प्रेम देवान/संगालोखबर

विराटनगर, ४ भदौ । विराटनगर–२ मा रहेको न्यू बिक्की हार्डवेयरमा कार्यरत सुरक्षा गार्डको हत्या भएपछि पीडित पक्षले सोमबार मृतकको शव वीच सडकमा राखेर विरोध प्रदर्शन गरेका छन् । विराटनगर–४ का ५० वर्षीय टंक भट्टराईको हत्या गरेको अवस्थामा आईतबार विहान शव फेला परेको थियो ।

Advertisement

घटनापछि हत्यारालाई तत्काल पक्राउ गरि कारबाहीको माग गर्दै पीडित पक्षले बिराटनगर–धरान सडकमा शव राखेर प्रदर्शन गरेका हुन् । भट्टराईको शव धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा पोष्टमार्टम पश्चात बिराटनगर लगेर सडकमा राखि पीडित पक्षले करिब १ घण्टा सडकमा यातायातसमेत अवरुद्ध गरी प्रदर्शन गरेका हुन् ।

स्थानीय पिपल चौक स्थित घरबाट शवसहित गएका पीडित पक्षले बजारमा प्रदर्शनसहित चाँदनी चौकमा रहेको न्यू बिक्की हार्डवेयर पसल अगाडी शव राखेर प्रर्दशन गरेका हुन् । उनीहरुले ‘मजदुर मार्न पाइदैन, हत्यारा चाँडो पक्राउ गरि कारबाही गर, हत्या हिंसा बन्द गर, शान्ति सुरक्षा कायम गर’ लगायत नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

हार्डवेयरमा ५ जना कर्मचारी र ४ जना मजदुर कार्यरत थिए । उनीहरु सबै शनिबार छुट्टिमा बसेको र भट्टराई मात्र राती सुरक्षाको लागि खटिएको अवस्थामा उनको हत्या भएको हो । शरिरमा रड र धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा भट्टराईको शव फेला परेको थियो ।

उनको देव्रे आँखासमेत बाहिर निकालिएको छ । घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतक भट्टराईका श्रीमति, एक छोरा र एक छोरी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!