ईश्वर थापा/संगालोखबर

धनकुटा, १ भदौ । शुक्रवारबाट लागु भएको नयाँ ऐनका बिषयमा धनकुटामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उच्च सरकारी वकीलको कार्यालय र सरकारी वकीलको कार्यालयको आयोजनामा शुक्रवार कार्यक्रम गरिएको हो ।

Advertisement

कार्यक्रममा जिल्ला अदालत धनकुटाका न्यायधिस बिनोद कुमार पोख्रेलले नयाँ ऐनमा भएको ब्यवस्था, कार्यान्वयनका पक्ष, चुनौति लगायत बिषयमा धारणा राख्दै नयाँ ऐन पहिलेको भन्दा खासै फरक नभएको बताए ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा, उच्च सरकारी वकिलको कार्यालयका सह–न्यायधिवक्ता मनोजकुमार आचार्य, धनकुटा नगरपालिकाकी उपप्रमुख शकुन्तला बस्नेत, नेपाल बार एसोशिएसनकी अध्यक्ष हिमा भट्टराई लगायतले पनि धारणा राखे ।

कार्यक्रममा उच्च सरकारी वकिलको कार्यालयको तर्फबाट महिला कारागार धनकुटालाई एक थान ३२ इन्चको टेलिभिजन प्रदान गरिएको छ ।

मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधी संहिता, फौजदारी कसुर ऐन, मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधी ऐन शुक्रवारबाट लागु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!