पोखरा प्रिमियर लिग (पिपिएल)का लागि १९७ खेलाडी सूचीकृत

पोखरा प्रिमियर लिग (पिपिएल)का लागि १९७ खेलाडी सूचीकृत

काठमाडौँ, १२ असोज । आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन १७९ खेलाडीले नाम दर्ता गराएका छन् । पिपिएल आयोजक क्विन्स इभेन्ट्स प्रालिका अनुसार क्याप्ड सिनियरमा ३०, क्याप्ड एज लेभलमा ५७, र अनक्याप्डमा ९२ खेलाडीले नाम दर्ता गराएका छन् । क्विन्स इभेन्ट्सले पिपिएलमा सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक...
फ्रेन्ड्स क्लबको मुख्य प्रायोजक इन्भेष्टमेन्ट बैंक

फ्रेन्ड्स क्लबको मुख्य प्रायोजक इन्भेष्टमेन्ट बैंक

काठमाडौँ, १२ असोज । फ्रेन्ड्स क्लबलाई ‘ए’ डिभिजन लिग अवधिभरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ । शनिबारदेखि शुरु हुने ‘ए’ डिभिजन लिगका लागि बैंकसँग क्लबले सो सम्बन्धी सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकले क्लबलाई लिग अवधिभरका लागि रु १० लाख उपलब्ध गराउने छ । क्लबले बैंकको लोगो अङ्कित जर्सी लगाउनेछ । क्लबको सह–प्रायोजकको रुपमा पञ्चकन्या ग्रुप रहेको छ । सहमतिअनुसार प...
पिपिएलमा प्रतिस्पर्धा गर्ने छ टोली र छ मार्की खेलाडी घोषणा

पिपिएलमा प्रतिस्पर्धा गर्ने छ टोली र छ मार्की खेलाडी घोषणा

काठमाडौँ, ११ असोज । आगामी कात्तिक दोस्रो साता पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा भाग लिने छ टोली, स्वामित्व र मार्की (रणनीतिक) खेलाडीको टुङ्गो लागेको छ । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आज यहाँ पत्रकार सम्मेलन गरी प्रतियोगिता आगामी कात्तिक ९ देखि २० गतेसम्म हुने जानकारी दिएको छ । पिपिएल पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा हुनेछ । पिपिएलका लागि महत्वपूर्...
‘ए’ डिभिजन लिगमा २८ विदेशी खेलाडी

‘ए’ डिभिजन लिगमा २८ विदेशी खेलाडी

काठमाडौँ, ११ असोज । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदैछन् । लिगमा सहभागी १४ ‘ए’ डिभिजन क्लबमध्ये नौ टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । तीन विभागीय टोलीबाहेक बाँकी ११ क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । अहिलेसम्म च्यासल युथ क्लब र मछिन्द्र क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न सकेका छैनन् । लिगमा सहभागी २८ ...
यु–१८ स्कुल च्याम्पियनसिप: अफगानिस्तानविरुद्ध नेपालको १३ गोल

यु–१८ स्कुल च्याम्पियनसिप: अफगानिस्तानविरुद्ध नेपालको १३ गोल

काठमाडौँ, १० असोज । भारतमा जारी ४६औँ एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ । भारतको आग्रामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १३–१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा दिनेश हेन्जनले चार गोल गरे । बुद्ध तामाङले ह्याट्रिक गरेको खेलमा रितिक खड्काले दुई, नितिन थापा, जय गुरुङ, अशिम गुरुङ र अनिल महर्जनले एक एक गोल गरे । ...
यू–१८ महिला टोलीको बिदाइ

यू–१८ महिला टोलीको बिदाइ

काठमाडौँ, ९ असोज । यही असोज १२ देखि २२ गतेसम्म भुटानमा आयोजना हुने यू–१८ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फामा आज आयोजित कार्यक्रममा नेपाली टोलीलाई एन्फा कार्यवाहक अध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष पङ्कजविक्रम नेम्बाङ, महिला कमिटीका अध्यक्ष वृन्दा देवान, तेक्वान्दोकी ओलम्पियन सङ्गीना वैद्यलगायतले बिदाइ गरे । बी...
यू–१८ साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

यू–१८ साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौँ, ९ असोज । दक्षिण एशियाली फुटबल महासङ्घको आयोजनामा भूटानमा हुने साफ १८ वर्षमुनि (यू–१८) महिला च्याम्पियनसिपको खेलतालिका आज सार्वजनिक भएको छ । यही असोज १२ गतेदेखि हुने उक्त च्याम्पियनसिपमा दक्षिण एशियाका विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा श्रीलङ्का भने सहभागी छैन । नेपाल भने समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा बङ्गलादेश र पाक...
यू–१८ स्कुल च्याम्पियनसीप फुटबल: नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित

यू–१८ स्कुल च्याम्पियनसीप फुटबल: नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित

काठमाडौँ, ९ असोज । भारतमा जारी ४६ औँ संस्करणको एशियन १८ वर्षमुनि (यू–१८) स्कुल च्याम्पियनसीपमा नेपालले आज चीनलाई पराजित गर्दै विजयी भएको छ । भारतको आगरामा भएको खेलमा नेपालले चीनलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि दुई खेल खेलेको नेपालले दुवै खेलमा हार बेहोरेको थियो । नेपाल थाइल्याण्डसँग २–० र इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो । नेपालको जि...
बङ्गबन्धु गोल्डकप: आजदेखि बन्द प्रशिक्षण

बङ्गबन्धु गोल्डकप: आजदेखि बन्द प्रशिक्षण

काठमाडौँ, ९ असोज । बङ्गलादेशको राजधानी ढाकामा यही असोज १५ गतेदेखि शुरु हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि बन्द प्रशिक्षण थालेको छ । एन्फा मैदान सातदोबाटोमा शुरु भएको उक्त प्रशिक्षणमा विराज महर्जनको कप्तानीमा २० खेलाडी सहभागी रहेको नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जजनले जानकारी दिए । साविक विजेता भएका कारण नेपालले यसपटक सोझै बङ्गबन...
नेपाललाई करातेमा रजत पदक

नेपाललाई करातेमा रजत पदक

काठमाडौँ, ९ असोज । ‘ब्रिटिस ओपन इन्टरनेशनल कराते प्रतियोगिता’मा नेपालले पुरुष टिम कुमुतेमा रजत पदक । जितेको छ । ब्रिटिस कराते फेडरेसनको आयोजनामा बेलायतको लेस्टरमा सोमबार सम्पन्न प्रतियोगितामा नेपालका विनोद शाक्य गुभाजु, विप्लवलाल श्रेष्ठ र सोनाम लामाले प्रतिस्पर्धा गरेका थिए । स्कटल्याण्डका खेलाडीलाई पराजित गर्दै सो समूह फाइनमा पुगेको हो । प्रशिक्षकको भूमिकामा समेत रहनुभएका शाक्यका अनुसार सोनामल...
क्रोएसियाका लुका मोड्रिच फिफा वर्ष खेलाडी

क्रोएसियाका लुका मोड्रिच फिफा वर्ष खेलाडी

काठमाडौँ, ९ असोज । क्रोएसियाका प्रतिभावान फुटबलर लुका मोड्रिच सन् २०१८ को फिफा वर्ष खेलाडी बन्न सफल भएका छन् । मोड्रिचले यो उपाधि जितेसँगै क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीबीचको साम्राज्य पनि तोडिएको छ । लण्डनमा भएको वर्ष खेलाडी घोषणा कार्यक्रममा ३३ वर्षीय मोड्रिचले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इजिप्टका मोहम्मद सलाहलाई पछि पार्दै उक्त उपाधि उचाल्न सफल भएका हुन् । मोड्रिचको कप्तानीमा...
एन्फा निर्वाचनमा अनियमितता, आरोप प्रमाणित गर्न चुनौती

एन्फा निर्वाचनमा अनियमितता, आरोप प्रमाणित गर्न चुनौती

काठमाडौँ, ८ असोज । अखिल नेपाल फुटबल सङ्घ एन्फाको गत वैशाखमा भएको निर्वाचनमा लाखौँ रकम अनियमितता भएको आरोप लगाइएको छ । एन्फा निर्वाचन भएको करिब पाँच महिनापछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका पूर्वउपाध्यक्ष मणि कुवँरले वर्तमान नेतृत्वले मतदातालाई प्रत्यक्षरुपमा पैसा बाँड्ने काम गरेको, चुनावलगत्तै मतदातालई युरोप भ्रमणमा लगेको, न्यायालयलाई समेत प्रभावित पार्ने काम गरेको आरोप लगाए । एन्फा न...
साँगुरीगढीमा खोलाको बगरमा खेल मैदान (भिडियोसहित)

साँगुरीगढीमा खोलाको बगरमा खेल मैदान (भिडियोसहित)

धनकुटा, ८ असोज ।  धनकुटाको साँगुरीगढी गाँउपालिकाले स्थानको अभाव देखाउदै खोलाको बगरमा खेलमैदान निर्माण गरेको छ । सो गाँउपालिकाको वडा नं.४ को फेदी स्थित लेउती खोलामा खेल मैदान निर्माण सुरु गरेको जनाईएको छ । गत आर्थिक वर्ष गाँउपालिकाले करिब ३ लाख रुपैया“ विनियोजन गरेर बगर सम्याउने काम गरेको वडाध्यक्ष खड्ग लिम्बुले जानकारी दिए । मैदानमा ढुंगा गिटी भएका कारण खेल खेल्न सहज नभएको खेलाडीको गुनासो छ । ...
बङ्गबन्धु गोल्डकपमा नेपालको पहिलो भेट ताजाकिस्तानसँग

बङ्गबन्धु गोल्डकपमा नेपालको पहिलो भेट ताजाकिस्तानसँग

काठमाडौँ, ८ असोज । यही असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल ताजाकिस्तानसँग खेल्ने भएको छ । खेल तालिकाअनुसार समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल असोज १६ गते ताजाकिस्तान र दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह ‘ए’मा नेपालसहित प्यालेस्टाइन र ताजाकिस्तान छन् । समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् । नेपाली खेलकुद टोली ...
राष्ट्रिय टोलीका खेलाडी ६ क्लबमा अनुबन्ध

राष्ट्रिय टोलीका खेलाडी ६ क्लबमा अनुबन्ध

काठमाडौँ, ८ असोज ।  यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् । लिग शुरु हुन करीब एक सातामात्रै बाँकी छँदा लिगमा सहभागी १४ टोलीमध्ये ६ क्लबले राष्ट्रिय टोलीका खेलाडी अनुबन्ध गर्न सफल भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा ए डिभिजनका लागि १४ क्लबले दर्ता गराएको खेलाडीको सूचीमा मनाङ मस्र्याङ्दी क्लबले राष्ट...
एएफसी यू–१६ महिला च्याम्पियनसिप: म्यान्माले फिलिपिन्सलाई हराउँदै उपाधि जित्यो

एएफसी यू–१६ महिला च्याम्पियनसिप: म्यान्माले फिलिपिन्सलाई हराउँदै उपाधि जित्यो

काठमाडौँ, ७ असोज । एएफसी सोह्र वर्षमुनि यू–१६ महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘ई’ को उपाधि म्यान्माले हात पारेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल एपिएफको मैदानमा आज भएको छनोट चरणअन्तर्गतको अन्तिम खेलमा म्यान्माले फिलिपिन्सलाई ५–१ गोलअन्तरले पराजित गर्दै समूह ‘ई’ को उपाधि रक्षा गरेको हो । तीन खेल खेलेको म्यान्मा ९ अङ्क जोड्दै शीर्ष स्थानमा रह्यो । उपाधिसहित म्यान्माले अर्को वर्ष थाइल्याण्डमा ...
कात्तिक ८ देखि बैतडीमा टी–ट्वान्टी क्रिकेट प्रगियोगिता

कात्तिक ८ देखि बैतडीमा टी–ट्वान्टी क्रिकेट प्रगियोगिता

बैतडी, ७ असोज । नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग ९एनपीएल० टी–ट्वान्टी क्रिकेट प्रगियोगिता २०७५ सञ्चालन हुने भएको छ । निङ्गलाशैनी क्रिकेट क्लब एनसिसी देहिमाडौँको आयोजनाका सञ्चालन हुने प्रतियोगिता कात्तिक ८ गतेदेखि शुरु हुने आयोजकले जनाएका छन् । प्रतियोगितामा प्रथम परस्कार रु एक लाख ११ हजार १११ ट्रफी तथा प्रमाणपत...
सिधुवामा ग्रासरुट फुटवल (फोटो फिचरसहित)

सिधुवामा ग्रासरुट फुटवल (फोटो फिचरसहित)

सिधुवा, ६ असोज । धनकुटाको सिधुवामा ग्रासरुट फुटवल प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला फुटवल संघको आयोजनामा भएको प्रतियोगितामा छथर जोरपाटी गाउँपालिकाका बिभिन्न बिद्यालयका ७४ जना बिद्यार्थी सहभागि थिए । एन्फाको कार्यक्रम अन्र्तगत वालवालिकालाई लक्षित गरी प्रतियोगिता गरिएको हो । कार्यक्रममा छथर जोरपाटी पाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले खेलकुदको बिकासका लागि प्रशस्त बजेट बिनियोजन गरिएको जानक...
झापामा शनिबारदेखि टि–२० क्रिकेट प्रतियोगिता

झापामा शनिबारदेखि टि–२० क्रिकेट प्रतियोगिता

भद्रपुर, ५ असोज । कनकाई नगरपालिकास्थित कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा शनिबारदेखि राष्ट्रियस्तरको खुल्ला नकआउट टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । यही असोज १२ गतेसम्म हुने उक्त प्रतियोगितामा मकवानपुर क्रिकेट एकेडेमी, युथ क्रिकेट एकेडेमी, उदयपुर क्रिकेट एकेडेमी, खुकुरी क्रिकेट एकेडेमी, ह्वाइट वास क्रिकेट क्लब, लाली गुराँस क्रिकेट एकेडेमी र युनाइटेड क्रिकेट एकेडेमीको सहभागिता रहने संयोज...
मुस्ताङमा साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना हुने

मुस्ताङमा साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना हुने

मुस्ताङ, ५ असोज । नेपाल सरकारले हिमाली पर्यटकीय जिल्ला मुस्ताङमा साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ । घरपझोङ गाउँपालिका–२ मार्फामा बिहीबार शुरु भएको ‘४८औँ थाक खेलकूद प्रतियोगिता’ उद्घाटन कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले मुस्ताङमा हाइ अल्टिच्युड र साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका हुन । “खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने सरकारको ...
सेपाकताक्रो टोली थाइल्यान्ड जाने

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

काठमाडौँ, ४ असोज । नेपाली सेपाकताक्रो टोली ३३ औँ किङ्स कप सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार थाइल्याण्डको खोराट जाने भएको छ । सेप्टेम्बर २३ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपाली पुरुष/महिला खेलाडी टोलीले रेगु, डबल्स र क्वाड स्पर्धामा सहभागिता जनाउनेछन् । पुरुषमा रुपेशसुनार (कप्तान), रोशन तामाङ, सुजन डङ्गोल, सञ्जीव धिमाल, रबिन भट्टराई तथा विजय महतो रहेका छन् । महिलामा सोममाया ...
फिफा वरियतामा नेपाल एक स्थानमाथि

फिफा वरियतामा नेपाल एक स्थानमाथि

काठमाडौँ, ४ असोज । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल १६०औँ स्थानमा रहेको छ । गत महीना नेपाल १६१औँ स्थानमा थियो । बङ्गलादेशमा हालै सम्पन्न साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा नेपालको वरियतामा सुधार आएको हो । फिफाले निकालेको नयाँ वरियतामा नेपाल दक्षिण एशियाली राष्ट्रमा तेस्रो स्थानमा रहेको छ । ने...
फिदिममा रङ्गशाला निर्माणका लागि ५० रोपनी जग्गा प्रदान

फिदिममा रङ्गशाला निर्माणका लागि ५० रोपनी जग्गा प्रदान

पाँचथर, ४ असोज । पुष्पलाल मध्यपहाडी लोकमार्ग आसपासका १० शहरलाई नयाँ शहरको रुपमा विकास गर्ने सरकारी योजनाअनुसार काम भइरहेको पाँचथर सदरमुकाम फिदिममा व्यवस्थित रङ्गशाला निर्माणका लागि यहाँका स्थानीयले ५० रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । फिदिम नगरपालिका–५ सरसिउलामा रङ्गशाला निर्माणका लागि स्थानीय जग्गाधनीले ५० रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । १० जना स्थानीय जग्गा धनीले फिदिम नगरप...
एसियन पारा खेलकुदमा ४१ देश सहभागी हुने

एसियन पारा खेलकुदमा ४१ देश सहभागी हुने

जाकार्ता, १ असोज । इन्डोनेसियाको जाकार्तामा हुने एसियन पारा खेलकुद प्रतियोगितामा ४१ ओटा देशले सहभागीता जनाउने निश्चित भएको छ । मुल आयोजक समितिका प्रमुख राजा सप्त ओक्तोहरीले दिएको जानकारी अनुसार ती देशहरुबाट कुल २८ सय ८० खेलाडीहरु सहभागी हुनेछन् । आउदो अक्टोबर ६ तारिख देखि १३ तारिख सम्म एसियन पारा खेलकुद हुने यसअघि नै तय भइसकेको थियो । उद्घाटन समारोहमा इन्डोनेसियाका मानवीय पक्षका संस्कृतिहरुला...
धनकुटाको लाहुरेकप फुटवल: फुलवारीलाई हराउँदै सोवाराले जित्यो उपाधि

धनकुटाको लाहुरेकप फुटवल: फुलवारीलाई हराउँदै सोवाराले जित्यो उपाधि

साँगुरीगढी, १ असोज । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ आहालेमा सञ्चालित लाहुरेकप फुटवल प्रतियोगिताको उपाधि धरान उपमहानगरपालिका–२० को सोवारा फुटबल क्लबले जितेको छ । बराहक्षेत्र नगरपालिका–१ को चियाबारी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सोवाराले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै सोवारा फुटबल क्लबले एक लाख नगदसहित ट्रफि, सिल, मेडल र प्रमाणपत्र हात पारेको छ । उप–बिजेता चियाबारी फुटबल क्...
शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ५० लाख

शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ५० लाख

काठमाडौँ, ३१ भदौ । चार वर्षपछि हुन लागेकोे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले रु ५० लाख पाउने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विजेता टोलीलाई रु ५० लाख दिने निर्णय भएको एन्फाका महासचिव इन्द्र्रमान तुलाधरले जानकारी दिए । प्रतियोगितामा उपविजेता हुने टोलीले रु ३५ लाख पाउनेछन् भने तेस्रो हुनेले रु २५ लाख पाउनेछन् । चौंथोले रु १...
साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सलाई

साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सलाई

काठमाडौँ, ३० भदौ । बाह्रौँ साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा आज भएको फाइलनमा भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको हो । सेमिफाइनलमा पाकिस्तानलाई ३–१ गोलले पराजित गर्दै भारत फाइनल पुगेको थियो । यस्तै माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३–० ले हराएको थियो । दुवै टोली समूह चरणमा समूह ‘बी’ मा रहेका थिए । समूह चरणमा भार...
‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु

काठमाडौँ, ३० भदौ । तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ अखिल नेपाल फुटबल सङ्घ एन्फाको सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । ‘ग्रासरुट’ फुटबल कार्यक्रमअन्तर्गत खेलाडीले खेल्ने फुटबल नियम लागू हुँदैन । बालबालिकालाई मनोरञ्जनात्मक तरिकाले फुटबल खेल...
साफ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग खेल्ने

साफ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग खेल्ने

काठमाडौँ, २५ भदौ । बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो । समूह ‘ए’बाट नेपाल समूह विजेता बन्दै सेमिफाइलन प्रवेश गरेको हो । त्यसैगरी भारत समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । भारतले समूह ‘ए’को उपविजेता पाकिस्तानसँग खे...
साफ च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा प्रवेश

साफ च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ, २३ भदौ । आयोजक बङ्गलादेशलाई २–० गोलले पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भएको खेलमा ३३औँ मिनेटमा बिमल घर्तिमगरको गोलबाट नेपालले अग्रता लिएको थियो । करीब ३३ यार्ड टाढाबाट पाएको ‘फ्री किक’ अवसरलाई घर्तिमगरले सानदार गोलमा परिणत गरे । सुनिल वललाई बङ्गलादेश डिफेण्डर वाले फैजलले फाउल गरेपछि नेपालले झण्डै ३३ य...
क्रिकेट टोली स्वदेश फिर्ता

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ, २२ भदौ । मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो । नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमान, संयुक्त अरब इमिरेट्स (युएइ) र हङ्कङसँग पराजित भएको थियो । छनोट प्रतियोतगा यही भदौ १...
error: Content is protected !!