झापा, ३० साउन । ७२ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासले नेपाल रेडक्रस सोसाइटी झापा र एक विद्यालयलाई आज सवारीसाधन प्रदान गरेको छ ।

Advertisement

रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स र भद्रपुर नगरपालिकास्थित हिमाली उच्च मावि पृथ्वीनगरको विद्यालयलाई एक बस प्रदान गरेको जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

“एउटा झापा शाखा र एउटा गौरादह उपशाखालाई प्राप्त भएको छ”, उनहाँले भने, “यसले विपद् व्यवस्थापनमा सहयोग मिल्नेछ ।” उनका अनुसार भारत सरकारले नेपालभर ३० वटा एम्बुलेन्स प्रदान गरेको छ जसमा तीन जिल्लाका रेडक्रस परेका छन् ।

झापा रेडक्रसलाई दुई थान, चितवन र धनुषा रेडक्रसलाई एक/एक थान एम्बुलेन्स प्रदान गरिएको सभापति ढकालले जानकारी दिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!