संगालोखबर सम्वाददाता

धनकुटा, १९ चैत । धनकुटाको हिलेमा आज अपरान्ह करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

घर बनाउँने क्रममा रडले विजुलीको नाङ्गो तार छुदा घरधनी ३४ बर्षीय गोपाल बुढाथोकी र स्थानीय मिस्त्री ४५ बर्षीय निमा शेर्पाको मृत्यु भएको हो ।

Advertisement

करेन्ट लागेर गंभीर घाईते भएका दुवै जनाको जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिए ।

घर बनाउँने क्रममा अपरान्ह करिव ४ बजे नजिकै रहेको बिजुलीको तारमा रडले छुदा उनीहरुलाई करेन्ट लागेको थियो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!