दमक, १९ चैत । काठको मुढाले टाउकामा हिर्काएर झापाको गौरीगञ्जमा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

गौरीगञ्ज गाउँपालिका–३ दन्तकालीका ३० वर्षीय पासाङ शेर्पाले २८ वर्षीया श्रीमती निमथोकी शेर्पाको मुढाले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

Advertisement

गएराति घरायसी विवाद हुँदा पासाङले श्रीमतीलाई कुटपिट गर्दै काठको मुढाले टाउकामा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते निमाथोकीको उपचारका क्रममा दमकस्थित लाइफलाइन अस्पतालमा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ । पासाङलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!