काठमाडौँ, ११ कात्तिक । विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट ट्रफीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज जानकारी लिनुभएको छ ।

Advertisement

संयुक्त अरब इमिरेट्स (युएइ) बाट यही कात्तिक ९ गते नेपाल ल्याइएको सो ट्रफी आज शीतल निवास पु¥याइएको थियो । राष्ट्रपति भण्डारीले उक्त ट्रफी नेपाल ल्याइएकामा खुशी व्यक्त गर्दै आफ्नो हातमा उचालेका थि ।

आजै सो ट्रफी जनसमुदायका लागि चन्द्रागिरिमा प्रदर्शनीमा राखिएको थियो । सोमबार वसन्तपुर दरबार स्क्वायरमा राखेर ट्रफी नेपाल बाहिर लगिनेछ । अन्य सात राष्ट्रमा पनि सो ट्रफी पु¥याइने आइसिसीका नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दीए ।

इङ्ग्ल्याण्ड र वेल्समा २०७६ जेठ १६ देखि ३१ गतेसम्म आयोजना हुने आइसिसी विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी अहिले विभिन्न राष्ट्रमा प्रदर्शनीका लागि पु¥याइँदै छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!