काठमाडौं ।  ‘१५ वर्ष जेल। पाँच लाख जरिबाना’, २३ बर्षे ठिटोले यो सजाय सुनेपछि के सोच्ला ? ‘सक भएँ। तर मेरा लागि यो सामना गर्नुको विकल्प थिएन । माथिल्लो अदालतले न्याय दिन्छ भन्ने आशा बाँकी नै थियो’, टोलाइरहेका लक्ष्मण थापाले भने ।

Advertisement

२०६७ सालमा काठमाडौं जिल्ला अदालतले लागूपदार्थ बेचबिखनको अभियोगमा फैसला गर्दा थापाले पुर्पक्षमै लगभग साढे चार वर्ष कारागार जीवन बिताइसकेका थिए । लागूपदार्थ बेचबिखनको आरोपमा बानेश्वरबाट पक्राउ परेका लक्ष्मणको उमेर त्यतिबेला १९ वर्ष मात्रै थियो । त्यसयता उनले जेलबाहिरको संसार देखेका छैनन् । बानेश्वरका लक्ष्मण हुनेखाने परिवारका एक्ला छोरा हुन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

मेरो तनाव एकातिर थियो, बाबुआमाको अर्कातिर । एक्लो छोरो जेल पर्दा उहाँहरूलाई कस्तो लाग्यो होला, म अनुमान गर्न सक्थें । गाउँसमाजले के भन्छ होला, म सोच्न सक्थें’, नक्खु कारागारमा रहेका उनले भने, ‘बुबाआमा निकै चिन्तित हुनुहुन्थ्यो । जे भयोभयो भनेर सम्झाउनुहुन्थ्यो । यस्तो स्थितिमा पढ्नुपर्छ भनेर घरबाट दबाब आयो।’ बाबुआमाले किन त्यसो गरे, उनले निकै पछि मात्र बुझे ।

उनी अहिले पढाइका ‘एडिक्ट’ बनेका छन् । जेलभित्र पढन्ते भनेर चिनिन्छन् उनी । जेलबाटै स्नातकदेखिको पढाइ अगाडि बढाएका लक्ष्मणले राजनीतिशास्त्र, इतिहास, ग्रामीण विकास र समाजशास्त्रमा स्नातकोत्तर गरिसकेका छन् । समाजशास्त्रमा शोधपत्र लेख्न बाँकी छ । यी सबै विषय उनले प्रथम श्रेणीमा नियमित पास गरेका हुन् ।

माजशास्त्रमा शोधपत्रको अंकबाहेक उनले ५९ प्रतिशतभन्दा बढी अंक ल्याएका छन्। अहिले कल्चरमा स्नातकोत्तर दोस्रो वर्षको परीक्षा दिने तयारी गर्दैछन्। पहिलो वर्षमा ५९ प्रतिशत अंक ल्याए । मेजर इङ्लिस र पपुलेसनमा पनि स्नातकोत्तर भर्ना भइसकेका छन् उनी । ‘जेल आउनेबित्तिकै राजनीतिशास्त्र र इतिहासमा स्नातकमा भर्ना भएँ । त्यसपछि क्रमशः दुवै विषयमा स्नातकोत्तर गरें । त्यसपछि ग्रामीण विकास र समाजशास्त्रमा’, उनले भने।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!