मङ्गलबारे, ९ चैत । इलामको देउमाई नगरपालिकाको चमैतामा स्थानीयवासीलाई एम्बुलेन्स प्रदान गरिएको छ । ‘चमैता सरोकार समाज’को संयोजनमा देश तथा विदेशमा रहेका चमैतावासीले आर्थिक सहयोग सङ्कलन गरी उक्त एम्बुलेन्स खरीद गरिएको हो ।

Advertisement

समाजको अगुवाइमा एक वर्षदेखि फेसबुक, ट्विटर, फोनमार्फत देश तथा विदेशमा रहेका चमैतावासीबाट रु १४ लाख ५० हजार सङ्कलन गरी एम्बुलेन्स खरीद गरिएको समाजका सचिव कमल श्रेष्ठले जानकारी दिनुभयो । रु १० लाखमा एम्बुलेन्स खरीद गरिएको हो । “बाँकी रकमले समाजको भवन निर्माण गर्ने योजना छ”, उहाँले भन्नुभयो । सो एम्बुलेन्स सेवाको नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोखरेलले उद्घाटन गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!