इनरुवा, ३० साउन । धरान उपमहानगरपालिका–११ स्थित शान्ति चौकबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा भोजपुर ट्याम्केमैयुम गाउँपालिका–१ का १७ वर्षीय राजन राई र सोही गाउँपालिका–२ का १६ वर्षीय पारुहाङ राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सवारीसाधन जाँच गर्ने क्रममा प्रहरीले को२४प २९२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुका साथबाट १७ एम्पुल लागुऔषध टिडिजेसिक बरामद गरेको हो ।

बरामद लागुऔषधसहित दुवै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!