संगालोखबर सम्वाददाता

धनकुटा, १ भदौ । तामाङ पत्रकार संघ १ नम्वर प्रदेशको अध्यक्षमा सन्तवीर लामा चयन भएका छन् । धनकुटाको हिलेमा शुक्रवार सम्पन्न प्रथम भेलाले धनकुटाका पत्रकार लामाको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको हो ।

Advertisement

समितिको सचिवमा मकर तामाङ (भोजपुर) र कोषाध्यक्षमा फूलकुमारी तितुङ तामाङ (तेह्रथुम) चयन भएका छन् ।

समितिको सदस्यमा जेवी लामा (सुनसरी), तिलक तामाङ (झापा), अमित तामाङ (उदयपुर) मोहन तामाङ (संखुवासभा), धनकुमार तामाङ (सुनसरी) लगायत छन् ।

प्रदेश समितिमा ताप्लेजुङ्ग, पाँचथर, इलाम, मोरङ, ओखलढुङ्गा, खोटाङ्ग र सोलुखुम्वु जिल्लाबाट पनि १/१ जनालाई पछि चयन गर्ने गरी भेला सम्पन्न भएको नवनिर्वाचित प्रदेश अध्यक्ष लामाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!