- संगालोखबर सम्वाददाता

धनकटा, २९ साउन । धनकुटा नगरपालिका–४ देव्रेवासबाट प्रहरीले ११ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

Advertisement

जिल्लाको सहिदभूमि गाउँपालिका–३ का २३ वर्षीय अभिषेक राईलाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो । बिशेष सुराकीको आधारमा प्रहरीले राईलाई सोमबार बेलुका पक्राउ गरेको हो ।

प्रहरीले चेकजाच गर्दा दुईवटा जेव्रा झोलामा राखेर ल्याउँदै गरेको अवस्थामा राईको साथबाट गाँजा बरामद भएको धनकुटाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश लम्सालले जानकारी दिए ।

पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीबिरुद्ध लागुऔषध सम्बन्धि मुद्दा दायर गरी कारबाही प्रकृया अघि बढाईने प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!