सहकारी संस्थाले उठायो घरबास

सहकारी संस्थाले उठायो घरबास

काठमाडौं । नियामक सरकारी निकाय सहकारी विभागले गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी तथा ऋणी नारायणप्रसाद राई र उनकी पत्नी शोभा राईबीचको हरहिसाब नगरिदिँदा राईदम्पतीको घरबासै उठेको छ । विभागले अदालत तथा सहकारी बोर्डले दिएको आदेशसमेत पालना नगर्दा गोरखा सहकारीले तीन रोपनी ५ आना जग्गा जफत गरेपछि राईदम्पतीको घरबास उठेको हो । उक्त सहकारीले किर्ते कागज बनाएर ठगेको आरोप राईदम्पतीले लगाएका छन् । ‘हामीले ऋण चु...
आईतवारदेखि देशभर नयाँ स्थानीय संरचना, गाविस र जिविस विघटन हुने

आईतवारदेखि देशभर नयाँ स्थानीय संरचना, गाविस र जिविस विघटन हुने

काठमाडौं । नयाँ संरचनाअनुसार मुलुकभरि आइतबारदेखि ७ सय ४४ वटा स्थानीय तह कायम हुनेछ । सोही दिनदेखि हाल कायम सबै स्थानीय निकाय गाविस र जिविस विघटन हुनेछन् । नयाँ संरचनामा ७ सय ४४ वटा स्थानीय तह (गाउँपलिका र नगरपालिका) हुनेछन् । संविधानअनुसार स्थानीय तह पुनसंरचना कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका स्थानीय विकास अधिकारीलाई बिहीबार निर्देशन द...
स्ववियु निर्वाचन गराउँन माग गर्दै सर्वोच्चमा रिट

स्ववियु निर्वाचन गराउँन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । स्ववियु निर्वाचनको माग गर्दै आयुर्वेद क्याम्पस कीर्तिपुरमा अध्ययनरत एक विद्यार्थीले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन आयोगको परिपत्रका कारण त्रिभुवन विश्वविद्यालयबाट घोषित स्ववियु निर्वाचन अनिश्चित देखिएको भन्दै आयुर्वेद क्याम्पस कीर्तिपुरमा पूर्व निर्धारित तालिका अनुसार चैत १ गते गर्न आदेशको मागसहित अर्घाखाँची, मरेङ्ग स्थायी घर रहेका उक्त क्याम्पसमा स्नातक दोस्रो ...
राष्ट्रपतिले मन्दिर उद्घाटन गर्नेवित्तिकै पूर्वराजाले गरे पूजा

राष्ट्रपतिले मन्दिर उद्घाटन गर्नेवित्तिकै पूर्वराजाले गरे पूजा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवलपरासीमा मंगलबार शाश्वत धाम उद्घाटन गरिन् । लगत्तै पूर्वराजा ज्ञानेन्द्रले त्यही मन्दिरमा पूजा गरे । एउटै कार्यक्रममा फरकफरक समयमा उपस्थित भएर उनीहरूले आ–आफ्नो भूमिका पूरा गरे । नवलपरासीको देवचुली नगरपालिका– २ दुम्कौलीस्थित चौधरी उद्योग परिसरमा निर्माण गरिएको धाम उद्घाटन गर्न राष्ट्रपति भण्डारी बिहान १० बजे पुग्ने कार्यक्रम थियो । तर, उनको हेलिकोप्टर न...
नेपाल लोडसेडिङमुक्त हुँदै, चैतबाट देशभर लोडसेडिङ नहुँने

नेपाल लोडसेडिङमुक्त हुँदै, चैतबाट देशभर लोडसेडिङ नहुँने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक सातापछि मुलुकभर लोडसेडिङ नगर्ने भएको छ । प्राधिकरणले परिक्षणको रुपमा मुलुकलाई लोडसेडिङमुक्त बनाउने तयारी भइरहेको जनाएको छ ।  चैत ३ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षा (एसएलसी) लाई लक्षित गरी चैतको सुरुदेखि नै आन्तरिक रुपमा विद्युत् व्यवस्थापन गरी परीक्षणको रुपमा देशलाई लोडसेडिङमुक्त बनाउने भएको हो । आजको कारोबार दैनिकमा समाचार छ । प्राधिकरणको कार्यका...
पशुपतिनाथ मन्दिर जोखिममा, मन्दिर क्षेत्रको जमिन निरन्तर बग्दै

पशुपतिनाथ मन्दिर जोखिममा, मन्दिर क्षेत्रको जमिन निरन्तर बग्दै

काठमाडौँ ।  पशुपति क्षेत्रको जमिन निरन्तर बगिरहेको छ ।  जमिन निरन्तर बगिरहेकाले वाग्मती नदीका पूर्व र पश्चिम किनाराका कतिपय शिवलिङ्ग माथि उठेका र कतिपय मन्दिर धसिइरहेका छन् । त्रिभुवन विश्वविद्यालयका भूगर्भविद् सहप्राध्यापक डा. रञ्जनकुमार दाहालले पशुपति क्षेत्र, श्लेष्मान्तक वन, गुह्येश्वरी क्षेत्रमा देखिएका खाडल, दरार परेका जमिनले त्यो क्षेत्र बगिरहेको पुष्टि भएको बताउनुभयो । जमिन बगेकै कारण पश...
नेपाली खगोलविद्लाई पहिलो सफलता, युवा खगोलविदले पत्ता लगाए क्षुद्र ग्रह

नेपाली खगोलविद्लाई पहिलो सफलता, युवा खगोलविदले पत्ता लगाए क्षुद्र ग्रह

काठमाडौँ । नेपाली खगोलविद्लाई क्षुद्र ग्रह पत्ता लगाउने काममा पहिलो सफलता मिलेको छ ।  विदेशी प्रारम्भिक तथ्याङ्कको विश्लेषणका आधारमा नेपाली युवा खगोलविद् क्षुद्र ग्रहको प्रारम्भिक पहिचान गर्न सफल भएका हुन् । अमेरिकाको हवाईस्थित पानोरामिक सर्भे टेलिस्कोप तथा ¥यापिड रेस्पोन्स सिस्टम (प्यान्स्टार्स) ले खिचेका एक लाख आठ हजार तस्बिरको अध्ययनबाट नेपाली खगोलविद्ले उपलब्धि हासिल गरेका हुन् । नेपाल एस्ट्...
स्थानीय तहको चुनावी रौनक बढ्दै, निर्वाचन केन्द्रित गतिविधिमा दलहरू

स्थानीय तहको चुनावी रौनक बढ्दै, निर्वाचन केन्द्रित गतिविधिमा दलहरू

काठमाडौं । स्थानीय तहको निर्वाचन मिति घोषणासँगै राजनीतिक दलहरूका चुनावकेन्द्रित गतिविधि प्रतिस्पर्धात्मक दिशातिर अग्रसर हुन थालेका छन् ।  वैशाख ३१ को स्थानीय तह निर्वाचन हुन अब ७० दिनमात्र बाँकी छ ।  निर्वाचन आयोगले चुनावको कार्यतालिका कार्यान्वयनमा ल्याएको छ ।  राजनीतिक दलहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव लक...
श्रम तथा रोजगार मन्त्रालयबाटै फाइल गायब, श्रम सहचारी नियुक्तिमा अन्योल

श्रम तथा रोजगार मन्त्रालयबाटै फाइल गायब, श्रम सहचारी नियुक्तिमा अन्योल

काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयबाटै कार्यविधिको फाइल हराएपछि श्रम सहचारी नियुक्तिमा अन्योल भएको छ । कामका लागि विश्वका विभिन्न मुलुक पुगेका श्रमिकलाई आवश्यक सेवा पुर्‍याउन श्रम सहचारी नियुक्त गर्ने चलन छ । पछिल्लो समय श्रम सहचारी को हुने ? भन्ने विषयमा कर्मचारीमै विवाद हुन थालेपछि अघिल्लो बर्ष श्रम सहचारी नियुक्तिलाई सहज बनाउन कार्यविधि तयार गरिएको थियो । तत्कालिन श्रम तथा रोजगार मन्त्री ...
टिपर चालकको ‘लापरबाही’ले धेरै दुर्घटना

टिपर चालकको ‘लापरबाही’ले धेरै दुर्घटना

काठमाडौं । फागुन १३ गते पेप्सीकोला जाँदै गरेको बा ३ ख ९१२० नम्बरको टिपरले बा ६९ प ४०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सन्तोषसिंह कार्की गम्भीर घाइते भए । फागुन १२ गते बालाजुबाट लैनचौर जाँदै गरेको बा ३ ख ४५७९ नम्बरको टिपर ट्याक्सीमाथि पल्टिँदा २२ बर्षीय श्यामबहादुर प्रधान गम्भीर घाइते भए । त्रिवि शिक्षण अस्तालमा उपचारको क्रममा उनको मृत्यु भयो । फागुन १ गते थानकोटबाट कलंकी आउँदै...
प्रहरी जवानले नै गरे बलात्कारपछि हत्या

प्रहरी जवानले नै गरे बलात्कारपछि हत्या

काठमाडौं । जाजरकोटको भेरीमालिका नगरपालिका-४, बोहराकी २४ वर्षीया राधिका सुनारको २२ माघमा बलात्कारपछि प्रहरी जवानले हत्या गरेको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान कमल सुनारले ती महिलालाई प्रेमजालमा पारेर घरबाट एक किलोमिटर टाढा पासागाढ खोलामा लगी बलात्कारपश्चात् हत्या गरेको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। हत्यामा संलग्नलाई सर्वस्वसहित आजीवन कारावासक...
जेलभित्रैबाट चार विषयमा स्नातकोत्तर

जेलभित्रैबाट चार विषयमा स्नातकोत्तर

काठमाडौं ।  ‘१५ वर्ष जेल। पाँच लाख जरिबाना’, २३ बर्षे ठिटोले यो सजाय सुनेपछि के सोच्ला ? ‘सक भएँ। तर मेरा लागि यो सामना गर्नुको विकल्प थिएन । माथिल्लो अदालतले न्याय दिन्छ भन्ने आशा बाँकी नै थियो’, टोलाइरहेका लक्ष्मण थापाले भने । २०६७ सालमा काठमाडौं जिल्ला अदालतले लागूपदार्थ बेचबिखनको अभियोगमा फैसला गर्दा थापाले पुर्पक्षमै लगभग साढे चार वर्ष कारागार जीवन बिताइसकेका थिए । लागूपदार्थ बेचबिखनको आरो...
दुर्गा तिवारी हत्या प्रकरणः युवा संघले जोडेको मित्रता दुस्मनी हुँदै हत्यासम्म

दुर्गा तिवारी हत्या प्रकरणः युवा संघले जोडेको मित्रता दुस्मनी हुँदै हत्यासम्म

काठमाडौं । युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या भएको झन्डै साढे दुई महिनापछि प्रहरीले अनुसन्धान सकेको छ । अहिलेसम्म सातजना पक्राउ परिसकेका छन् । तर, मुख्य योजनाकार र सुटरसहित पाँचजना अझै फरार छन् । तिवारीको ४ पुस दिउँसै गोली हानी हत्या गरिएको थियो । मनोज पुन हत्याको मुख्य योजनाकार भएको प्रहरीको भनाइ छ । हत्याको केही समयपछि नै मनोजले केही स्थानीयलाई फोन गरेर हत्याको जिम्मेवारी लिएको ...
धेरैबेर फोनमा कुरा गर्दा श्रवणशक्ति गुम्न सक्छ !

धेरैबेर फोनमा कुरा गर्दा श्रवणशक्ति गुम्न सक्छ !

काठमाडौं ।  तपाईँ घन्टौं फोनमा कुरा गर्नुहुन्छ वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्नुहुन्छ ?  बेलैमा सचेत हुनुहोस्, श्रवणशक्ति गुम्न सक्छ । यस्तो बानी परेका मानिसमा उमेर नपुग्दै कान नसुन्ने, कान बज्ने तथा कम सुन्नेलगायतका समस्या पाइएको छ । उपचार गर्न अस्पातल पुगेका कानका बिरामीमा यस्तो समस्या देखिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज इएनटी विभागका कानरोग विशेषज्ञ डा. रवीन्द्रनाथ प्राधांगका ...
नेपालबाट दुई वर्षभित्र खाना पकाउने एलपी ग्यास हटाउने तयारी

नेपालबाट दुई वर्षभित्र खाना पकाउने एलपी ग्यास हटाउने तयारी

काठमाण्डौ । ऊर्जामन्त्री जनार्दन शर्माले दुई वर्षभित्र खाना पकाउने ग्यास (एलपी) हटाउने गरी सरकारले स्वदेशी ऊर्जा उत्पादन तथा खपतलाई उच्च प्राथमिकतामा राखेर नीति बनाइरहेको बताएका छन् । जलस्रोत तथा उर्जा पत्रकार समाज (वारेज) नेपालद्वारा बुधबार राजधानीमा ‘नेपालको पानी जनताको लगानी’ तथा ‘ऊर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी कार्ययोजना’ को प्रगतिबारे आयोजित अन्तरक्रियामा ऊर्जामन्त्री शर्म...
सुकुम्बासीलाई बसेकै ठाउँको लालपुर्जा दिइने

सुकुम्बासीलाई बसेकै ठाउँको लालपुर्जा दिइने

काठमाडौं । सरकारले सुकुम्बासी समस्या समाधानका लागि व्यवस्थित बसोबास आयोग गठन गरेको छ। आयोगले आवश्यक अध्ययनपछि सुकुम्बासीलाई अहिले बसोबास गरिरहेकै स्थानको लालपूर्जा दिनेछ । व्यवस्थित बसोबास आयोग गठन गर्न भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले मन्त्रिपरिषदबाट ९ फागुनमा स्वीकृत गराएका थिए । राजपत्रमा प्रकाशित भएपछि बसोबास आयोगको कामले तीव्रता पाउने भूमिसुधार तथा व्यवस्था मन्त्रालयका उपसचिव ...
गृहजिल्लामा मनलाग्दी पैसा बाँड्दै अर्थमन्त्री महरा

गृहजिल्लामा मनलाग्दी पैसा बाँड्दै अर्थमन्त्री महरा

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो गृह जिल्ला रोल्पामा ६६ करोड रुपैयाँ थप पठाएका छन् । रोल्पा क्षेत्र नम्बन १ बाट निर्वाचित महराले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत पठाएको ६६ करोडमध्ये २२ करोड ४६ लाख रुपैयाँ जिल्लामा सञ्चालित ३२ वटा सडक आयोजनाका लागि हो ।  बाँकी ४३ करोड रुपैयाँ भने वर्षको बीचमा नयाँ कार्यक्रम बनाएन खर्च गर्न पठाइएको हो । जिल्ला विकास समिति...
आचारसंहिता पछि निर्वाचन आयोगलाई मन्त्रीहरुको प्रश्न- श्रीमती र छोराछोरीलाई भेट्न पनि नपाउने ?

आचारसंहिता पछि निर्वाचन आयोगलाई मन्त्रीहरुको प्रश्न- श्रीमती र छोराछोरीलाई भेट्न पनि नपाउने ?

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन प्रचारप्रसारमा जान नपाउने आचारसंहिता लागू गरेपछि मन्त्रीहरू असन्तुष्ट भएका छन् । आयोगले बुधबार गरेको छलफलमा मन्त्रीहरूले राजनीतिक दायित्व बन्देज गर्न खोजिएको आरोप लगाएका हुन् । निर्वाचनमा दुईवटा गाडी मात्रै प्रयोग गर्न पाउने आचारसंहिता जारी गरेकोमा पनि मन्त्रीहरूको असन्तुष्टि छ । आचारसंहिता लागू भएपछि जिल्ला सदरमुकामभन्दा बाहिर जान नपाउने व्यवस्थाप...
स्ववियु निर्वाचन : कहाँ को विजयी ? (सूचि सहित)

स्ववियु निर्वाचन : कहाँ को विजयी ? (सूचि सहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा बुधबार भएको स्ववियु निर्वाचनको परिणाम धमाधम आइरहेको छ । त्रिविका ठूला र आंगिक क्याम्पसमा विभिन्न संगठनका अवरोधले निर्वाचन हुन नसके पनि तुलनात्मक रूपमा कम विद्यार्थी भएका क्याम्पसको परिणाम आइरहेको छ । बुधबार राति १२ बजेसम्मको परिणामअनुसार कांग्रेसनिकट नेविसंघले ८४ क्याम्पसमा अध्यक्ष जितेको महामन्त्री सरोज थापाले दाबी गरे । त...
३३ किलो सुन तस्करीका चार जना नाइके पक्राउ

३३ किलो सुन तस्करीका चार जना नाइके पक्राउ

काठमाडौं । अन्तरराष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न चार नाइके पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइवीले मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ गरेको हो । सीआइबीका अनुसार उनीहरु ५५ दिनअघि बरामद साढे ३३ किलो सुन तस्करीमा संलग्न थिए । पक्राउ परेका मध्ये केहीले भारतमा सुन पठाउने र केहीले नेपालकै सुन पसलमा बेच्दै आएका थिए । ...
विवादित क्याम्पसको स्ववियु निर्वाचन क्याम्पस प्रशासनलाई जिम्मा

विवादित क्याम्पसको स्ववियु निर्वाचन क्याम्पस प्रशासनलाई जिम्मा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तरगत आज हुने स्ववियु निर्वाचनमा छुटेका क्याम्पसहरुको चुनाव अनुकुल समय मिलाएर सम्बन्धित क्याम्पस प्रशासनले गर्ने भएको छ । बाँकी क्याम्पसहरुमा आज चुनाव हुँदैछ । स्ववियु निर्वाचन परिचालन समितिकी संयोजक एवं शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीको भनाइ उधृत गर्दै अन्नपूर्णपोष्ट दैनिकले लेखेको छ- अब अर्को चुनाव ०७५ साल फागुन १४ गते मात्र गर्ने हो, अहिले छुटेका क्याम्पसले...
काठमाडौंमा स्वाइन फ्लुका बिरामी फेला परे

काठमाडौंमा स्वाइन फ्लुका बिरामी फेला परे

काठमाडौं । राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएका एकजना विरामीमा स्वाइन फ्लु भाइरस फेला परेको छ । गोरखापत्र दैनिकमा प्रकाशित समाचार अनुसार अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ती बिरामीको रुघाखोकी निको नभएपछि स्वाइन फ्लुको भाइरस भेटिएको हो । कोही पनि बिरामीमा खोकी लागिरहेमा, घाँटी खस्खसाइरहेमा एवं १० दिनसम्म पनि कडा ज्वरो आइरहेमा चिकित्सिककहाँ जान डा. पुन...
स्ववियु निर्वाचन अन्योलमा : कुन क्याम्पसमा किन रोकियो मनोनयन ?

स्ववियु निर्वाचन अन्योलमा : कुन क्याम्पसमा किन रोकियो मनोनयन ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित १८ फागुनमा नै मतदान हुने गरी कार्यतालिका संशोधन गरेर चुनावी प्रक्रिया अघि बढाए पनि स्ववियु निर्वाचन अन्योलमा परेको छ । उपत्यकाका केही क्याम्पसबाहेक निर्धारित कार्यतालिकाअनुसार आइतबार उम्मेदवारी मनोनयन दर्तासमेत हुन सकेन । केही क्याम्पसमा आगजनी, तोडफोड र झडप भए ।वाल्मीकि क्याम्पसमा आफ्नो उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न माग गर्दै ...
बिबादास्पद भएपछि आशा र शर्मिलाको नाम राजदूतबाट फिर्ता

बिबादास्पद भएपछि आशा र शर्मिलाको नाम राजदूतबाट फिर्ता

काठमाडौं । सरकारले युएई र ओमानका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता लिएको छ । मन्त्रिपरिषको बैठकले कांग्रेसको कोटाबाट युएईका लागि सिफारिस भएकी आशाकुमारी लामा र फोरम लोकतान्त्रिकको कोटाबाट ओमानका लागि सिफारिस भएकी शर्मिला पराजुली ढकालको नाम फिर्ता लिइएको हो । यी दुई रजदूतबारे बिबादास्पद प्रसंग तथा तथ्यहरु बाहिर आएकाले उनीहरुको सिफारिस फिर्ता लिइएको श्रोतलाई उल्लेख गर्दै अन्नपूर्ण ...
आर्थिक प्रतिवेदन नबुझाउने ३० दललाई १०० रुपैयाँ जरिवाना तिराईने

आर्थिक प्रतिवेदन नबुझाउने ३० दललाई १०० रुपैयाँ जरिवाना तिराईने

काठमाडौं । निर्वाचन आयोगले तोकिएको म्यादभित्र कानूनअनुसार आयव्यय बिबरणको बार्षिक प्रतिवेदन पेश नगर्ने तीस राजनीतिक दललाई सय रुपैयाँका दरले जरिवाना तिराउने निर्णय गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०५८ को दफा १६ अनुसार ती राजनीतिक दललाई जरिवाना तिराउने तयारी भएको समाचार आजको गोरखापत्र दैनिकमा छ । दललाई जरिवाना तिर्न सात दिनको समय दिइएको छ । आयोगको शुक्रबार बसेको बैठकले स्पष्टीकरण पेश गर्न समयदिइ...
हाँस र कुखुरामा बर्डफ्लु देखिएपछि पोखरामा संक्रमणकाल घोषणा

हाँस र कुखुरामा बर्डफ्लु देखिएपछि पोखरामा संक्रमणकाल घोषणा

पोखरा । एक परिवारले पालेको हाँस र कुखुरामा बर्डफ्लु देखिएपछि पोखरामा संक्रमण काल घोषणा गरिएको छ । पोखरा-१८ खाल्टेमसिनाकी मीना परियारको घरका कुखुरा र हाँस बर्डफ्लुले मरेको पुष्टि भएपछि संक्रमण काल घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) संयोजकत्वको बर्डफ्लु समन्वय समितिले खाल्टेमसिना वरपर पशुपन्छी ओसारपसार लगायत गतिविधिमा रोक लगाउने निर्णय गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । फागुन ६ गते...
रिचार्जमा नेपालीको बार्षिक १८ अर्व खर्च

रिचार्जमा नेपालीको बार्षिक १८ अर्व खर्च

काठमाडौं । नेपालीले टेलिफोनमा मासिक न्यूनतम तीन सय रुपैयाँ खर्च गर्ने गरेका छन् । नेपालका प्रमुख दुरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलका ग्राहकले औसतमा न्यूनतम तीन सय रुपैयाँ खर्च गर्ने गरेको तथ्यांक सम्बन्धित कम्पनीले दिएको छ । नेपाल टेलिकमका सबैभन्दा बढी सिमकार्ड प्रयोगकता प्रिपेडमा छन् । उपभोक्ताले न्युनतम मासिक तीन सय रुपैयाँ खर्च गर्ने गरेको टेलिकम स्रोतले जानकारी दिएको छ । टेलिकमक...
यस्ता छन् स्ववियु निर्वाचनका छात्रा उम्मेदवार

यस्ता छन् स्ववियु निर्वाचनका छात्रा उम्मेदवार

काठमाडौं । यतिबेला विद्यार्थी संगठनहरु स्ववियुका उम्मेदवार छनोटमा व्यस्त छन् । केही विद्यार्थी संगठनले स्ववियु अध्यक्षको उम्मेदवार छनोट गरिसकेका छन् भने भने केहीले छनोट गर्न बाँकी छ । उम्मेदवार घोषणा गरिसकेका र गर्ने तयारीमा भएका सानादेखि ठूला संगठनमा पनि अध्यक्षको उम्मेदवारमा छात्राको संख्या न्यून छ । दुई ठूला संगठन अनेरास्ववियु र नेविसंघले अझै उम्मेदवार छान्न सकेका छैनन् । नामावली तयार...
पूर्वराष्ट्रपति यादवलाई मासिक २ लाख घरभाडा

पूर्वराष्ट्रपति यादवलाई मासिक २ लाख घरभाडा

काठमाडौं । सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई मासिक २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्थासहित संसदमा विधेयक दर्ता गरेको छ । पूर्वपदाधिकारीको सेवा, सुविधा बढाउने विधेयकमा पूर्वराष्ट्रपतिलाई मासिक घरभाडा २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ । त्यस्तै उपराष्ट्रपतिलाई मासिक ७५ हजार र अन्य पूर्वपदाधिकारीलाई पनि मासिक ७५ हजार उपलब्ध गराउने व्यवस्थासहितको विधेयक संसदमा दर्ता भएको राजध...
आचारसंहिता लागू हुनु अघि कर्मचारी सरुवा गर्ने तयारी

आचारसंहिता लागू हुनु अघि कर्मचारी सरुवा गर्ने तयारी

काठमाण्डौ । निर्वाचन आयोगले केही दिनभित्रै आचारसंहिता लागू गर्ने तयारी गरेपछि सरकारले कर्मचारी सरुवा गर्ने तयारी गरेको छ ।  सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै निर्वाचन आयोगले तयारी तीव्र बनाएको छ। आयोगले बिहीबार स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि छिट्टै आचारसंहिता पनि लागू गर्ने भएकाले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला ...
ट्यांकर चालकको धम्कीले पेट्रोल पम्पमा लाइन

ट्यांकर चालकको धम्कीले पेट्रोल पम्पमा लाइन

काठमाडौं । ट्यांकर चालकले हड्तालको तयारी गर्दा उपत्यकामा इन्धन आपुर्ति प्रभावित भएको छ । गत शुक्रबार एक दिन उपत्यकामा इन्धन आपुर्ति ठप्प पारेका चालकहरुले माग सुनुवाइ नभए फागुन १५ देखि हड्ताल गर्ने प्रचार गरेका छन् । प्रचारका कारण उपभोक्ता इन्धनको स्टक राख्न थालेका छन् र पम्पहरुमा बढी लाइन देखिन थालेको छ । आफूहरुले डेढ महिनादेखि १५ बूँदै माग राखेको तर सुनुवाइ नभएकाले हड्तालमा उत्रनुपरेको उनीहरु...
error: Content is protected !!