- संगालोखबर सम्वाददाता

विराटनगर, ०३ चैत । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादबले नोबेल शिक्षण अस्पताल गुणस्तरीय स्वास्थ्य उपचार केन्द्रका रुपमा बिकास हुँदै गएको बताएका छन् । नोबेल अस्पताल निरीक्षणका क्रममा आईतबारसाँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

Advertisement

नोबेल अस्पताल उच्च स्तरीय सेवा प्रवाहका हिसावले अघि बढ्दै गएको भन्दै मन्त्री यादबले उच्च स्तरीय स्वास्थ्य सेवाका क्षेत्रमा नोबेलको उज्वल भविश्य देखेको बताए । ‘नोबेल यो भेगका लागि महत्वपूर्ण एवं गुणस्तरीय उपचार केन्द्रको रुपमा विकास हुदै गएको छ,’ मन्त्री यादबले भने ।

सरकारी स्तरबाट मात्र सवै कुरा सम्भव हुन नसक्ने भन्दै उनले सरकारी र नीजी दुवै स्वास्थ्य सस्थालाई पार्टनरको रुपमा अघि बढाउँनुपर्ने आवश्यकता र सरकारी नीतिसमेत रहेको प्रतिक्रिया दिए ।

मन्त्री यादबलाई नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मा, नायव प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, अन्र्तराष्ट्रिय निर्देशक डा.निरञ्जन कुमार लगायतले अस्पतालका बारेमा जानकारी गराएका थिए ।

सो क्रममा मन्त्री यादबले नोबेल अस्पतालका बिभिन्न बिभागको निरीक्षण गरी बिरामी र बिरामीका आफन्तसँग कुराकानीसमेत गरेका थिए ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!