रेडस्टार झापा पाथीभरा गोल्डकपको फाइनलमा

रेडस्टार झापा पाथीभरा गोल्डकपको फाइनलमा

ताप्लेजुङ, १४ भदौ । रेड स्टार झापा ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको फाइनलमा पुगेको छ । टाइबेकरमा ४–३ गोल अन्तरले राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै रेड स्टार झापा फाइनलमा पुगेको हो । निर्धारित र अतिरिक्त समयमासमेत १/१ गोलको बराबरी भएपछि खेल टाइबेकरमा धकेलिएको थियो । रेड स्टारका लागि पदम लामा, विवेक पौडेल, भुषण लिम्बू र कर्ण लिम्बूले टाइबेकरमा गोल गरेका थिए । राष्ट्रिय जागृति क्लब इटहरीका...
दुई युवाको साहसिक प्याराग्लाइडिङ

दुई युवाको साहसिक प्याराग्लाइडिङ

सुर्खेत, १४ भदौ । आकाशमा दुईजना मान्छे चढेको चिलजस्तो केही जन्तु घुम्न थालेपछि तातोपानी गाउँपालिका–५ लाम्रा गाउँका स्थानीयवासी निकै दङ्ग परे । उनीहरु खेतबारी, चौर, बाटोघाटो र घरका छतबाट एकटक आकाशमा हेरिरहे । ती दुबै युवा साबिकको कुडारी गाविस एवं हालको तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँका ३३ वर्षीय लोकेश शाही र ३२ वर्षीय पदमबहादुर शाही थिए । पाँच वर्ष भारतको मनालीमा रहँदा प्याराग्लाइडिङसम्...
नेपाल युएइसँग ७८ रनले पराजित

नेपाल युएइसँग ७८ रनले पराजित

काठमाडौँ, १४ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएइले नेपाललाई २५५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ४८ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै १७६ रनमा समेटियो । यो नेपालको लगातार दोस्रो हार हो । यसअघि बुधबार...
एशिया कप क्रिकेट: नेपालसामु २५५ रनको लक्ष्य

एशिया कप क्रिकेट: नेपालसामु २५५ रनको लक्ष्य

काठमाडौँ, १४ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि २५५ रनको लक्ष्य पाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा टस हारेर पहिलो ब्याटिङ गरेको यूएइले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको छ । युएइका लागि ओपनर चिराग सुरीले सात चौका र एक छक्कासहित ६५ रन जोडे । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रनको योगदा दिए ...
एसिया कप छनोट: नेपाल–यूएइबीचको खेल शुरु

एसिया कप छनोट: नेपाल–यूएइबीचको खेल शुरु

काठमाडौँ, १४ भदौ । एसिया कप छनोटअन्तर्गत नेपाल–यूएइबीचको दोस्रो खेल शुरु भएको छ । मलेसियाको राजधानी क्यालालम्पुरमा शुरु भएको खेलमा नेपालले यूएइविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाललाई आजको दोस्रो खेल जित्नु आवश्यक छ । यूएइ र नेपाल दुवै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता प्राप्त देश हुन् । पारस खड्काको कप्तानीमा रहेको नेपाली खेलाडीमा सुवास खकुरेल, ज्ञानेन्...
प्रधानमन्त्रीद्वारा प्याराग्लाइडिङ खेलाडीलाई बधाई

प्रधानमन्त्रीद्वारा प्याराग्लाइडिङ खेलाडीलाई बधाई

काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एशियाली खेलकूद (एशियाड) मा रजत पदक जित्न सफल नेपाली प्याराग्लाइडिङ खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज साँझ ट्वीटमार्फत पदक विजेता टोलीलाई बधाई दिनुभएको हो । इण्डोनेसियामा जारी १८ औँ संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत पदक हात पारेको हो । एशियाडको ६७ वर्षे...
एसिया कप छनोट खेलमा नेपाल ओमानसंग सात विकेटले पराजित

एसिया कप छनोट खेलमा नेपाल ओमानसंग सात विकेटले पराजित

काठमाडौँ, १३ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो खेलमा नेपाल ओमनसँग सात विकेटले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । ओमानका लागि खवार अलीले अविजित ८४ रन बनाए । उनले ९६ बल खेल्दै ४ छक्का र ६ चौका हाने । कप्तान जीसन मक्सुदले अविजित ४५, भैभव वाटेगोन्करले ४१ तथ...
एशियाडः प्याराग्लाइडिङमा नेपाललाई रजत पदक

एशियाडः प्याराग्लाइडिङमा नेपाललाई रजत पदक

काठमाडौँ, १३ भदौ । एशियाली खेलकूद (एशियाड)मा पहिलो पटक सहभागिता जनाएको प्याराग्लाइडिङ खेलले नेपाललाई रजत पदक दिलाएको छ । एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो । इण्डोनेसियामा जारी १८औँ संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत हात पारेको हो । जाकार्तास्थित गुनुङ मास पुनकाकमा भएको खेलमा नेपालले रजतपदक पक्का गरेको...
प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना

प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना

काठमाडौँ, १३ भदौ । इण्डोनेसियामा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको अन्तिम चरणको खेल आज हुँदैछ । मङ्गलबार चौथो चरणको खेल समाप्त हुँदासम्म नेपाली पुरुष टोली दोस्रो स्थानमा पुगेको छ । आज अन्तिम दिनको प्रतिष्पर्धामा नेपालले अघिल्लो दिनसम्मको अवस्थालाई कामय राख्नसके १८औँ एशियाडमा पहिलो पदक प्याराग्लाइडिङमा जित्ने सम्भावना छ । मङ्गलबारको खेल सकिँदासम्म नेपाल...
एसियाकप छनोट : नेपालद्वारा ओमनसामु २ सय २३ रनको लक्ष्य प्रस्तुत

एसियाकप छनोट : नेपालद्वारा ओमनसामु २ सय २३ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, १३ भदौ । एसियाकप छनोट खेल खेलिरहेको नेपालले  ओमनसामु २ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२२ रन बनायो । ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपाल पहिलो ब्याटिङ गरेको थियो  । नेपालका लागि सागर पुनले सर्वाधिक रन बनाए ।  पुनले ८४ बलमा ६ चौका र २ छक्कासहित ८३ रन बनाए । नेपालको खातामा ज्ञानेन्द...
एशिया कप छनोट: नेपाल टस हारेर ब्याटिङ गर्दै

एशिया कप छनोट: नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौँ, १३ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ शुरु गरेको छ । ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा शुरु भएको खेलमा नेपालले यो समाचार तयार पार्दासमेत १६ ओभरमा ५६ रन जोड्दै दुई विकेट गुमाएको छ । सुवास खकुरेल चार, कप्तान पारस खड्का आठ रनमा आउट भएका छन् । नेपालका लागि ज्ञानेन्द्...
एन्फाद्वारा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु

एन्फाद्वारा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु

काठमाडौँ, १२ भदौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले तल्लो तहदेखि नै फुटबलको विकासका लागि ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच उक्त कार्यक्रमको शुभारम्भ गर्नुभयो । कार्यक्रमअन्तर्गत जिल्ला तहबाटै फुटबलको विकासका लागि एन्फाले विविध कार्यक्रमसमेत बनाएको छ । कार्यक्रम यही भदौ २७ गतेबाट औपचारिक शुरुव...
एशियाड: भलिबलमा नेपालद्वारा मङ्गोलिया पराजित

एशियाड: भलिबलमा नेपालद्वारा मङ्गोलिया पराजित

काठमाडौँ, १२ भदौ । इण्डोनेशियामा जारी १८ आँै एशियाली खेलकूद अन्तर्गत आज भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ । इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको हो । नेपालको एशियाड भलिबलमा यो पहिलो जित हो । यसअघिको समूह चरणको खेलमा नेपाल चाइनिज ताइपेई र दक्षिण कोरियासँग पराजित भएको थियो । नेपालले खेलको पहिलो सेट २८–...
एशिया कप छनोट – नेपाल ओमनसँग खेल्ने

एशिया कप छनोट – नेपाल ओमनसँग खेल्ने

काठमाडौँ १२ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा नेपालले ओमनको सामना गर्ने भएको छ । मलेसियामा भोलिदेखि सुरु हुने उक्त छनोट खेलमा नेपालले विजय लक्ष्यसाथ ओमनसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे बायुमास ओभल क्रिकेट मैदानमा हुनेछ ।एक दिवसीय खेलमा नेपाल र ओमन अहिलेसम्म पाँच पटक आमनेसामने भैसकेका छन् । नतिजा नेपालले पक्षमा तीन र ओमनले दुई खेलम...
एसियन गेम्स: नेपालको पदकविहीन यात्रा कायमै

एसियन गेम्स: नेपालको पदकविहीन यात्रा कायमै

काठमाडौँ, १२ भदौ । इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा छ । एशियाडमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा नेपाल यसपाली पदकविहीन हुँदा अन्य खेलमा पदक जित्ने आशा झनै कम हुँदै गएको छ । विगतका एशियाली खेलकूदमा नेपालले तेक्वान्दोबाट एक रजत र १३ कास्य, बक्सिङबाट छ कास्य र करातेबाट तीन कास्य जितेको थियो । जारी प्रतियोगि...
नेपाली क्रिकेट टोली मलेसियातर्फ

नेपाली क्रिकेट टोली मलेसियातर्फ

काठमाडौँ, ११ भदौ । एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली आज मलेसियातर्फ प्रस्थान गरेको छ । एशिया कप छनोट खेल आजदेखि मलेसियामा शुरु हुँदैछ । श्रीलङ्कामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास खेल खेलेपछि टोली आज मलेसिया प्रस्थान गरेको नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । नेपालले श्रीलङ्कामा रहँदा त्यहाँका श्रीलंका आर्मी, कोल्ट्स र ब्लुमफ...
पाथीभरा गोल्डकप: रेडस्टार झापा विजयी

पाथीभरा गोल्डकप: रेडस्टार झापा विजयी

ताप्लेजुङ, १० भदौ । ताप्लेजुङमा शुक्रबारदेखि जारी तेस्रो पाथीभरा गोल्डकपअन्तर्गत आज भएको तेस्रो खेलमा रेडस्टार क्लब झापा विजयी भएको छ । रेडहर्स क्लब इलामलाई २–१ गोल अन्तरले पराजित गर्दै झापा विजयी भएको हो । खेलको दोस्रो हाफको ११औँ मिनेटमा झापाका तर्फबाट मार्टिनले गोल गरेका थिए भने लगत्तै १५औँ मिनेटमा ग्लोरीले दोस्रो गोल गरेका थिए । दुई विदेशी खेलाडीले गरेको गोल नै झापाको जितका लागि सहज बन्यो । ...
एसियाडः चेलिमोलाई म्याराथनमा स्वर्ण पदक

एसियाडः चेलिमोलाई म्याराथनमा स्वर्ण पदक

जकार्ता, १० भदौ । इन्डोनेसियामा जारी एसियाडमा बहराइनकी विश्व च्याम्पियन धाविका रोज चेलिमोले प्रथम हुँदै स्वर्ण पदक जितेकी छिन् । केन्यामा जन्मिएकी धाविका चेलिमोले निर्धारित दूरी २ घण्टा ३४ मिनेट ५१ सेकेन्डमा पार गरेकी थिइन् । उनले निकटम प्रतिस्पर्धीहरु भन्दा ३ किलोमिटरको अग्रता बनाएर स्वर्ण पदक जितेकी हुन् । चेलिमोले सन् २०१६ को रियो दे जेनेरियोमा ओलम्पिक अघि केन्या छाडेर बहराइनको प्रतिनिधित्व...
एशियाली खेलकूद: भलिबलतर्फ नेपाल कोरियासँग पराजित

एशियाली खेलकूद: भलिबलतर्फ नेपाल कोरियासँग पराजित

काठमाडौँ, ८ भदौ । इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत भलिबलतर्फ आज भएको दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको छ । समूह ‘डी’ मा रहेको नेपाल आज सम्पन्न दोस्रो खेलमा दक्षिण कोरियासँग २५–१६, २५–१३ र २५–१४ मा पराजित भएको जकार्तामा रहनुभएका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिनुभयो । दुवै खेलमा पराजित नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपाल यसअघि बुधब...
नेपाली ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शन: ब्लुमफिल्डसामु ३२४ रनको लक्ष्य

नेपाली ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शन: ब्लुमफिल्डसामु ३२४ रनको लक्ष्य

काठमाडौँ, ८ भदौ । एशिया कप छनोटको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा त्यहाँको ब्लुमफिल्ड क्लबलाई जीतका लागि ३२४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर ३२३ रन बनायो । श्रीलङ्काको क्लब ब्लुमफिल्डविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङस खेले । दीपेन्द्रले ९६ बलमा १२१ रन बनाए । यस्तै सागर प...
फुटबलमा ‘जिपिएस ट्रयाकर’ विधि प्रयोग

फुटबलमा ‘जिपिएस ट्रयाकर’ विधि प्रयोग

काठमाडौँ, ८ भदौ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक आज ‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास शुरु गरेको छ । यही भदौ १९ गतेदेखि बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप प्रतियोगितालाई ध्यानमा राखेर ‘जिपिएस ट्रयाकर’ प्रयोग गरेर प्रशिक्षण गरिएको हो । अन्यत्र धेरै अगाडिबाट यसको प्रयोग गरिएपनि नेपाली फुटबलमा यो पहिलो पटक प्रयोग गरिएको हो । यो प्रविधिले साफको म...
एशियाली खेलकूद: नेपाल भलिबलमा दक्षिण कोरियासँग भिड्दै

एशियाली खेलकूद: नेपाल भलिबलमा दक्षिण कोरियासँग भिड्दै

काठमाडौँ, ८ भदौ । इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत नेपाल आज पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै छ । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपाल यसअघि पहिलो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ । जकार्तामा रहनुभएका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्ट अर्को चरण प्रवेश गर्नका लागि आजको खेल नेपालले जित्नैपर्ने दबाब रहेको बताउनुहुन्छ । एशियाली खेलकूदको पुरुष भलिब...
एसियाली खेलकुद: तेक्वान्दोमा नेपाल पदकविहीन

एसियाली खेलकुद: तेक्वान्दोमा नेपाल पदकविहीन

काठमाडौँ, ७ भदौ । एसियाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दोमा नेपाल पदकविहीन भएको छ । नेपालले एसियाडमा भाग लिएदेखि हालसम्म एक रजत र १३ कांस्य गरी १४ पदक जितेको छ । तेक्वान्दोको अन्तिम दिन आज दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले पहिलो चरणमा भुटानका जिग्मे वाङछुकलाई ३९–१७ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका थिए । प्रिक्वाटरफा...
एशियाली खेलकूद: दक्षिण एशियाली मुलुकको प्रदर्शन कमजोर

एशियाली खेलकूद: दक्षिण एशियाली मुलुकको प्रदर्शन कमजोर

काठमाडौँ, ७ भदौ । इण्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको आजसम्म आइपुग्दा केही राष्ट्रिय कीर्तिमानबाहेक नेपाली खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् । भारोत्तोलनमा कमलबहादुर अधिकारीले एक र सञ्जु चौधरीले तीनवटा राष्ट्रिय कीर्तिमान बनाउनुबाहेक अन्य स्पष्र्धामा नेपालको प्रदर्शन पहिलो र दोस्रो चरणबाटै समाप्त भएको छ । महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्क...
पुरुष भारोत्तोलनमा अधिकारीको नयाँ राष्ट्रिय कीर्तिमान

पुरुष भारोत्तोलनमा अधिकारीको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौँ, ६ भदौ ।  इण्डोनेशियामा जारी १८ औँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष भारोत्तोलनमा कमलबहादुर अधिकारीले आज नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । त्रिभुवन आर्मी क्लबसँग आबद्ध अधिकारीले पुरुष ६८ केजी तौल समूहमा स्न्याचमा ११९ केजी, क्लिन एण्ड जर्कमा १६० केजी गरी कूल २७९ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । यसअघि कमलले २०७१ मा स्न्याचमा ११८, क्लिन एण्ड जर्कमा १५५...
एशियाड: पौडीमा नेपालकी गौरिका सिंह २७ औँ स्थानमा रहँदै बाहिरिइन्

एशियाड: पौडीमा नेपालकी गौरिका सिंह २७ औँ स्थानमा रहँदै बाहिरिइन्

काठमाडौँ, ६ भदौ । इण्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाडअन्तर्गत आज भएको २०० मिटर फ्रिस्टायल पौडीतर्फ गौरिका सिंह हिट चरणबाट बाहिरिएकी छन् । हिट १ मा उनी सातौँ स्थानमा रहिन् । उनी हिट एकमा पहिलो भएको जापानकी इगारासी चिहिरोभन्दा १२.३२ सेकेण्डले पछि परिन् । यसअघि गौरिका १०० मिटर फ्रिस्टायलको पनि हिट चरणबाटै बाहिरिएकी हुन् । अब उनले शुुक्रबार महिला ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् ।...
१८ औँ एशियाड: भलिबलमा नेपाल पराजित

१८ औँ एशियाड: भलिबलमा नेपाल पराजित

काठमाडौँ, ६ भदौ । जकार्तामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत भलिबलमा नेपाल चाइनिज ताइपेइसँग सोझो सेटमा पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा नेपाल २५–२३ २५–२१ र २५–१५ ले पराजित भयो । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपालले दोस्रो खेल भदौ ८ गते दक्षिण कोरियासँग खेल्ने त्यहाँ रहेका टोली प्रशिक्षक जगदीश भट्टले जानकारी दिए । हारका बाबजुद नेपालले उत्कृष्ट प्रदर्शन गरेको ...
१८ औँ एसियाली खेलकुद : भारत्तोलनतर्फ सञ्जु चौधरीको तीनवटा नयाँ राष्ट्रिय कीर्तिमान

१८ औँ एसियाली खेलकुद : भारत्तोलनतर्फ सञ्जु चौधरीको तीनवटा नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौँ, ५ भदौ । इण्डोनेशिया जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत भारोत्तोलनतर्फ नेपालकी सञ्जु चौधरीले आज तीनवटा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कूल १५८ केजी तौल बहन गर्दै तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सञ्जुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । यसअघि नेपालगञ्जमा भएको एशियालयी खेलकूद छनोटम...
एशियाली खेलकूद: पौडीमा शिरीष गुरुङ ४६ औँ स्थानमा

एशियाली खेलकूद: पौडीमा शिरीष गुरुङ ४६ औँ स्थानमा

काठमाडौँ, ५ भदौ । एशियाली खेलकूदको पौडीमा नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा ४६ औँ स्थान हात पारेका छन् । कूल ५१ खेलाडी सहभागी उक्त स्पर्धामा शिरीषले निर्धारित दूरी २६.३३ सेकेण्डमा पूरा गरे । यो स्पर्धाको राष्ट्रिय कीर्तिमान शिरीषकै नाममा छ । उनको नाममा २५.८८ सेकेण्डको राष्ट्रिय कीर्तिमान छ । आजको खेलमा शिरिषले नयाँ राष्ट्रिय कीर्तिमानसमेत बनाउन सकेनने । आगामी बिहीबार शिरीषले १००...
बोल्टको म्यान्चेस्टर युनाइटेड सपना साकार होला ?

बोल्टको म्यान्चेस्टर युनाइटेड सपना साकार होला ?

गसफोर्ड, अस्ट्रेलिया, ५ भदौ । विश्वकै सर्वाधिक तिब्र गतिका धाबक उसैन बोल्टको म्यान्चेस्टर युनाइटेडबाट फूटबल खेल्ने सपना पूरा होलाजस्तो छ । यी प्रतिभाशाली धाबक बोल्ट अस्ट्रेलियाको सेन्ट्रल कोस्ट म्यारिनर्स क्बलमा आबद्ध भई पहिलो पटक तालिममा सहभागी भएका छन् । हिउँदको हल्का चिसो मौसम भएपनि ग्लोब र ट्राकसुटमा सजिएका यी जमैकाली खेलाडीले मैदानमा पहिलो अभ्यास गरेका छन् । अस्ट्रेलियाको ए–लीगमा रहेको म्य...
१८ औँ एशियाली खेलकूद: नेपाल क्वाटरफाइनलमा पराजित

१८ औँ एशियाली खेलकूद: नेपाल क्वाटरफाइनलमा पराजित

काठमाडौँ, ४ भदौ । १८ औँ एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टनको पुरुष समूहमा नेपाल क्वाटरफाइनलमा आज पराजित भएको छ । चाइनिज ताइपेइसँग ३–० ले नेपाल पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । पहिलो सिङ्गल्समा नेपालका रत्नजित तामाङ २१–१६ र २१–१३, दोस्रोमा नेपालका दिपेश धामी २१–५ र २१–११ तथा तेस्रोमा नेपालका नविन श्रेष्ठ २१–११ र २१–१० को सोझो सेटमा पराजित भएका थिए । ब्याडमिन्टनअन्तर्गत व...
error: Content is protected !!