- रबिन कटेल/संगालोखबर

धनकुटा, २७ असोज । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँनका लागि जिल्लाबासीले आजबाट आन्दोलन थाल्ने भएका छन । हरेक हिसावले धनकुटानै राजधानीका लागि उपयुक्त भएपनि त्यसलाई वेवास्ता गर्दै अन्यत्रै राजधानी तोक्ने सड्यन्त्र भईरहेको भन्दै जिल्लाबासी आन्दोलनमा उत्रन लागेका हुन ।

Advertisement

धनकुटामा बिहिबार बसेको सर्वपक्षीय बैठकले आन्दोलनलाई अघि बढाउँने निर्णय गरेको हो । आन्दोलनको पहिलो कार्यक्रम अन्र्तगत आज जुलुश प्रदर्शन र ज्ञापनपत्र बुझाईने धनकुटा बजार ब्यावस्थापन समिति अध्यक्ष विप्लप श्रेष्ठले संगालोखबरलाई जानकारी दिएका छन । उनका अनुसार बिहान १० बजे मदनचौकबाट जुलुश प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय र क्षेत्रीय प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाईनेछ ।

आन्दोलनका बिषयमा आज बिहान स्थानीय राजनीतिक दलसँग छलफल आयोजना गरिएको छ । राजनीतिक दलमार्फत दवाव सृजना गर्दै आन्दोलनको कार्यक्रम अघि बढाईने बताईएको छ ।  आन्दोलनलाई ब्यवस्थित गर्दै कसरी अघि बढाउँने भन्ने बिषयमा छलफल गरेर थप आन्दोलनका कार्यक्रम घोषणा गरिने बजार ब्यावस्थापन समितिका पूर्व सचिव एवं बजारबासी विकास घिमिरेले जानकारी दिए ।

धनकुटालाई राजधानी बनाउँनका लागि बजार ब्यावस्थापन समिति, उद्योग बाणिज्य संघ, नागरिक समाज, पत्रकार महासंघ लगायत संघ–सस्थाको अगुवाईमा आन्दोलनलाई अघि बढाईनेछ । धनकुटालाई प्रादेशिक राजधानी बनाउँनुपर्ने माग गर्दै जिल्लाबासीले यसअघि पनि पटक–पटक आन्दोलन गर्दै आएका छन ।

 केही बर्ष अघि पनि धनकुटामा १८ दिनसम्म बजार बन्द गरी प्रादेशिक राजधानीका लागि आन्दोलन गरिएको थियो । यसअघि पूर्वाञ्चल बिकासक्षेत्रको सदरमुकामसमेत रहेको धनकुटा राजधानीका लागि हरेक हिसावले उपयुक्त रहेकाले कुनैपनि हालतमा धनकुटालाईनै राजधानी बनाईनुपर्ने जिल्लाबासीको अडान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!