धनकुटा, ३ चैत । जंगलमा लागेको आगो बस्तीमा पसेपछि धनकुटाको छथर जोरपाटी वडानम्वर चारमा पाँच घर जलेका छन् ।

Advertisement

आईतबार अपराह्न्न धनकुटाको छथर जोरपाटी वडा नम्वर ४ तेलियामा रहेको भन्ज्याङ्डाँडा सामुदायीक बनबाट फैलेको आगोले कर्कलेगाउँका ज्ञानबहादुर अधिकारी, भरत गिरि, तिलबहादुर भुजेल, इच्छामाया तामाङ्ग र सामटारे तामाङ्गको घर जलेर नष्ट भएको स्थानीय प्रदिप ओझाले जानकारी दिनुभयाे ।

नियन्त्रण बाहिर रहेको आगो मार्सेगाउँ तिर फैलदै गएको छ । पानी र पर्याप्त जनशक्ति नहुँदा हावाहुरीका कारण आगो ठुलो रुपमा फैलदै गएकाले नियन्त्रण वाहिर रहेको स्थानीयले बताएका छन् ।

आगोका कारण मार्से गाउँ र स्थानीय फुर्केसल्ला प्राथमिक विद्यालय जोखिममा समेत रहेको ओझाले टेलिफोन मार्फत जानकारी दिनुभएको छ । आगोले कर्कलेटोलमा वितरणका लागि लगिएको खाने पानीकाे पाईप पनि जलेर नष्ट भएको छ ।

न्यूज २४

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!