संगालोखबर सम्वाददाता

धनकुटा, १ भदौ । रेडियो भेडेटार ९१ मेगाहर्जको आजबाट परिक्षण प्रशारण सुरु भएको छ ।

धनकुटा–७ मगरटोलमा कार्यालय राखिएको रेडियोको परिक्षण प्रशारण सुरुवातका अवसरमा रेडियो सञ्चालन समितिका अध्यक्ष एवं कांग्रेस जिल्ला कोषाध्यक्ष दिनेश राई, पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई लगायतले प्रत्यक्ष प्रशारण मार्फत शुभकामना दिएका छन् ।

केहि दिन पछि भेडेटारमा टावर राखेर १ नम्वर प्रदेशभरी नै प्रशारण गराउँने योजना रहेको रेडियो भेडेटारका स्टेशन म्यानेजर खगेन्द्र घिमिरेले जानकारी दिए ।

यो सँगै धनकुटामा स्थापना भएका रेडियोको संख्या ४ पुगेको छ । धनकुटाबाट रेडियो मकालु, रेडियो धनकुटा एफ.एम. र रेडियो लालिगुँरास पनि प्रशारणमा छन् । त्यस्तै रेडियो नेपालको क्षेत्रिय प्रशारण केन्द्र पनि धनकुटामा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!