

राप्रपाको राष्ट्रिय कार्यक्रम अनरुप आज देशभरबाट प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएर जनमत संग्रह गर्न माग गरिएको राप्रपा धनकुटा अध्यक्ष भुर्तेलले संगालोखबरलाई जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!