भोजपुर, ५ चैत । जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत भोजपुरबाट विसं २०५९ चैत ९ गते जबर्जस्ती करणी मुद्दामा तीन वर्ष तीन महीना कैद सजाय तोकिएका टेम्केमैयुङ गाउँपालिका–१ खम्बुखाका ५२ वर्षीय गजकुमार राईलाई पक्राउ गरेको हो ।

Advertisement

राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट गएको प्रहरी टोलीले जङ्गलमा रहेको गोठमा लुकीछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरेको हो । राईलाई अदालतको आदेशमा कैद भुक्तानका लागि कारागार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

त्यस्तै अदालतले अर्का एकलाई पुपक्र्षका लागि कारागार चलान गरेको छ । अदालतले भोजपुर नगरपालिका–२ हेलौछाका २२ वर्षीय सुजन राईलाई जबर्जस्ती करणी उद्योगमा पुपक्र्षका लागि कारागार चलान गरेको हो । राईले गत फागुन १० गते सोही ठाउँकी १५ वर्षीय बालिकालाई मन्दिरमा लगी करणी गर्न खोजेको प्रहरीले जनाएको छ । राईलाई पीडित बालिकाको उजुरीपछि गत फागुन ११ गते पक्राउ गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!