विराटनगर, २० चैत । प्रदेश नं १को सरकारले चालू आर्थिक वर्षका लागि चैत २९ गते बजेट ल्याउने तयारी गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक कार्यविधि विधेयक पारित भएपछि चालू आवको तीन महिनाका लागि बजेट ल्याउन लागिएको जानकारी दिनुभयो ।

उहाँले बजेटमा ५० प्रतिशत पूँजीगत कार्यक्रम समावेश गर्ने पहलका साथै प्रदेशका १४ वटै जिल्लाका सबै निर्वाचन क्षेत्रमा चालू खर्चमै केन्द्रित रहेर सरकारको उपस्थितिको अनुभूति हुने गरी विकासका योजना पनि समेटिने बताउनुभयो ।

प्रदेश सरकारले घोषणा गरेको सय दिने कार्यक्रममा परेका योजनाका साथै मन्त्रिपरिषद्को पहिलो बैठकले गरेको निर्णयलाई कार्यान्वयनका लागि पनि बजेट विनियोजन गरिने बताइएको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेशका १४ वटै जिल्लामा ‘शहीद नमूना बस्ती’ निर्माण गर्ने निर्णय गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!