बनियानी, झापा, ३० साउन । पूर्वीनाका काँकरभिट्टाबाट मंगलबार दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

Advertisement

नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ परेका हुन् ।

प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार दुवै जनालाई मेचीनगर–६ स्थित भन्सार गेट अगाडिबाट पक्राउ गरिएको हो ।

प्रहरीले सतिसको साथबाट रु ३३ हजार र हितेसको साथबाट रु १७ हजार नेपाली नक्कली नोट बरामद गरेको छ । दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!